गौतम वंशका इतिहास

image_pdfimage_print

प्रकाशकीय

देश, काल, परिस्थितिले गर्दा एउटै वंश–गोत्रमा जन्मेका व्यक्तिहरू पनि एउटै ठाउं थलोमा बसोबास गर्न सम्भव हुंदो रहेनछ । करीव ईसाको सातौं शताब्दीको अन्त्यदेखि १३ औं शताव्दीको पूर्वार्धसम्म भारतको उत्तर प्रदेश कान्यकुन्जमा वसोवास गर्ने अत्रि गोत्रीय गौतमका पूर्व पुरुषहरू मध्ये ऋतुभद्रको नाम पहिलो देखिएको छ । उनी पछि आठौं पुस्ताका काशीदास महम्मद गोरीको धार्मिक अन्यायबाट जोगिन नेपाल पसेको भन्ने कुरा भवानी गौतमद्वारा सम्पादित २०३९ सालमा नवौं संस्करणको रुपमा प्रकाशित अत्रि वंश दर्पण नामक कितावबाट पुष्टि हुन्छ । उनी जुम्ला जिल्लाको सिंजामा बसेका हुन् भन्ने कुरा पनि उनै भवानीको किताबलाई आधार लिइएको हो ।

आजसम्म जे जति प्रामाणिक आधार भनेर लिइएको छ ती सबै भवानी गौतमद्वारा संपादित र प्रकाशित कृतिहरू नै हुन् । त्यो भन्दा अर्को विकल्प आजसम्म फेला पारिएको छैन । यदि कुनै विद्वान्,लेखक वा संग्रहकर्तासित प्रामाणिक आधार भए हामीलाई प्राप्त गराइदिनु भएमा यसलाई सच्याउन हामी सहर्ष स्वीकार गर्नेछौं ।

जुम्ला निवासी उनै काशीदासका वंशजहरू नेपाल अधिराज्य भित्रका जिल्लाहरूमा मात्र नभएर भारत, भुटान र बर्मा (म्यानमार) सम्म पनि छरिएको पाइन्छ । आफ्नै सगोत्रीय गौतम वंशीहरू मध्ये को, कहाँ र कति वसोवास गरेका छन् भन्ने नालीबेली खोजीनिति गरेर वंशावली प्रकाशन गर्नुपर्छ भन्ने पहिलो बाटो देखाउने काम श्री भवानी गौतमले गर्नुभएको हो । उहाँले वंशावली सम्बन्धमा २०१७ सालदेखि हालसम्म ७ वटा किताब र दुई वटा वंशलता प्रकाशित गर्नुभएको छ । त्यसपछि सुर्खेत, दाङ र जीवनपुर धादिङका गौतमहरूले गौतम वंश सम्बन्धी गंघ–सङ्गठन खडा गरी गौतमहरूकोे नालिबेली खोजेर आ–आफ्ना शाखाका वंशावलीहरू प्रकाशित गरेको पाइन्छ । यसै गरी पोखरामा पनि गौतम भ्रातृ समाज नामक संस्था दर्ता भएको जानकारीमा आएको छ । साथै हेटौंडा र गोरखामा पनि यस्तै प्रयास भएको छ भन्ने सुन्नमा आएको छ, तर प्रामाणिक पुष्टि आइसकेको छैन । यी मध्ये पूर्वाञ्चल झापाका भवानी गौतमद्वारा सम्पादीत वंशावलीमा धेरै ठाउँका गौतमको नाम समावेस भएपनि सवै शाखा प्रशाखाका गौतम समेटिन सकेका भने छैनन् ।

२०५४ सालमा स्थापना भएको यो गौतम समाजले उदार भावना राखेर नेपालमा रहेका मात्र होइन नेपाल बाहिर विदेशमा रहेका भएपनि अत्रि गोत्रीय गौतमहरूलाई पनि एउटै सूत्रमा समेटेर उन्ने प्रयास गरेको हो । तर आफ्ना नजिकका वंशजहरूको नाम नमेसी उपलवध गराई दिन वैठक, पिकनिक गरेर एवं व्यक्तिगत रुपमा पनि भेटे सम्मका र फोनबाट समेत नालिबेली, फोटो एवं परिचय प्राप्त गर्ने प्रयास ग¥यौ,ं त्यति मात्र नभएर बेलायतबाट इण्टरनेटमा समेत राखेर प्रचार समेत गरिएको हो । तर चाहेजति समेटियो भन्ने कुरामा हामी आपैm निश्चित हुन सकेका छैनौं । तैपनि विभिन्न श्रोतबाट प्राप्त भएको नालिबेली र अधिराज्यका विभिन्न भागबाट प्रकाशित वंशावलीलाई एकीकृत गरी यसैमा समावेश गरिएको छ ।
अजसम्म प्रकाशित वंशाबलीहरूमा महिलालाई कतै पनि स्थान दिएको पाइन्न । गौतमबाट जन्मेका छोरीहरू स्वतः गौतम वंशी हुने र गौतमको घरमा बुहारी भएर आउनेहरूले पनि गौतमकै थर गोत्रमा सम्मिलित हुने हुनाले छोरी बुहारीको नाम वंशाबलीमा नराख्दा वंश वृद्धिमा महत्वपूर्र्ण भूमिका हुने महिला प्रति ठूलो अन्याय हुन जाने हुनाले हामीले महिलाको नाम पनि यस वंशावलीमा समावेश गर्ने पहिलो प्रयास गरेका छौं । तर संकलन गर्ने क्रममा महिला वर्गको नाम ज्यादै कम मात्रमा मात्र संकलन हुन सक्यो । अहलेलाई जे जति नाम प्राप्त गर्न सक्यौं तिनै नाम मात्र भएपनि समावेश गरिएको छ । यसमा समावेश हुन नसकेका महिला एवं पुरुषहरूको वंश क्रम अनुसारको नाम उपलव्ध गराइदिई अर्को अङ्कमा समावेश गर्न सहयोग गर्नुहुन समस्त गौतमहरूसंग सम्पादक मण्डल हार्दिक अनुरोध गर्दछ ।

यो वंशावलीमा विभिन्न लेखकहरूका रचना राखेर पत्रिका वा पुस्तक बनाउन खोजे जस्तो पाठकमा अनुभव हुन सक्ला, तर गौतमहरूको ऐतिहासिक पृष्ठभूमी देखाउने र कुल पूजा विधि राख्दा सवैलाई फाइदा नै हुने देखेर कुल पूजा सम्बन्धमा लेखिएको प्रा.डा.हरिप्रसाद गौतमको लेख, ‘गौतम वंशका इतिहासका केही कुरा’भन्ने टेकनाथ गौतमको लेख, ‘गौतम वंशको संक्षिप्त परिचय’ भन्ने प्रा.गोपीकृष्ण शर्मा गौतमको लेख, ‘गोताम र गोतामे (गौतम) थर’नामक भू.पू.रा.प.स. भुवनेश्वर उपाध्याय गौतमको लेख हरू यसमा साभार समावेस गरेका छौं । यसै गरी गौतम वंशका कुलदीपक स्वर्गद्वारी महाप्रभु, विद्वान कुलचन्द्र गौतम र दानवीर हरिहर गौतम एवं भवानी गौतमका बारेमा लेखिएका रचनाहरू पनि छोड्न सकेनौं । त्यस कारण ओम्भक्त कार्कीद्वारा श्री स्वर्गद्वारी महाप्रभुका वारेमा लेखिएको लेख,हरिहरका वारेमा युवराज शर्माद्वारा लेखिएको लेख र गौतम वंशावलीका अग्रगामी श्री भवानी गौतमको वारेमा लेखिएको खेमलाल गौतमको परिचयात्मक लेखलाई पनि साभार समावेस गरेका छौं ।

यसै गरी गौतम वंशलाई र गौतमवंशीय व्यक्ति, वा गौतमसित सम्बन्धित संघ संस्थाहरूलाई सरकारी वा गैर सरकारी संघ संस्थाका तर्फबाट प्राप्त भएका लालमोहर, खड्ग निशाना, सनत,सवाल एवं विर्ता, वकसपत्र आदि प्राप्त हुँदा खडा भएका लिखतहरू पाए सम्म यसमा समावेश गर्ने धेरै प्रयास गरिएको हो । यस सम्बन्धमा भेटिए सम्मका लिखतहरू सकभर जस्ताको तस्तै छाप्ने प्रयास पनि गरेका छौं । तर जनश्रुति र अन्यत्र प्रकाशित कुराहरूको खास प्रमाणिक लिखतहरू आवश्यक मात्रामा हामीले पाउन सकेनौं । त्यसैले त्यस्ता अभिलेखहरू गौतम वंशीय वन्धु अथवा अन्य सहृदयी वन्धुहरू संग भए यस गौतम समाजलाई उपलवध गराइदिई सहयोग गर्नुहुन यो सम्पादक मण्डल हार्दिक अनुरोध गर्दछ ।
गौतम वंशमा जन्मेर शिक्षा, स्वास्थ्य, न्याय, प्रशासन, राजनीति र सामाजिक सेवा गरी उच्च तहमा पुगेका व्यक्तिहरूको पाएसम्म व्यक्तिगत विवरण,छोटो परिचय र परिचय पनि नपाएकोमा नाम मात्र भए पनि प्राप्त भएसम्मका यसमा राख्ने प्रयास भएको छ । छुट भएको जति आगामी अङ्कहरूमा पूरा गर्ने आशा लिइएको छ । गौतम समाजका आजीवन सदस्य र यो वंशावली प्रकाशन गर्न विशेष आर्थिक सहयोग गर्ने महानुभावहरूको फेला पार्न सकेसम्मको पारिवारिक परिचय पनि समावेश गरिएको छ ।
यो वंशाबली तयार गर्न पूर्वाञ्चल झापा निबासी भवानी गौतमले शुरु गर्नु भएको वंशावलीलाई निरन्तरता दिन जिम्मा लिनु भएका झापा, चकचकी–४, निबासी खेमलाल गौतमको योगदान ज्यादै सराहनीय छ । उहाँले आफ्नो घरबार, बन्द व्यापार समेत सबै छोडी काठमाडौंमा बसेर दिन–रात जुन मेहनत गर्नु भयो त्यसको यो सम्पादक मण्डलले सदै स्मरण गरिरहने छ ।

वंशाबली तयार गर्ने भनेको सामाजिक काम हो । सामाजिक काममा कुनै अर्थिक लाभ हुँदैन । बरु आफ्नै लगानी र खर्च हुन्छ । आफ्नो लगानी गरेर पनि यो वंशाबली तयार गर्नका लागि आवश्यक पर्ने नाम नमेसी, फोटो, र अन्य प्रमाणहरू जुटाउन धेरैले मेहनत गर्नुभएको छ । उहाँहरू प्रति सम्पादक मण्डल हार्दिक आभार प्रकट गर्दछ ।
यो पूरा किताव कम्प्यूटर टाइप गरेर पटक पटक संशोधन र प्रिण्ट निकाल्न श्री नरेन्द्र गौतमले जुन मेहनत र निःस्वार्थ योगदान गर्नु भयो उहाँ प्रति सम्पादक मण्डल हृदयदेखि धन्यबाद प्रकट गर्दछ ।
त्यसै गरी कार्यालय सचिवको रुपमा बसेर लगनशील भई केशव गौतमले गरेको मेहनतका लागि पनि यो मण्डल धेरै सराहना गदर्छ ।

वंश परिचय कसरी गर्ने ?
हाम्रा गौतमहरू विभिन्न स्थानमा गई वसोवास गरेको र एकजनाका धेरै छोरा हुने हुनाले एकै ठाउँमा लगातार राखेर हेर्न र व्यवस्थित गर्न समेत संभव भएन । त्यसकारण मिलेसम्म जिल्लाको आधार लिइएको छ भने एकै जिल्लामा पनि शाखा प्रशाखा हुन गएकोमा मूल पुरुषको नामबाट प्रक्षेपण गरिएको छ । जिल्ला राख्दा वर्णानुक्रमको आधारमा राखिएको छ । आफ्नो वंश खोज्नुपर्दा नामावलीको पहिलो नाम र पुस्तकको अगाडी रहेको वंश लताको अन्तिम नाम मिलाएपछि वंश जोड्न सकिन्छ । नामावली फारममा बाबु, बाजे, छोरा नाति, पनाति आदि पत्ता लागाउनुपर्दा पुस्ता संख्या, पिताको क्रंम सख्या, र पुत्रको क्रम संख्यालाई आधार लिनु पर्दछ ।

गोताम र गोतामे (गौतम) थर

‘गोताम’ भन्ने प्रसिद्ध स्थान रुकुम जिल्लामा पर्छ । रुकुम कोटको ठीक उत्तरमा यो गोताम भन्ने ठाउँ छ । रुकुम जिल्ला भित्र पर्ने गोताम र जुम्ला जिल्लाका १८ दरा भध्ये भोटान दरा (हाल डोल्पा जिल्ला) सीमाना जुधेको छ । त्यस जुधेकोे ठाउँलाई कवगाड भन्दछन् । रुकुमकोटको उत्तरमा रहेको सो गोतामकोट भन्ने ठाउँ डोल्पा जिल्लाबाट बगेर आएको ठूलो भेरी नदीको देब्रे किनारामा अवस्थित छ । गोताम एउटा रमणीय उपत्यका हो । रुकुमकोट, मुसीकोट, गोतामकोट, आठबीसकोट, वौफीकोट, समेतका यी सबै कोट (ठाउँ) हरू रुकुमका नमुना हुन् ।

गोतामे ब्राह्मणका साथै जैसी,खत्री, दमाई आदि बसेको ठाउँ र निजहरूले चर्चेका खेत, पाखा, वन–बुट्यान सबैलाई आला जफती भनिन्छ भने अन्य जातहरू जस्तै ठकुरी, नेवार, गुरुङ्ग,छन्तेल, कामी, सार्कीहरू बसेको ठाउँलाई आला रैकर भनिन्छ । यी दुवै नाम माल अड्डाको स्रेस्तामा किटिएको छ ।

अघि गोतामे ब्राह्मणहरूको गोतामदेखि रुकुमसम्म बीर्ता थियो । पछि श्री ५ रणबहादुर शाहका पालामा (१९६२सालमा) भएको बीर्ता जफत भन्ने अर्थमा जफती भनिएछ । अनि त्यसैलार्ई आला जफती र बीर्ता बाहेक अरु खेत भएका ठाउँलाई आला रैकर भन्ने नामबाट स्रेस्ता खडा गरिएको भनिन्छ ।

यस क्रममा एउटा जनश्रुति पनि छ । त्यो के भने रुकुमकोटका पुराना साबिक राजाको नाम बोगसा जाट (स्थानीय बोलीमा बोक्से जाट पनि भनिन्थ्यो, तर जाट भनेको भोट प्रदेशको भन्ने हुनाले भोटे राजा पनि भन्न सकिन्छ ) थियो । ऊ शोषक र अत्याचारी भएकोले गाउँकै जनता मिलेर उसलाई गद्दीच्युत गरी जुम्लाका प्रतापी राजा मलय बमका छोरा प्रीत बम (पिथीबम)लाई ल्याएर रुकुमका पहिला ठकुरी राजा बनाए । उनीपछि पाँचौं पुस्ताका दारे जैतम राजाका सन्तान र भाइ–भैयादहरू थुम,थुमका राजा भए । यिनै राजाहरू नै बाइसी राजा भनिएका हुन् । विशाल जुम्ला साम्राज्य भित्र रुकुम पनि पर्ने हुनाले रुकुमकोट पनि बाइसी राज्यहरू मध्ये नै एक राज्य भएको देखिन्छ ।

गोतामे भन्ने थर कसरी भयो भन्ने कुरामा दुई,तीन सम्भावनाहरू देखा पर्छन् । गोताममा बस्ने हुनाले गोतामे भनिएको एउटा अर्थ लगाइन्छ भने बूढा, पाकाहरूको भनाई अनुसार जुम्लाका सम्राट मलय बमले अत्रिगोत्रीय ब्राह्मणलाई खत्याड बीर्ता दिई खत्यौडा (खतिवडा) पदवी दिए जस्तै अत्रिगोत्रीय ब्राह्मणलाई नै गोताम बीर्ता दिई गोतामे पदवी समेत दिएका हुन् । गोताम भन्ने बीर्ता र गोतामे भन्ने पदवी पाएका प्रथम अत्रिगोत्रीय ब्राह्मण काबरु (कापडी) हुन् भनिन्छ ।

गोतामेहरू कसरी गौतम भए भन्ने प्रसङ्गमा कुलचन्द्र गौतमको चर्चा आउाछ । यिनी रुकुमबाट पूर्वतर्पm बसाईं सरी धादिङ्ग जीवनपुरमा आई बस्ने बद्रीनाथ गोतामेका आठौं पुस्ताका वंशज कुलचन्द्र गौतमले बनारसमा गएर विद्वान् तैलङ्ग गङ्गाधर शास्त्री सी.आई.ईबाट शिक्षा अध्ययन गर्दै जाँदा गोतामे किन ? गौतम भन्ने गर, यो शुद्ध पनि हुन्छ । भन्ने सुझाव, सल्लाह पाएछन् । यसपछि अरु गोतामेले पनि क्रमशः गौतम थर लेख्न थालेका हुन् ।

अधिकांश गोतामेहरूले ‘मष्ट’कुलदेवताको पूजा गर्छन् । कतै कतै भने अरु देव–देवीलाई पनि कुलदेवता मान्ने गरेको पाइन्छ । ‘मष्ट’ वा ‘मष्टा’ भनेको कसैको मतमा बराह (विष्णुुको अवतार मष्ट बराह) को रुपहो र कसैको मतमा शिव (महोष्ट–मष्ठ) को रुप हो । यसबारे एउटा प्रसिद्ध संस्कृत श्लोक पनि छ –
मादिष्टान्तो रुमादिर्लः पालान्तो वंश गोमुखौ ।
राहान्तो वै ब्राह्मणनां पञ्चैते कुलदेवताः ।।
म आदि ष्ट अन्त–मष्ट । रुम आदि ल अन्त–रुमाल । पाल अन्त, वंश, गो आदि –वंशपाल तथा गोपाल । राह अन्त, व आदि–वराह, यी पाँच कुलदेवता हुन् ।

रुकुम, मुसीकोट र चौंरजहारीका अत्रिगोत्रीय गोतामे ब्राह्मणहरूले कुलदेवताको पूजा गर्दा बलि चढाउने चलन छैन । शुद्ध दुध र घ्यूमा बनेका परिकार मात्र चढाउने चलन छ । अर्को कुरा, प्रतिवर्ष गहुँ, धान आदि बाली भित्र्याउँदा कुलदेवतालाई भनेर एक,दुई पाथी अन्न छुट्याउने चलन छ । अनि मात्र अरु अन्न भण्डारण गरिन्छ । यसरी कुलदेवतालाई छुट्याएको पहिलो बालिको अन्नलाई स्थानीय भाषमा पोखल भनिन्छ । यो पोखल अन्नबाट कुलपूजाको प्रसाद बनाइन्छ । कुल पूजाको बेलामा छालाका बस्तुहरू घरभित्र भए हटाउने समेत चलन छ ।

(साभार भुवनेश्वर उपाध्याय गौतम, भू.पू.रा.प.स.,रुकुम,)

कीर्तियस्य सजीवति
— युवराज शर्मा गौतम

दानवीर स्वर्गीय श्री हरिहर गौतम

गौतम कुलमा ३ जना व्यक्तिको नाम उल्लेखनीय रहेको छ । यी तीन नक्षत्रहरू हुन्– एक अध्यात्म क्षेत्रवाट ठूलो प्रसिद्धि पाएका स्वर्गद्वारी महाप्रभु श्री वालतपस्वी । दोस्रोमा नेपाल र भारत
(काशी)मा समेत अत्यन्त ख्याती प्राप्त ठूला विद्वान, विद्धच्छिरोमणि श्री कुल चन्द्र गौतम तेस्रोमा पश्चिम नेपालका अति सम्पन्नशाली व्यक्तित्व श्री हरिहर गौतम ।
उपरोक्त तीनै विशिष्ट व्यक्तिहरू ऐतिहासिक भैसक्नु भएको छ । उहाँहरूमध्ये श्री हरिहर गौतमको संक्षिप्त परिचय यस लेखमा प्रस्तुत गरिएको छ ।
श्री हरिहर गौतमको जन्म विक्रम सम्वत् १९५८ साल मार्ग शुक्ल पञ्चमीका दिन जलेश्वर, महोत्तरीमा भएको हो । उहाँका पिताको नाम तारानाथ गौतम र माताको नाम टीका कुमारी हो । उहाँको स्थायी वसोवासको घर आार्घाखाँची जिल्लाको खिदिम पोखराथोक हो । राणाकालमा उहाँका पिताजी जागीरे भई सुव्वाको पद सम्म प्राप्त गर्नु भएको र जागिरकै सिलसिलामा जलेश्वरमा कार्यरत रहँदा हरिहरजीको त्यहीं जन्म भएको हो । श्री हरिहर गौतम सानै उमेरदेखि प्रखर बुद्धिका प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । पण्डित दधिराम मरासिनीबाट उहाँको प्रारम्भिक शिक्षाको साथै उपनयन (व्रतवन्ध) संस्कार मन्त्रदीक्षा भयो । संस्कृत व्याकरण आदिको शिक्षा पनि गुरुवाटै सम्पन्न भएकोे थियो । हरिहरजी वैदिक सनातन धर्म एवं आर्य संस्कृतिका अनुयायी, निष्ठावान् साधक र कर्मठ व्यक्ति हुनुहुन्थ्यो ।
सम्पन्न परिवारमैं जन्मेका हरिहर आफ्नो पैतृक सम्पत्ति (वर्दियाका १० मौजा) मा समय अनुसार अझ वृद्धि गर्ने महŒवाकांक्षा लिई प्रौढ अवस्था सम्ममा खिदिम, बर्दिया, बाँके, कपिलवस्तु, काठमाडौं, त्रिशुली र दाङमा समेत गरी करीव सोह्रहजार(१६०००) विघा जमीन आर्जन गरी नेपाल अधिराज्यकै धनाढ्य एवं सम्पन्नशाली व्यक्तिहरू (जमीनदारहरू) मध्येमा गनिनुभएको थियो ।
अथाह सम्पत्ति खास गरी हजारौं विगाहा जग्गा तराई वर्दियामा भएका व्यक्ति हरिहर धेरैजसो उतै वस्ने हुनाले पहाड घर, खिदिम कमै जाने गर्नुहुन्थ्यो । एक समयको कुरा हो— खिदिम गएको वेला आफ्नो घरमा रहेको धान गोदाममा डेढदुई सय मुरी धान राखिएकोमा गोदामको निडाल भाँचिएर थाम्न नसकी धान भुइँमा छितरिएको देखेपछि उनको मनमा केही विचार आएछ । हुन त त्यो धान बर्सेनी जसो बिक्री गरी नगद पार्ने चलन थियो तापनि आफ्ना गुरु पं. दधिरामलाई देखाउँदा गुरुले त्यो धान अनाजबाट संस्कृत विद्यालय संचालन गर्न सल्लाह दिनुभएछ । त्यही सुझावबाट प्रेरणा लिएर १९९४ सालमा आपूm ३६ वर्षको हुँदा ३६ जना छात्रहरूलाई भोजन एवं आवासको व्यवस्था गरी संस्कृत पाठशाला संचालन गर्ने संकल्पका साथ गुरु पं. दधिरामलाई नै प्रधान अध्यापक तोकी पाठशाला संचालन गर्ने अभिभारा पनि उहाँलाई नै दिई हरिहरजीले संस्कृत विद्यालयको स्थापना गर्नुभयो उक्त पाठशालामा आवश्यक्ता अनुसार अन्य अध्यापकहरू पनि नियुक्त गरिए र शुक्ल यजुर्वेद, संस्कृत व्यकरण कौमुदी,कोश र काव्यहरू पठाउने व्यवस्था भयो ।
त्यस बखत, राणाकालमा शिक्षाको व्यवस्था न भएको समयमा, एक व्यक्तिबिशेषवाट विद्यालय भवनको व्यवस्था, अध्यापकहरूलाई तलब अदिको व्यवस्था एवं ३६ जना छाात्रहरूलाई आवास भोजन आदिको प्रबन्ध गरी क्रमशः प्रतिवर्ष १ जना छात्र थप गर्दै जाने नीति अनुरुप भर्ना गर्ने र पढाउने व्यवस्था गरियो। निश्चय नै यो साधारण काम थिएन ।
राजधानी काठमाडौंमा सरकारबाट संचालित रानी पोखरी पाठशाला पछि, भोजपुरको दिङला, जनकपुरको मटियानी र रिडी रुरु क्षेत्रको संस्कृत पाठशालाहरू भन्दा खिदिमको हरिहर संस्कृत पाठशालाले पढाइ र प्रबन्धको दृष्टिले धेरै प्रसिद्धि पायो । त्यहाँ अध्ययनरत विद्यार्थीहरूले पूर्वमध्यमा सम्मको पढाइ पूरा गरे पछि उनीहरलाई परीक्षा दिनका लागि वनारस(काशी) पठाउने गरियो । काशीमा पनि हरिहर संस्कृत पाठशाला स्थापना गरी विद्यार्थीहरूलाई समुचित छात्रवृत्ति रकम उपलव्ध गराई संस्कृतमा मध्यमा (आई. ए.) सम्मको अध्ययन गराइने व्यवस्था भयो । यसले गर्दै पश्चिमाञ्चल क्षेत्रका अधिकांश जिल्लाका व्यक्तिले पढ्ने सुअवसर पाए । वस्तुत— हरिहर संस्कृत पाठशालाले सामान्यतः अधिराज्यव्यापी विशेष गरेर पश्चिमाञ्चल क्षेत्रमा शिक्षाको ज्योति फैलाएको हो ।
वर्तमान अवस्थामा प्रारम्भमा उक्त विद्यालयमा अध्ययन गरेका छाात्रहरू डाक्टर, इन्जिजीयर, प्राध्यापक, वरिष्ठ प्रशासक एवं नेता र मन्त्री समेत भएका धेरै उदाहरणहरू छन् । यसरी हरिहरले आफ्नो अथक प्रयास र दुःखले आर्जित गरेको सम्पत्ति आफ्नै मोजमस्तीमा पनि लगाउन सक्नुहुन्थ्यो र धेरैले यस्तो गरेका पनि छन्, तर उहााले त्यसो नगरी स्वआर्जित सम्पत्तिको अधिकांश हिस्सा शिक्षा विकासमा लगाउनुभयो । त्यसैले उहाँलाई महाान् शिक्षाप्रेमी, शिक्षाप्रवर्तक र शिक्षाप्रवद्र्धक भन्नु अव्युक्ति न होला ।
विक्रम सम्वत् २०२२ सालमा हरिहर गौतम दिवंगत हुनु भएपछि उल्लिखित खिदिमको हरिहर पाठशाला संचालनमा आर्थिक कठिनाइले बाधा पर्न गएको थियो तर उहाँको शेषपछि, हरिहरजीका सुपुत्रद्धय विष्णुहरि गौतम र लक्ष्मीहरि गौतमले पिताश्रीको आकांक्षालाई ध्यनमा राखी कपिलवस्तु जिल्लामा राजमार्ग नगीच रहेको आफ्नो पैतृक ६८ विघाहा जग्गा उक्त पाठशालालाई प्रदान गर्नुभएकोले विद्यालयले निरन्तरता पाएको छ र सम्पन्न विद्यालयको रूपमा संचालित पनि छ ।
श्री हरिहरको शिक्षा क्षेत्रमा विशेष योगदानका अतिरिक्त धार्मिक जीवनशैलीका क्रियाकलापहरू र केही विकास सम्बन्धी कार्यहरू पनि उल्लेखनीय रहेका छन् । माथि पनि उल्लेख भएको छ कि उहाँ वैदिक सनातन धर्मका कट्टर अनुयायी, निष्ठावान् धार्मिक व्यक्ति हुनुहुन्थ्यो । त्यसैले उहाँले प्रातःकाल ४ वजे स्नान गरी गायत्रीजप, पूजापाठ, नित्य तर्पण, वलीदैवदेव गरी दैनिक ३ घण्टा लामो नित्यकर्म गर्ने गर्नुहुन्थ्यो । आफ्नो जीवनकालमा उहाँले गायत्री पुरश्चरण, सहस्र शिवलिंग पूजन, शतरुद्री, धान्यपर्वत माहायज्ञ, चारै धाम लगायतका तीर्थाटन, १०८ शैयादान,गोदान, लक्षहोम आदि धार्मिक कृत्यहरू गर्नु भएको थियो ।
विकास तर्फ पनि उहाँ को रुचि रहेको देखिन्छ । विक्रम सम्वत् १९९२ सालमा अर्घाखाची जिल्लाको डाडाँ कटेरी देखि कोप्चा भन्ने ठाउँ सम्मको घोडेटो बाटो वनाउनुभएको र त्यस्तै खिदिमदेखि मदेश(तराई) जाने अतिविकट दह भन्ने ठाउँको बाटो विस्तार गरी मानिस र पशुवस्तुलाई समेत आवत– जावत गर्न सुगम तुल्याइएको थियो । बर्दिया जिल्लाको सदर मुकाम गुलेरियास्थित तत्कालीन मिडिलस्कुल (हाल नयाँ नामाकरण भएको महाकवि लक्ष्मीप्रसाद देवकोटा हाईस्कुल) को निर्माण विस्तार कार्यमा पनि आर्थिक सहयोग गर्नु भएको थियो ।
यसरी श्री हरिहर गौतमको जीवनी हेर्दा– उहाँ सनातन बैदिक हिन्दू धर्मका निष्ठावान् साधक, शिक्षा विकासका प्रण्ोता, उदार दाता एवं विकासप्रेमी भएको देखिन्छ र साच्चै नै उहाँलाई दानवीर हरिहर भनेको सही र सार्थक सिद्ध हुन आउँछ ।

गौतम वंशका इतिहासका केही कुरा
— टेकनाथ गौतम, दाङ
पं वाणीविलासद्वारा वि.स. १८५० मा रचित ४४ श्लोकको गौतम वंशावली (वंशपंक्ति) मा शुक्लयजुर्वेदाध्यायी कर्मकाण्डी ब्राम्हण लल्लकका सन्तान काशीदास कन्नौजबाट धर्मरक्षार्थ शिष्यहरूका साथ सिंजा क्षेत्रमा आए भन्ने उल्लेख छ ।अग्निहोत्री, अीग्नगोत्रीय ब्राम्हण काशीदास तत्कालीन सिंजा नरेशबाट सम्मनित भई जग्गासमेत बिर्ता पाएर त्यसै क्षेत्रमा बसोबास गरेको विवरण उक्त लिखित कागजातबाट प्रमाणित हुन्छ ।
यसैगरी दाङ हापुर नारेवाङ गढी टाकुरा देवस्थलको शिवालयको शिलालेखमा उल्लेख गरीएको छ–
स्वास्ति श्री गिरिराजचक्रपतिन्ना संप्राथ्र्य सेंजा पुरीम् ।
गंगोल्लासित कान्यकुब्ज विषयादानीय वृत्ति स्थिराम् ।।
दत्वा वैदिक धर्मपालनकृते वेर्गोचिणमग्रणी ः।
काशदिास इतिश्रुतो बुधवर ः वंवासितो भुत पुरा ।।
यस शिलालेखबाट पनि कान्यकुब्जबाट आएका अत्रिगोत्रीय विहार काशीदासलाई सिंजानरेशले ससमन विर्ता दिएर बसोबास गराएको प्रमाणित हुन्छ ।
सम्राट हर्षवर्धनपछि हालका फर्रुखाबाद जिल्लभित्र पर्ने कान्यकुव्ज (कन्नौज) पुरा उत्तर भारतको ५०० वर्ष जतिसम्म प्रभावशाली राजधानीका रुपमा रहेको थियो । त्यँहा तिब्बतको गुँगेबाट मानसरोवर, सिंजा(हाल जुम्ला जिल्लाम पर्ने), दुल्लु, सुर्खेत, श्रीवस्ती र साकेत(अयोध्या) हुँदै कन्नौज पुग्ने चल्तिको बाटो थियो । राजधानीका आसपासमा आफ्नो विद्याबुद्धिले राज्यको सेवा पुर्याउन सक्ने धेरै बाहुनहरू खेदिएका रहेछन् । कन्नौजमा केही समयसम्म गौडका पालवंशी राजाहरूकाो पनि अधिकार रहेको थियो । त्यहाँबाट ती पालवंशीहरूको वंशको प्रभाव बढ्दै गयो र सिंजालाई राजधानी बनाई ठुलो साम्र्राज्यको विस्तार गरे । पं. वाणी विलासद्धारा रचित सल्यानी राज वंशावली (वंशपंक्ति) अनुसार यता कन्नौजमा वि.सं.१२५० (१२५१ तिरशाहबुद्नि गोरीले आक्रमण गरी कन्नौज विजय गरेर त्यहाँका हिन्दु प्रजालाई जवर्जस्ती इस्सलाम धर्म ग्रहण गराउने र अनेक प्रकारबाट दु ःख दिने गर्न थाले । कन्नौजका नजिक हरियाना भन्ने गाउँमा अत्रिगात्री ब्राम्हण बस्सदै आएका रहेछन् । ती मध्येका लल्लकका खनाति, विलल्लका पनाति, भास्करका नाति, प्रभाकरका छोरा ठुला विद्धान काशीदास पहिलेदेखिका पालवंशी राजाहरूररको सम्बन्धले हुन सक्छ, पालवंशीहरूबाट बोलाइएर या आफै उपर्युक्त बाटोबाट शिष्यहरूका साथ सिंजा (हालको जुम्लाको उत्तरी भाग) मा पुगी त्यहाँ बिर्ता पाएर बसी राज्यको सेवामा लागे।
काशीदासका कति पिंडीपछिका सन्तान निम्बुक हुन्, उनका चार भाई छोराहरूमध्ये जेठा गोलास्य सिंजामै बसेछन् । माहिला कापडि (काब्रु) लाई सम्राटले गोताम भन्ने ठाँउमा विर्ता दिई पठाएछन्। साहिला सिगरुलाई रारा दहको निकास खत्याड खोलामा विर्ता दिई पठाएछन् ।कान्छा केदारहरूलाई लेव्रम भन्ने ठाँउमा विर्ता दिई पठाएछन् । पछि यिनका सन्नतानहरू क्रमश ः गोचामे, खत्यौडा र मिश्र या ओस्ती भनिन लागेछन् ।
गोलास्यका सन्तान मथराजले सिंजाली सम्राट् सम्भवत ः अभयमल्लकी छोरीसित विवाह गरेछन् । उनका छोरा नहुँदा अभयमल्लकी छोरी र भथराजका छोरा गजभीम सिंजाली सम्राट भएछज् । गजभीमकै नाति या पनाति मलयबम या मललललयबर्मा ठुला प्रलामी राजा भएको थाहा लाग्छ । यिनले काठमाडौंसमेत जिती त्यहाँबाट कर लीनेगरेका थिए । कान्तिपुरको नाँउ काठमाडौं बनाउने गोरखनाथको काष्ठमण्डप काठको मन्दिर यिनैले बनाएका हुन् । भनी इतिहास लेख्ने मोहनबहादुर मल्लले लेखेका छन् । यिनलाई तराईबाट सिंजासम्म हात्ती हिड्न सक्ने बाटो बनाउन लगाई सिंजामा हात्ति पुर्याई ढलौटे मुर्तिसमेत राख्न लगाएका छन् । उनकाृ त्यहीनेरका रैका साँघुनेर १४४२ का शिलालेख पाइएका छन् ।
हाम्रा जेठातिरका भैयाद उपयुक्त मलयवर्माका मोदिनी वर्मा सल्तानबम, प्रितम वम र सुरति वम ४ छोरा थिए । जेठा मोदिनी वर्मा (चल्तीको नाम जक्तिपुर) ले पुख्र्यौली राज्य समाली हिउँदे राजधानीका निम्ति जाजरकोटभित्र जक्तिपुर बसाली त्यसलाई सिंगार्न लागे ।
माहिला सुल्तान वमले वनगाड् (कसैका लखाइमा कालगाँउ) जिती त्यहाँका राजा भए । साहिला प्रितम वम( पृथ्वी वम, तिाम्वर वम) खस मगरहरूका आहृवामा वोगसा भन्ने जाट (जार) लाई मारी सापकोट (वर्तमान रुकुमकोट का राजा भए । कान्छा सुरति वमलाई पर्वतका मगरहरूले राजा बनाउन लगे।तिनका सन्तानपछि गलकोट र घिरिंगका राजा भए । यिनै गलकोटकै राजाका सन्तान हालका नेता ऋषिकेश शाह हुन् ।
यसरी कन्नौजबाट सिंजा पुगेका काशीदासका सन्तानका बाहुनी पट्टिका सन्तान खत्यौडा, गोताम, मिश्र, ओस्ती, मानिएर जताततै पाँजिए । तिनै गोतामेका सन्तान हालको रोल्पा जिल्लाको रुमटीमा जन्मेका वासुदेव बाहुनका नाति अनिरुद्ध खत्रीका छोरा नारायण खत्री गोतामे वाल्यावस्थामा नै संन्यास लिई हंसानन्द गिरी भनिन लाग्नुभएको थियो । प्युठान जिल्लाको पहाडको टाकुरामा उहाँले १९५२ सालमा स्ससससथापना गर्नुभएको यज्ञाश्रम स्वर्गद्धारी आश्रमका नामले प्रसिद्ध भई अहिले १०५ वर्षसम्म यथावत् चल्दै मात्रै छैनकि उत्तरोत्तर यसको प्रष्ठिा बढ्दैछ । आश्रम स्थापना गरेपछि हंसानन्द गिरीजी “स्वर्गद्धारी प्रभु” नामले प्रसिद्ध हुनुभएको थियो । वहाँ १९९७ सालमा व्रम्हलीन हुनुभयो । ३ वर्षअघि त्यसको शतवार्षिक समारोहको उद्घाटन वर्तमान श्री५ माहाराजधिराजबाट गरिबक्सेको हो । त्यहाँ नेपालबाट भन्दा भारतबाट बढी दर्शनार्थी आउने गर्दछन् ।
ठकुर्नी पट्टिका एक सन्तान अछाम, दुल्लु, दैलेखका राजा भए कशीदासकै केही पिंढी पछिका सन्तानले राजाकी आर्की छोरीसँग विवाह गरेर तिनका जेठा सन्तानपट्टि मलयवर्मा भए भन्ने कुरा माथि लेखियो । मलयवमाका जेठा छोरा मेदिनी वर्मा जाजरकोटका राजा भए । तिनका सन्तानपछि दर्ना, धुलिकोट, खाँडाचक्र, सान्नी, ज्याकोटका राजा भए ।
माहिला सुल्तान वमका सन्तान सल्यानका राजा भए । तिनका सन्तान साउँकोट मानेटा र फलावांगका पनि पछि राजा भए ।
साहिंला प्रितम वमका सन्तानपछि मुसिकोट जहारी, वाफी आठविस, गोताम, खगेना र गुर्तासमेतका राजा भए ।

पुर्वाञ्चल निवासी मेरै समान नाम भएका टेकनाथ गौतम शास्त्री र विद्धत् शिरोमणि कुलतन्द्र गौतमले हामी गोतामे पुर्खा औरंगजेवको शासनकालमा भरतबाट नृपाल पसेका भन्नेलेखेको कहीं पढेको छु । मैले आदरणीय उक्त विद्धान्हरूको लेखलाई खण्डन गर्न खोजेको होइन वस्तुस्थितिलाई यथार्थ देखाउन खोजेको मात्र हुँ। उहाँहरूले कन्नौज र काशीदासको ना लेखेको जस्तो मलाई लाग्दैन । आउने काशीदिास र छाडेर आएको ठाउँ कन्नौज भन्ने कुरा उपर्युक्त संस्कृत उद्धरणका पद्यहरूबाट निश्चित हुन्छ ।
आएको समयको विषयमा सोच्दा उहाँहरूको भनाई औरंगजेवको शासनकालमाल भन्ने छ । औरंगजेवको शासन भरतमा सम्ब्त् १७१५( १६७४ सम्म चलेको थियो । हामी हापुरे भनिने दांगका गौतमहरूका पुर्खाहरू सम्वत् १४८० देखि १४८८ सम्ममा गोतामबाट दांगमा आएको प्रमाणित छ । उता मलयवर्माको सम्बत १४४२ को रैंका साँधु भन्ने ठाउँमा शिलालेख पाईएको छ । हामी दांगमा ाएको समयभन्दा अढाइ सय वर्षपछि र मलय वर्माको समयभन्दा ३०० वर्षजति पछि औरंगजेवको शासन चलेकोे देखिनाले हाम्रा र मलयवर्माका पुर्खा काशिदास औरंगजेवको शासन कालमा भारतबाट पहाड पसेका भन्न मिल्दैन ।
सिंजाको इतिहासको डोरेटो भनी कोर्ने मोहानबहादुर मल्लले उक्त पुस्तकको पेज ३८ मा सल्यानी जजरकोटे आदि बाइसी प्रदेशका राजाहरू र हामीगोताम, खत्यौडा, मिश्र, ओस्ती आदि बाहुनका मुल पुर्खा काशीदासलाई कन्नौजबाट बाहुनका भेषमा आएका राठोरवंशी क्षेत्री थिए भन्ने लेखेको देखिन्छ । अहिलेसम्म प्राप्त वंशावली सबैमा काशीदासलाई ब्राम्हण नै लेखिएको छ । क्षेत्री भन्ने कही लेखिएको छैन् ।उहाँले सो किताबमा लेखेको यस्ता गलत कुरा मल्लजी को लेखाइअनुसार हाशीदासलाई हामीसित भएका प्रमाणअनुसार काशीदासका सन्तानलाई सिंजा सम्राटकी छोरीले आफुलाई बाहुनलाई दिन लागेको थाहा पाई छोरी हामता मैयाले मलाई बामनी भन्ने हाकि रानी ? भन्ने हो मनी सोधिन् भन्ने कुरा मल्लजीले आफै लेख्नुभएको छ । हारमाताको विवाह बाहुनसँग गरिदिएको र उनलाई सामाचौर विर्ता दिको हुनाले हारमताका सन्तान समाल भनिएर त्यही समाल शब्द हमाल बनेको हुनाले अहिलेसम्म बाहुनबाछ ठकुर्नीमा ज्न्मेका सबै ठकुरीहरूले आफुलाई हमाल लेख्दैछन् ।
अर्को कुरा हाम्रा पुराण, धर्मशास्त्रर २०२० सालभन्दा अधिका ऐनमा अत्रिका जातअनुसार बाहुनबाट ठकुरी क्षेत्री आदि पैदा हुने व्यवस्था छ । तर क्षेत्रीबाट बाहुन पैदा हुने कहीं व्यवस्था थिएन । यस हालतामा हामी गोतामे, खत्यौडा आदि बाहुना पुर्खा काशीदासलाई क्षेत्री थिए भन्नुभन्दा हास्यास्पद के हुन सक्छ ? त्यसै गरी कुनै वंशावलीमा काशीदासदेखि मलय वर्मासम्म २०–२१ पुस्ता बितेको देखाइएको छ । २०–२१ पुस्ता बित्नलाई ४०० वर्ष जतिको समय चाहिन्छ ।
मलयवर्माको समयदेखि ४०० वर्षअघि काशीदास आएको भन्नलाई त्यो बेला सिंजामा बलियो साम्राज्य खडा भएको थिएन । उता कन्नौजको स्थितिपनि उत्कर्षमा थियो । त्यो बेला कन्नौजमा मुस्लिमहरू पस्न पाएका पनि थिएनन् । त्यस हालतमा काशदासलृृृृृृे मुससलमान भरिएकाले यहाँ बस्न भएन भनी कन्नौज छोडेर सिंजा आउनुपर्ने परिस्थिति देखिन्न । अत ः वि.स. १२५१ मा शाहबुद्धिन गोरी कन्नौजमा भएको अक्रमणपछि मात्र काशीदास पशमड पसेबमे देखिन्छ र काशीदास आएका समयदेखि मलयवर्माको १४४२ को समयसम्म १८०–९० वर्षमा २०–२१ पुस्ता बित्न नसक्ने हुनाले वंशालीको त्यो संख्या ठीक ठहर्दैन ।
कापडीलाइ गोताम पठाएको र उनीहरू गोतमे भनिन लागिएको कुरा माथि लेखियो साधारणत ः सबै हामीले गोतामबाट आएको हुनाले गोतामे कहिन्छौैैैैं भन्दछौं । बसेको या आएको ठाउँबाट थर बन्ने भए हामी पहिले सिंजाबाट आयौं । त्यसपछि कैयौं गोतामेहरू अरु ठाँउबाट अरु ठाउँमा सरे हुन् । ती ठाउन्को नामबाट थर बन्न पर्ने त्यसो भएको देखिन्न ।
म २०३०सालतिर गोताम हेर्न गएको थिएँ । गोतामको लेकका चुलीमा सधैं हिउँ रहिरहन्छ । सो हिउँ चुलीका धेरै तल पश्चिमतिर फर्केको ठुलो गोताम इलाका छ । हिउँचुलीबाट निक्लेर पश्चिमतिर भेरी नदिमा मिसिने सानो खोलाले गोतामलाई २ भागमा विभाजन गरेको छ । खेलाको उत्तरमा राजा बस्ने भागको ठाउँलाई कोट गोताम भनिन्छ । दक्षिणतिरको रिभ्क अथववा विर्ता गोतम नै गोतोहरूको निवास हो । त्यहाँ अब खत्री गोतामे मात्र छन्। बाहुन गोतामे एकजना पनि छैनन्। संयोगले एउटा ठुलो घरमा मैले ८५ वर्षकी तर तगडा नृता खालकी रिजाल्नी बाहुनी कहाँ डेरा गरेछु । उनै बाहुन गोतामेकी छोरी रहिछन् । उनीसित फुपू, हामीले गोताम छाडी गएका हुनाले गोतामे भनिन्छौं भन्ने सोच्थ्यौं । यही बस्ने पनि गोतामे भनिदारहेछन् । फेरी यहाँ बसेर किन हो भनी सोधेपछि उनले माइतीको गवै देखाउँदै भनिन् ः जसलाई राजाले गोताममा विर्ता र गोतामे भन्ने मान दिएका गिए तिनलृ पो आफुलाइ गातामे भनी लेख्न पाएछन् । जल्ले पायने उसलृ गोतामे लेख्न पाइदैन । गोतामेहरू धेरै पढेका र पुरेत्याई गर्न नान्ने हुन्थे । त्यसै कारणले अन्यत्रबाट मानिस आई बाहुन जातिलाई लिई गए ।

नपढेकाहरूले खत्रिनी, मगर्नी स्वास्नी ल्याए । तिनका सन्तान खत्री गोतामे भए । त्यसैले यहाँ बाहुनको बस्ती कम छ । तिमीले उपाध्याय बाहुन त यहाँ पाउँदैनौ, तल भेरीको तिरमा दत्तु जैशी छन् भन्ने जवाफ दिइन् । अनि मैले भेरीकारको धरवाडा भन्ने ठाउँमा दत्तु जैशीलाई भेटेर सोधें, उक्त कुरा सोद्धा हाम्रा मूल पुर्खा काशीदास हुन्, गोतामे राजाले दिएको पद हो, भनेबाट सिंजाको एक अभिलेखमा मयराज भन्दा पनि अघिका बाहुनलाई कुनै सिंजापतिले बाहुनलाई छोरी दिंदा सामाचौर विर्ता र समालपद दिएका थिए भन्ने कुरा माथि नै लेखियो । दाङका पोख्रेल बाहुनलाई दाङ छिल्लीका राजा वीरभद्रले गरिदिएको दानपत्रमा मजगाउँ विर्ता वक्स्यौं र मजगैया पद पायौं भन्ने लेखिएको हुनाले र त्यसपछि दाङका ती पोखरेलहरू मजगैयाँ भनिन लागेकाले गोतामे शब्द गोताममा बसेकाले र गोताम छाडी हिडेकाले बनेको थर होइन किन्तु राजाले विर्ताका साथै दिएको पदवी हो । हाम्रो थर खास गोतामे नै हो । गोतामेजस्तो एकान्त शब्द संस्कृतमा नभएको हुँदा त्यसबाट विभक्ति ल्याई प्रयोग गर्न र अर्थ बुझ्न बुझाउन असजिलो पर्ने हुनाले तथा गोतामबासीलाई बुझाउने पद दिंदा शुद्ध पद संस्कृत व्याकरणको (सोऽस्य निवास) भन्ने नियमले गौतम शब्द बन्ने हुँदा पहिले विद्धत् शिरोमणि कुलचन्द्र र त्यसपछि मेरा दाजु पं. शालिग्रामले गौतम लेख्न लगाउन थाल्नुभयो । पछि सबैले गौतम लेख्न लागेका हुन् ।
गोतामेहरूले मष्टा या मष्टो भनी कुल देवताको पूजा गर्छौं ।
मादिष्टान्तो रुमादिर्ल ः पालान्तौ वंशगोमुखौ ।
राहान्तोे वो ब्राम्हाणानां पञ्चैता ः कुलदेवता ः ।।
प्राचीन परम्परादेखि प्रसिद्ध भई आएका उपर्युक्त श्लोकमा मष्टा, रुमाल वंशपाल, गोपाल र वराह यी ५ ब्राम्हणहरूका कुलदेवता हुन् भनिएकोले मष्टा नै हाम्रा कुलदेवताको नाम हो । मष्टो होइन ।
अब यी मष्टा भनेका को हुन् त भनी जान्न खोज्दा मष्टाका आछाम र जाजरकोट जिल्लामध्ये पैंक गा.वि.स. अन्तर्गत बिजुली डाँडाका स्थान मुख्य मानिन्छन् । आछामको कुरा थाहा छैन, बिजुली डाँडामा शिवलिंगलाई मष्टा भनी पुज्दछन् । त्यहाँ बलि पनि चढाइन्न भन्ने कुरा मेरा दाजु र त्यहाँ गई आएका कैयौं मानिसहरूबाट मैले सुनेअनुसार मष्टा भनेको शङ्कर हुन् भन्ने स्पष्ट हुन्छ ।
अब १२ भाइ भष्टा भन्ने चलन छ । ती को हुन् ? कसरी १२ भाइ भए ? भन्नलाई एकादश रुद्रमा महेशितालाई थपेर १२ पु¥याइएको हुन सक्छ । कसैले दुधे, कसैले अर्कै नामका मष्टाहरू भन्छन्। ती एकादश रुद्रका अलग–अलग नाम भए झै आफुखुशी राखिएका नामहरू हुन सक्छन् । त्योभन्दा पनि उपयुक्त कुरा मलाई के लाग्छ भने पहिले मष्टा मनेका शंकर हुन् भन्ने थाहा पाउन्जेलसम्म सबैले दूधको धारा चढाई पुज्ने गरेका हुँदा हुन् । पछि पछि आफ्ना इष्ट देवताका पूजा आराधनाको पूर्णता बलि दिएर मात्र मान्ने मासु खाने खस मगरको समाजमा हाम्रा पुर्खाहरू बसेका हुनाले तिनैका चलनको अनुकरण गरी बलि दिन थालियो होल र बलि चढाउन लागेपछि दूध चढाइने र बलि चढाइने मष्टालाई अलग–अलग मानी दुधे मष्टा, दाह्रे मष्टा आदि नाम राखिएको हुनसक्छ । उल्टो बलि दिई काट्ने चलन किन चल्यो त ? भनी शंका गर्दा हाम्रा समाजमा धेरै कुराहरू मुसलमान हरूबाट पनि आएका छन् । मुसलमानहरूले जवह (बलि) दिंदा बलिलाई उल्टो गरी रेट्छन् । तिनकै देखासिकी यो उल्टो गरी बलि दिने चलन चलेको हुनुपर्छ ।
हाम्रा पुर्खाहरू वि.स. १४८०–८५ तिर यस ठाउँमा आएको प्रमाणित हुन्छ र यही ठाउँ विर्ता पाई बसेका हौं । अहिलेसम्म यो जमिनमा अविच्छिन्न अधिकार छँदैछ । यसका साथै हामीहरू हापुरमा रहेको अर्को विर्तामा गई बसेका बेलामा गाउँका मानिस बिरामी परेको बखत मष्टा चढे भन्दै कामेर भूत, बोक्सी धपाउने चलन थियो । काम्नेलाई डाँगर भन्दथे । हाम्रा २ काकाहरू गोवर्धन र लीलाधधर डाँगर हुनुहुन्थ्यो । उहाँहरू स्वर्गीय भएपछि मलाई डांगर बनाउन ठाँउ ठाउँमा डांगर र धामी झाक्री ल्याई कोशिस गरिएको थियो तर उनीहरूले कति प्रयास गदौपनि म दृढ रहेकोले कमाउन सकेनन् र हाम्रो माइला दाइको छोरा वामदेव (जो पछि खरदार भए) लाई डांगर बनाएका थिए । २००२ सालतिरबाट क्रमश ः विस्तारै विस्तारै यो काम्ने चलन छुट्दै गयो ।
भारतमा पनि गौतम थर भएका मानिस पाइन्छन् । अघि मैले इलाहावादमा पढ्दा मारतीय कांग्रेसका नेता मोहनलाल गौतमजीलाई पनि गैतम थरको बारेमा सोधेको थिएँ । उहाँले हाम्रो अत्रि गोत्र होइन भनेर अर्कै गोत्र बताउनु भएको थियो र गौतमथरबारे उहाँले बाउ बाजेले लेख्ने आएको हुनाले मैले पनि लेख्ने गरेको हुँ किन लेख्ने गरेको भन्ने कुरामा मैेले छानवीन गरेको छैन भनी पन्छिनुभएको थियो । त्यसपछि भरत वहराइचका शेखर सिंह गौतम भन्ने इतिहासका अन्वेषक १७,१८ सालतिर मेरो घसमा आई निकै दिन वस्नुभएको थियो । उहाँले आफुलाई गौतमगोत्री बताउनु हुन्थ्यो । त्यसकारण नेपालबाट गएका गौतमबाहेक भारतीय गौतमसँग हाम्रो कुनै सम्बन्ध छैन ।
दामोदर पाण्डेका पालामा नक्साका टोलीमा काठमाडौं आई ३ महिनापछि सुगौलीमा बसेका हेमिल्टनले पश्चिम नेपालको इतिकास बुझ्नपैसा दिई मानिस पठाई तिनले दिएको रिपोर्टअनुसार र कर्क पेटिृकको लेखाइका आधारमा नेपालको इतिहास भनी लेखेका छन् ।
त्यसमा उनले भारतबाट डिम्बाराय भन्ने गोतामे बाहुन ताकम (थाक) भन्ने ठाउँमा पुगे । त्यहाँका कुनै ठुला राजाकी एकमात्र सन्तान छोरीसँग विवाह गरे । राजाकी छोरीबाट उनका २२ भाई छोरा भए । ती छोराहरूले सो राज्य बाँडेर २२भाग लगाएकाले ती बाएसे राज्य भनिए भनेर जाजरकोटी ,सल्यानी आदि राजाहरू र हामी गोतामेहरूलाई पुर्वदेखि पश्चिम लागेका र साथै उनले डिम्वाराय गोतामेको सम्बन्ध इलाहावादको नजिकका प्रभावशाली गौतम राजपुतसँग हुन सक्छ भन्ने देखाएका छन् , यो बिल्कुलै नमिल्दो र सत्य तथा काल्पनिक कुरा हो ।
यस्तो नमिल्दो कुरा कसरी लेखे हुन् भनी सोद्धा उनको इतिहास बुझ्न पठाएका मनिसहरूले उनलाई इतिहासको सूचना दिंदा, जाजारकोटी सल्यानी आदि बाईसे राजाहरूका पुर्खा मलयवम या वर्माा हुन् भन्नेसम्म दिए हुन्, बुझनेलाई नै थाहा नभएकाले ती मलयवम सिंजजाली हुन् भन्ने दिएन हुन् । यता सिंजालीमलयवमका कान्छा छोरा सुरतिवमलाई पर्वतमा लगि राजा बनाए भन्ने कुरा माथि लेखिसकिएको छ । यिनै पर्वते राजा सुरति वमका कैयौं पिढीपछिका सन्तान मनि मलय वम भन्ने नामका थिए । यिनी पनि निकै प्रतापी विद्धान थिए भन्ने बुझिन्छ । उनले मल्ल आदर्श नामको संस्कृतमा किताब लेखेका छन् । त्यसको अदिमा निम्नश्लोक छ ः
राजी महत्य वसन्ताराजा च श्री मल्लै वम्म ः
आज्ञाद्धाररकृतेऽमुं कुरुतैग्रन्थं महारत्नम्।।
यिनै दोस्रा पर्वतका मलय वमलाई सल्यानी जाजरकोटीका पुर्खा सम्झी हेमिल्टनले त्यसो सम्झी त्यस्तो लेखे
होलान् जस्तो मलाई लाग्छ ।

शिरव्यहोराको तोक
यसमा स्वर्गद्धारीका अखण्ड यज्ञ धुनिका निमित्त राखीवक्सेका मौजा मौजाको सायर रकम हरू ठेका मिति पुगेपछि धुनिको खर्च निमित्त सो स्थानवाटै उठाइ लिन पाउने गरि गुठी राििखि वक्सेपछि जो वुझ्नु पर्छ वुझि एैन सावालको रित पुर्याइ लालविर्ता मोहर गरि दिनु भन्ने पहा वन्दोवस्त फाँ टका नाउँमा सनद गरि पठाई पछि लाई सो गुठी राखि वक्सेवाहेक अरुमात्र ठेक्का वन्दोवस्त गर्न लाई यो तोक दांग देउखुरी मालमा पठाई दिनु
संवत २००१ साल चैत्र १३ गते रोज २ सुभम्
दा.दे. मालवाट
योखड्ग निसाना तोक नक्कल रांपुर वस्ने कालु खत्रीले अड्रडाँवाट साराई लाँदा अ.नं. २४८ का अ‍ैन वमोजिम आएका दस्तुर कं. रु २÷– २००२÷८÷१७÷ १ सदर स्याहा भो

मधेश रिपोर्ट निक्सारी पश्चिमफाँटवाट वोलेको
रतन नाथ गुठीलाई माफी भए सरह स्वर्गद्धारीकाको दांग देउखुरीका गाउँ मौजा हरूमा पनि वेठ वेगर भारा टंटा सायर चरिचर्चा मद भठ्ठी साली आना गैर रकामरकम कसैले नलिई स्वर्गद्धारीका तर्फवाटै उठाई यज्ञ काममा लगाउने निकासा पाउँ मन्ने ओम भक्तको खिन्ति चढाईमा भइका तोक प्रमांगी वमोजिम मालले जाहेरगागरेको रिपोर्टमा सो मौजाहरूमा सायसरकम कति लगेको छ मौजा मौजाको देखिने गरि खुलाई जाहेर गर्नु भन्ने हुकुम वक्से वमोजिम लेखि गएकोमा यो मौजाको यति यति भन्ने छुट्टा छुट्टै नखेखिने जिल्ला भाएको लगतको दामस्वर्गद्धारी काको तपसिलका मोजा १०(दश) को कं. रु २५२ ठेकेदारको ठेक अंक ठहर्ने भनि दांग देउखुरी माल वुटौल गोश्वाराले जाहेर गरेको म.रि.नि.प.न. १०३३ को रिपोर्ट तोक पढि वुझि हेर्दा , यसमा हुकुम वब्सेको लेखिए वमोजिम मौजा मोजाको छुट्टा छुट्टै अंक देखिनै नसक्ने मौजा १० मा दामासाइले कं रु२५२।।ः।३ अषेरुपी दुइसय वाउन्न रुपैया आठ आना सात दाम ठहर्ने भन्ने मालको जिकिर भएको देखिएको रतन नाथ गुठी तर्फ जंगी कां सावारी सनद भै आएमा वाहेक कसैले भारा वेठ वेगार नलिनु भन्ने रतन नाथ गुठीको आजा पुजालाई र आउने जान्य जोगीहरूलाई भारादारा टार्न पनि पुग्ने भएन र रतन नाथका गुठी को जग्गा देउखुरी प्रगन्ना मध्ये वडकाही रतनपुर गाँउ १ र प्रगन्ना देउपुर मध्ये गाउँ १ जम्मा २ गाउँ छन् यसको मारी मेठी आम्दानी रकम समेत गुठीवाट तहसिल हुन्छ । त्यसै गाउँमा मुगलानावाट ३+४ घर कलवार अहिर ल्याई राखौ र तिनीवाट सायर महसुल तहसिल गरि देवताको कां गर्नु भनि सायर दारले ती कलवार अहिर अजुरसंग सायर कोठरारा गरि दिई दाती कलवारवाट अहिर वस्दैन गुठीका जग्गा भित्र वस्न आउने मुगलानीया कलवार अहिर हरूलाई सनद गरि वक्सेका सरकारको जय मनाई केही आम्दानी गरि देवताको का चलाउदो हुं भनि दांग चौघेरा वस्ने भानु भाइ, हरिनाथ जोगीले हाम्रा सवारी आवास हाम्रा हजुमा विन्ति पार्दा जाहेर भयो तसर्थ निज रतन नाथका गुठीका निज रतनपुर गाउँ १ चै गाउ १ जम्मा गाउँ २को मारी मेटी गैर आम्दानी देवताको गुठीमा जाने भएपछि सो गाउँ २ मा रह्याको र मोगलानावाट आई दोकान गनै गाठ राख्ने कलवार अहिर हरू संग सायर तहसिल नमाग्नु भन्ने खक्का १९३२ साल माघ वदि ३० रोज ३ मा गरि वक्सेको देखिनाले प्रमांगी वमोजिम जाहेर गरेका छौं निकासा सदर गरि वक्सेपछि रदर गरि वक्से वमोजिम गर्नु गराउन भनि दांग देउखुरी, मालमा पठाउने वुटवल गोश्वारामा पठाइदिने ठहर्याइ ज्योतो मर्जि हुकुं ।
सु ःवेदनिधी उपाध्याय १
डी. केशवनाथ उपाध्याय १
ना.रा. विश्वनाथ लामीछाने १
यति संवत २००१ साल माघ १७ गते रोज सुभम्

श्री स्वर्गद्धारीका यज्ञ धुनिको दांग झिगौरा समेत मौजा १० को भैसी कारा चराई समेत रकम यज्ञ धुनिमा खर्च गर्नु भन्ने सदर मै आएको लालमोहर
२००२ साल देखि असुल गर्नु भन्ने २००५ साल चैत्र १४ दाखिल भएको
स्वस्ति श्री गीरीराज चक्रचुडामणि नर नारायणंन्यादि विविध विरुदावलि विराजमान मानोन्नत ओजस्वी राजन्नय प्रोज्जल नेपाल तारा अतुल ज्वोतीरमय त्रिशक्ति पट्ट अति प्रवल गोरदा दक्षिण वाहु महाधिपति श्री मन्महाराजाधीराज श्री श्री श्री महाराज त्रिभुवन विर विक्रम जंग वहादुर शाह वहादुर राशेर जंगदेवानाम सदासमर विजयी नाम
आगे स्वर्गद्धारीका अखंडद्धारीका अखंडयज्ञ धनि चलाउने काममा मुमर भयाका तपस्वि के रतननाथ अस्सससथां तालुकका मौजा हरूमा लागेको रै रकम वेठ वेगारहरू माफी भए सह स्सवर्गद्धारी यज्ञ धुनि तालुकका तपसिलमा लेखिएका मौजा १० को लेखिए वमोजिम रकै रं को ज्याकं रु २४२।। ।३ दुइसय वयालीस रुपैया नै आना सात दां २००२ ासल श्रावण १ गते देखि साल वसाल स्वर्गद्धारीका अखण्ड यज्ञ धुनि अ.स्थानवाट उठाइइ सो यज्ञ धुनिमा खर्च गर्ने गरि दिनु भंने नो चाहिने सनद मैसकेको छ लालमोहर भएको छैन लालमोहर गरि वक्से हुदो हो भनि पहाड वन्दोवस्ससत विर्ता फाटका हाकिम कारिन्दाले श्री मद्दती प्रचण्ड भुजदण्डे त्यादि ओजस्वी रान्य प्रोज्ज्वल नेपाल तारा अतुल ज्वोर्तीमय त्रिशक्तिपट्ट अति प्रवल गोर्खा दक्षिणवाहु पृथुलाधीश नेपाल प्रताव वर्धक श्री श्री श्री महाराज पद्य सम्सेर जंग वहादुर राण जीसी यस आइ जीविई केसी आइ इ पस्टी आर