अमरपुरमा गौतम कुलदेवताको स्थापना
यसरी जयमङ्गलका छोरा लक्ष्मण र रामचन्द्रकासन्तानहरु सत्तिम्ला, अमरपुर कालिगौडी, डाँडाखर्क, खरीयाबारी, कोलमुनी, सिम्पानी, लाटीगाडे र बस्नौटा(कुमालगाउँ) सम्म फैलदैं गएतापनि कुलपूजाको लागिभने अर्खलेको ढाँड भन्ने स्थानमा रहेको कुलस्थानमा(गौर) जाने गर्दथे । दुरी निकै टाढा रहेको र देवालीपूजागरी फर्कंदा रात परिसक्ने, रातको बेला बलीदिएका बोकाहरु बोकेर पनाहघाट, छल्दी खोला हुँदैफर्कंदा मसानले बोका तानीदिने, तर्साउने गर्नथाल्यो भन्नेकिम्बदन्तीहरु पनि रहेका छन् ।
टाढाको कुलमन्दिरमा आउन जान कठीनाई आदिकारणले अब अर्खले कुलपूजा गर्न नजाने, बरु कुलफूटाएर अमरपुर ल्याई स्थापना गरी पूजाआजा गर्ने भाइसल्लाह भएकाले वि.सं. १९९० सालतिर अमरपुरकालीगौंडी भन्ने स्थानमा रामचन्द्रका नाति, भकुन्तकाछोरा, कलाधरको जग्गामा कुल स्थापना गरिएकोथियो र केहि समयपछि त्यहाँबाट उनकै भाइ पुमानन्दकोजग्गामा सारियो। तर केहि वर्षपछि पुमानन्दले मेरोजग्गामा कुल राखेकोले मेरा छोरा भएनन् कुल सारीदिनुपर्यो भन्ने आग्रह गर्दा रामचन्द्रका नाति, कपिलमणिकाछोरा ओम प्रसाद गौतमले आफ्नो नाममा दर्ता कायम रहेको जग्गामा सार्दै क्रमशः हालको कुलस्थान भएकोअमरपुर वार्ड नं. ८ मा पर्ने गौतमहरूको देवली गर्ने “गौर” कुलदेवताको मन्दिर स्थापना गरीएको हो।
सृष्टिको आरम्भ देखि नै चेतनशील मानवले आफ्नोवंशको कल्याणका लागि र आफ्ना कर्महरु बिना विघ्नवाधा सफल होउन्, ऐश्वर्य प्राप्त होस्, पशुचौपाया राम्राहोउन्, यथा समयमा सुबृष्टि होस्, कुनै दैवी प्राकृतिकप्रकोप, दुर्घटना, रोग व्याधी झेल्नु नपरोस् भन्नेमनोकामना अनुरुप आफ्ना इष्ट देव कुल देवताको पूजागर्ने गरेको पाइन्छ । तदनुसार अत्री गोत्री गौतमहरुलेकुल देवताको रुपमा मष्टलाई पूजा गर्ने गर्दछन् । शिवसहस्रनाम भित्र पर्ने महोष्ठ शब्द बाट बनेको मष्टका १२रुप अर्थात १२ भाइ रहेको मानिन्छ । मष्ट वा मष्टा भनेकोकतै बराह (विष्णुको) रुप र कतै शिव (महोष्ठ—मष्ट)कोरुपमा मान्ने गरेको पाइन्छ ।
दुधको धारा चढाइ पुज्ने गरेका दुधे मष्टा, बली दिइ पुज्नेदाह्रे मष्टा, त्यस्तै लाटा मष्ट, रुमाल मष्ट, सिम मष्ट, बुढामष्ट, प्राणीहरुको शरीर भित्र र बाहिर पनि रहने सबैकारक्षक देवता पवन (वायुदेव)लाई लाटा मष्टदेव, आदिनाममा समेत मष्ट पूजा गरिन्छ । गलकोटबाट अर्खलेहुंदैअमरपुर–सत्तिम्ला आएका गौतमहरुका कुल देवता मष्टभए पनि कुल पूजा गर्दा बराह अन्तर्गत विष्णु, शिब र मेघसाथै सूर्य, वायु, इन्द्र, गणेश, लक्ष्मी, काली, दुर्गा आदिदेव देवीहरुको पूजा अर्चना गर्दै “काली–बराह”लाईप्रमुख कुलदेवता मान्दै आएको परम्परा कायम छ ।
हाल यस कुलमन्दिरमा आफ्ना कुलदेवताको पूजा गर्नेगौतमहरु अमरपुर र सत्तिम्ला गरी करिब ४० घर-परिवाररहेका छन् भने यसै कुलमा आस्था र विश्वास राख्नेगौतमहरु तम्घास, बुटवल, कपिलवस्तु, दाङ, चितवन, काठमाण्डौ र अमेरिका, बेलायत लगायत बिभिन्न ठाउँमाघरजम गरेर समेत बसेका छन् । यसरी हेर्दा यस कुलसंगआबद्ध गौतमहरूको संख्या अहिले करिब २५० देखि ३००रहेको अनुमान छ ।
गोतामेबाट गौतम
अत्री गोत्रीय गोतामेहरु कसरी गौतम बने भन्ने पनिरमाईलो प्रसंग रहेको पाइन्छ। नेपालको धादिङ्गजिल्ला जीवनपुरमा बस्ने बद्रिनाथ गोतामेका आठौंपुस्ताका सन्तान विद्वत् शिरोमणी पण्डित कुलचन्द्रगौतमले बाल्यकालमा भारतको वाराणासी (वनारस) अध्ययन गर्दा उनका गुरु तैलङ्ग गंगाधर शास्त्रीले ‘क्यागोतामे लिखते हो, गौतम लिखो’ भनेकाले गुरुकैसुझाव अनुसार गौतम लेख्न शुरु गरेका र उनी पछिकासबै गोतामेहरुले क्रमश गौतम लेख्न शुरु गरेको मानिन्छ। तर अमरपुरका गोतामेहरुले भने वि.सं. २०१५तिर ओम प्रसाद र राम बहादुरको अर्घाखाँचीकाकाशीनाथ गौतम (नेपाली कांग्रेसका बिपि कोइरालाकोनेत्रृत्वमा गठित नेपालको पहिलो निर्बाचित सरकारकामन्त्री)संगको भेटघाट पश्चात् मात्र गौतम लेख्न थालेकोभन्ने भनाई रहेको छ।
अमरपुर र सत्तिम्ला आएका गौतमहरुले त्यहाँका प्राय:क्षेत्री जातका पुराना रैथाने बासिन्दाहरुसंग राम्रोभाइचारा र असल छिमेकीको सम्बन्ध स्थापितगरीआफूलाई उक्त समाजमा समायोजन गर्न सफल भएकाथिए भने केहिले अझ विभिन्न उल्लेखनिय र उदाहरणीयकार्यहरुगरी ख्याती कमाएका थिए, र टाढा टाढासम्मआफ्नो नाम र गौतम कुलकै इज्जत फैलाएका थिए।
कपिलमणि गौतमद्धारा धान्यपर्वत यज्ञ
यिनै गौतम मध्येका रामचन्द्रका कान्छा छोराकपिलमणि गौतमले आफ्नो समृद्धि बढाइ “कपुरे साहु” भनी नाम कमाएका थिए। उनले वि.सं. २००८ मात्यसबेला निकै पबित्र तर असाधारण मानिने धान्याञ्चलयज्ञ (धान्यपर्वतको पूजा) लगाएका थिए। उक्त पूजामात्यस क्षेत्रका अधिकांश वासिन्दाहरुलाई निमन्त्रणागरिएको थियो। त्यस यज्ञमा यति धेरै उपस्थिती भयोकि एउटै भतेरबाट खाना ख्वाउन सम्भव नभएकोलेप्रायगरी भेक मिल्दो समूहलाई भाँडाकुँडा र आवश्यकखाद्द्य सामाग्री उपलब्ध गराई भतेरको जिम्मेवारी दिइयोर यज्ञस्थल नाग खेतमा थुप्रै भतेरहरु लागेका थिए।दशकौं पछिसम्म पनि त्यसक्षेत्रका विभिन्न गाउँमाघुम्दाडुल्दा पुराना बुढाबुढीहरुले कपुरे साहुले लगाएकोधान्यपर्वतको चर्चा गरेको सुनिन्थ्यो।
धान्याञ्चल यज्ञ गर्दा कपिलमणिका दुवै आँखा कमजोरभै नदेख्ने भएका थिए। उक्त यज्ञमा एकजनासाधु(जोगी) डुल्दैघुम्दै आइपुगेका रहेछन् र साँझ त्यहींबास बसेछन्। कपिलमणिसंग भलाकुसारी गर्दा आँखानदेख्ने कुराको जानकारी जोगीले पाएछन् र एउटासिन्कोले आँखाको जाली हटाईदिएछन्। आँखाको जालीहटाईदिएपछि कपिलमणिले एउटा आँखाले देख्नसक्नेभएछन्। अपरिचित र बिना निमन्त्रणाको व्यक्तिअकस्मात् आई आँखा देख्ने बनाईदिएको घटनालाईकतिपय व्यक्तिहरुले जोगीको भेषमा देवता आईआँखाको ज्योती फर्काइदिएका हुन्, यज्ञको फल प्राप्तभएको हो भनि विश्वास गरेको समेत पाइन्छ।
अमरपुरे गौतमका केही उल्लेख्य उपलब्धि
लामो समयसम्म कुलपुजारी भई गौतम खलकलाईनेतृत्व दिने सत्तिम्लाका जिम्मुवाल भनी परिचित चुडामणि गौतम, उनका भाइ माधव र जगत प्रसाद गौतम, तथा खरीयाबारीका शिबलाल गौतम वन्धुहरुले आफ्नो भजनसमूह बनाई यस क्षेत्रमा हुने यज्ञ यज्ञादि, पूजाआजा रविभिन्न उत्सवहरुमा उत्कृष्ठ भजन प्रस्तुत गरी कला, धर्म र संस्कृतिको संरक्षण र सम्वर्धनमा उल्लेख्य योगदानपुर्याए र भजन क्षेत्रमा ख्याती कमाएका थिए।
समाजलाई नेतृत्व दिने, विकास निर्माण गर्ने, शैक्षिकएवम् सामाजिक चेतना अभिवृद्धि गर्ने कार्यमा समेतअमरपुर–सत्तिम्ला क्षेत्रका गौतमहरुले उल्लेख्य योगदानदिएको पाइन्छ।
कपिलमणिका जेठा छोरा ओम प्रसाद गौतमले अर्जै–अमरपुर गाउँ पञ्चायतको प्रधानपञ्च तथा अमरपुर गाउं विकास समितिको अध्यक्ष भै निकै लामो समयसम्मनेतृत्व प्रदान गरेका थिए। ओम प्रसाद, उनका भाइ मोतिप्रसाद, तथा राम बहादुर गौतम आदिको पहल तथास्थानीय समाजका अन्य अगुवाहरुको सहयोग रसमन्वयमा अमरपुरमा वि.सं. २०१८ सालतिर एउटाप्राथमिक पाठशालाको शुरुवात गरिएको थियो। उक्तअमरपुर विद्यालयको संस्थापक अध्यक्ष भै लामो समयसम्म ओम प्रसाद गौतमले नेतृत्व प्रदान गरेका थिए भने कुमालगाउंका बेदपाठ गर्ने “बेदाहा” भनी ख्यातिकमाएका तुल्सीराम गौतमले पहिलो शिक्षक भै शैक्षिकनेतृत्व प्रदान गरेका थिए।
महिलाहरु पनि साक्षर हुनुपर्छ, छोरीहरुलाई पनिविद्यालय पठाउनुपर्छ, समाजका दु:खी गरिबलाईऔषधी उपचारमा सहयोग गर्नुपर्छ भन्ने र त्यस्तो सहयोगगर्न आफै सरिकहुने ओमप्रसादकी श्रीमती हिमागौतमका कोखबाट जन्म लिएका कुलचन्द्र गौतम संयुक्तराष्ट्र संघको सहायक महासचिव र युनिसेफको उप-कार्यकारी निर्देशक जस्तो गरिमामय पदमा नियुक्त भैसंसारभर नेपाल र नेपालीको शिर ठाडो गराउन सफलभए। तिनै कुलचन्द्रको अगुवाईमा हिमा गौतमकाछोराछोरीहरुले अमरपुरमा “हिमा गौतम स्मृती कोष” रधुर्कोटबस्तुमा आफ्ना मावली हजुरबुबाको स्मरणमा“छबिलाल पाण्डे स्मृती प्रतिष्ठान” जस्ता परोपकारी संस्था स्थापनागरी शिक्षा, स्वास्थ्य र महिलासशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण कार्यहरु भैरहेकाछन्। अमरपुरको उच्च माध्यमिक बिद्यालयलाइ ओमप्रसाद गौतमको नामाकरण गरी सहयोग प्रदानगरिएको; अमरपुरमै एक स्वास्थ्य चौकी निर्माण गर्न आबश्यक जग्गा प्रदान गरिएको; र आफ्नाहजुरबुबाको सम्झनामा हजुरबुबा, बुबा र आफ्नै समेतजन्म भएको स्थानमा सार्वजनिक प्रयोगका लागि एक रमणीय “कपिलमणि जन्मस्थल उद्द्यान”को निर्माण गरिएको छ। यसरी आफ्नो जन्मस्थल तथा देशैभरि र विश्वमै शिक्षा, स्वास्थ्य, बालकल्याण, शान्ति र मानवीय सेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिएका कुलचन्द्रगौतमलाई गौतम कुलकै एक उज्जवल नक्षत्रको रुपमालिन सकिन्छ।
अमरपुरका गौतम कुलमा पहिलो पटक विद्यावारिधी गर्नेमोति प्रसादका छोरा दुर्गामणि गौतम, पशु चिकित्साविज्ञानमा नेपालमै सर्वोत्कृष्ठ भै राजाबाट स्वर्ण पदकप्राप्त गर्ने र छात्रबृत्ति पाई जापानबाट विद्यावारिधी गर्नेगोकर्ण गौतम (हरि), इन्जिनियरिङ्गमा सर्वोत्कृष्ट भैराष्ट्रपतिको हातबाट स्वर्ण पदक प्राप्तगरि छात्रवृत्तिमाविद्यावारिधी गरिरहेका विष्णु प्रसाद गौतम, राजनितिककार्यकर्ताको परिचय बनाएका र कृषि क्षेत्रकोविकासगरि कृषि क्रान्तिबाट सामाजिक, आर्थिकपरिवर्तन गर्नुपर्छ भनि लागिरहेका सत्तिम्लाका शेषकान्तगौतम, नेपाल बाहिर बसी सानै उमेरमा सफल व्यावसायगरी चर्चा पाएका सुदीप गौतम (डारीयो लोपेजे) लगायत राष्ट्रसेवक कर्मचारी, कृषि वैज्ञानिक, प्राध्यापक, शिक्षक, डाक्टर, नर्स जस्ता सक्षम जनशक्तिजन्माउने गौतम वंश निरन्तर झागिंदै फैलंदै जाओस् रसंसारभर गौतम कुलको ख्याती, यश, र वैभव छाइरहोस्भन्ने कामनाका साथ, गौतम कुलका भावी सन्ततिहरुलेसुदूर भबिष्यसम्म आफ्नो वंशको इतिहास जानुन्, सम्झुन् र आफ्नो सफलताका साथै मानवताको सेवा गर्नेप्रेरणा पाउन् भन्ने उद्देश्यकासाथ यो “गुल्मी अमरपुरकागौतम वंशको चिनारी” पुस्तिका तयार गरिएको हो।
जय कुल देवता ! जय अत्री !!