सम्पादकीय
देश, काल, परिस्थितिले गर्दा एउटै वंश–गोत्रमा जन्मेका व्यक्तिहरु पनि एउटै ठाउं थलोमा बसोबास गर्न सम्भव हुंदो रहेन छ । ईसाको करीव सातौं शताब्दीको अन्त्यदेखि १३ औं शताव्दीको पूर्वार्धसम्म भारतको उत्तर प्रदेश कान्यकुब्जमा वसोवास गर्ने अत्रिगोत्रीय गौतमका पूर्व पुरुषहरु मध्ये ऋतुभद्रको नाम पहिलो देखिएको छ । उनी पछि आठौं पुस्ताका काशीदास मुसलमान शासकको धार्मिक अन्यायबाट जोगिन नेपाल पसेको भन्ने कुरा भवानी गौतमद्वारा सम्पादित २०३९ सालमा नवौं संस्करणको रुपमा प्रकाशित अत्रि वंश दर्पण नामक कितावबाट पुष्टि हुन्छ । उनी जुम्ला जिल्लाको सिंजामा बसेका हुन् भन्ने कुरा पनि अहिलेसम्मका प्रमाणहरुबाट सिद्ध भएको छ ।
आजसम्म जे जति प्रामाणिक आधार भनेर लिइएको छ ती मध्ये धेरै जसोका आधार भवानी गौतमद्वारा संपादित र प्रकाशित कृतिहरु नै हुन् । यदि कुनै विद्वान्,लेखक वा संग्रहकर्तासित गौतमवंशका पुर्खा संबन्धी अन्य प्रामाणिक आधार भए हामीलाई प्राप्त गराइदिनु भएमा आगामी अंकमा त्यो पनि समावेश गर्ने छौं ।
जुम्ला निवासी उनै काशीदासका वंशजहरु नेपाल अधिराज्य भित्रका जिल्लाहरुमा मात्र नभएर भारत, भुटान र बर्मा (म्यानमार) सम्म पनि छरिएको पाइन्छ । आफ्नै सगोत्रीय गौतम वंशीहरु मध्ये को, कहाँ र कति वसोवास गरेका छन् भन्ने नालीबेली खोजीनिति गरेर वंशावली प्रकाशन गर्नुपर्छ भन्ने पहिलो बाटो देखाउने काम श्री भवानी गौतमले गर्नुभएको हो । उहाँले हालसम्म ७ वटा किताब र दुई वटा वंशलता प्रकाशित गर्नुभएको छ । त्यसपछि सुर्खेत, दाङ र जीवनपुर धादिङका गौतमहरुले गौतम वंश सम्बन्धी गंघ–सङ्गठन खडा गरी गौतमहरुकोे नालिबेली खोजेर आ–आफ्ना शाखाका वंशावलीहरु प्रकाशित गरेको पाइन्छ । यसै गरी पोखरामा पनि गौतम भ्रातृ समाज नामक संस्था दर्ता भएको जानकारीमा आएको छ । साथै हेटौंडा र गोरखामा पनि यस्तै प्रयास भएको छ भन्ने सुन्नमा आएको छ, तर प्रामाणिक पुष्टि आइसकेको छैन । यी मध्ये पूर्वाञ्चल झापाका भवानी गौतमद्वारा सम्पादीत वंशावलीमा धेरै ठाउँका गौतमको नाम समावेस भएपनि सवै शाखा प्रशाखाका गौतम समेटिन सकेका भने छैनन् ।
अहिलेसम्म जानकारीमा आए अनुसार विभिन्न जिल्लामा समय–समयमा स्थापित गौतमवंश सम्बन्धी संस्थाहरु निम्न लिखित छन्ः–
(१) गौतम वंश सेवा समिति, सुरुङ्गा, झापा
(२) गौतम समाज, हेटौंडा
(३) गौतम भातृ समाज, पोखरा
(४) गौतम परिवार, सुर्खेत
(५) गोतामे वन्धु, दा∙
(६) गौतम वंश उद्धार समिति, खेवा ताप्लेजु∙
(७) गौतम कल्याणकोष, नेपाले डांडा, भोजपुर
(८) गौतम वंश समिति, विराटनगर
२०५४ सालमा स्थापना भएको यो गौतम समाजले उदार भावना राखेर नेपालमा रहेका मात्र होइन नेपाल बाहिर विदेशमा रहेका भएपनि अत्रिगोत्रीय गौतमहरुलाई पनि एउटै सूत्रमा समेटेर उन्ने प्रयास गरेको हो । तर आफ्ना नजिकका वंशजहरुको नाम नामेसी उपलवध गराई दिन वैठक, पिकनिक, पत्रिका मार्फत एवं व्यक्तिगत रुपमा पनि भेटे सम्मका र फोनबाट समेत नालिबेली, फोटो एवं परिचय प्राप्त गर्ने प्रयास ग¥यौ,ं त्यति मात्र नभएर बेलायतबाट इण्टरनेटमा राखेर प्रचार समेत गरिएको हो । तर चाहेजति समेटियो भन्ने कुरामा हामी आपैm निश्चित हुन सकेका छैनौं । तैपनि विभिन्न श्रोतबाट प्राप्त भएको नालिबेली र अधिराज्यका विभिन्न भागबाट प्रकाशित वंशावलीलाई एकीकृत गरी यसैमा समावेश गरिएको छ ।
अजसम्म प्रकाशित वंशाबलीहरुमा महिलालाई कतै पनि स्थान दिएको पाइन्न। गौतमबाट जन्मेका छोरीहरु स्वतः गौतम वंशी हुने र गौतमको घरमा बुहारी भएर आउनेहरुले पनि गौतमकै थर गोत्रमा सम्मिलित हुने हुनाले छोरी बुहारीको नाम वंशाबलीमा राख्दा रामै्र हुने हुनाले हामीले महिलाको नाम पनि यस वंशावलीमा समावेश गर्ने प्रयास गरेका छौं । तर संकलन गर्ने क्रममा महिला वर्गको नाम ज्यादै कम मात्रमा संकलन हुन सक्यो । अहलेलाई जे जति नाम प्राप्त गर्न सक्यौं तिनै नाम मात्र भएपनि समावेश गरिएको छ । यसमा समावेश हुन नसकेका महिला एवं पुरुषहरुको वंश क्रम अनुसारको नाम उपलव्ध गराइदिई अर्को अङ्कमा समावेश गर्न सहयोग गर्नुहुन समस्त गौतमहरुसंग सम्पादक मण्डल हार्दिक अनुरोध गर्दछ ।
यो वंशावलीमा विभिन्न लेखकहरुका रचना राखेर पत्रिका वा पुस्तक बनाउन खोजे जस्तो पाठकमा अनुभव हुन सक्ला, तर गौतमहरुको ऐतिहासिक पृष्ठभूमी देखाउने र कुल पूजा विधि राख्दा सवैलाई फाइदा नै हुने देखेर कुल पूजा सम्बन्धी परिचयात्मक विवरण, गौतम वंशको संक्षिप्त परिचय’ गौतम वंशका इतिहासका केही कुरा, ‘गोताम र गोतामे (गौतम) थर’ नामक लेखहरु यसमा समावेस गरेका छौं । यसै गरी गौतम वंशका कुलदीपक स्वर्गद्वारी महाप्रभु, कुलचन्द्र गौतम, हरिहर गौतम एवं भवानी गौतमका बारेमा लेखिएका रचनाहरु पनि समाविष्ट छन् ।
यसै गरी गौतम वंशलाई र गौतमवंशीय व्यक्ति, वा गौतमसित सम्बन्धित संघ संस्थाहरुलाई सरकारी वा गैर सरकारी संघ संस्थाका तर्फबाट प्राप्त भएका लालमोहर, खड्ग निशाना, सनत,सवाल एवं विर्ता, वकसपत्र आदि प्राप्त हुँदा खडा भएका लिखतहरु पाए सम्म यसमा समावेश गर्ने धेरै प्रयास गरिएको हो । यस सम्बन्धमा भेटिए सम्मका लिखतहरु सकभर जस्ताको तस्तै राख्ने प्रयास पनि गरेका छौं । तर जनश्रुति र अन्यत्र प्रकाशित कुराहरुको खास प्रमाणिक लिखतहरु आवश्यक मात्रामा हामीले पाउन सकेनौं । त्यसैले त्यस्ता अभिलेखहरु गौतम वंशीय वन्धु अथवा अन्य सहृदयी वन्धुहरु संग भए यस गौतम समाजलाई उपलवध गराइदिई सहयोग गर्नुहुन यो सम्पादक मण्डल हार्दिक अनुरोध गर्दछ ।
गौतम वंशमा जन्मेर शिक्षा, स्वास्थ्य, न्याय, प्रशासन, राजनीति र सामाजिक सेवा गरी उच्च तहमा पुगेका व्यक्तिहरुको पाएसम्म व्यक्तिगत विवरण,छोटो परिचय र परिचय पनि नपाएकोमा नाम मात्र भए पनि प्राप्त भएसम्मको विवरण यसमा राख्ने प्रयास भएको छ । छुट भएको जति आगामी अङ्कहरुमा पूरा गर्ने आशा लिइएको छ । गौतम समाजका आजीवन सदस्य र यो वंशावली प्रकाशन गर्न विशेष आर्थिक सहयोग गर्ने महानुभावहरुको फेला पार्न सकेसम्मको पारिवारिक परिचय पनि समावेश गरिएको छ ।
वंशाबली तयार गर्ने भनेको सामाजिक काम हो । सामाजिक काममा कुनै अर्थिक लाभ हुँदैन । बरु आफ्नै लगानी र खर्च हुन्छ । आपनो लगानी गरेर पनि यो वंशाबली तयार गर्नका लागि आवश्यक पर्ने नाम नामेसी, फोटो, र अन्य प्रमाणहरु जुटाउन धेरैले मेहनत गर्नुभएको छ । उहाँहरु प्रति सम्पादक मण्डल हार्दिक आभार प्रकट गर्दछ ।
सम्पादक मण्डल