गुल्मी जिल्ला

image_pdfimage_print
  1. गुल्मी चन्द्रकोट -धुरुमणि वंश
  2. गुल्मी जुहांग- श्रीकृष्ण वंश
  3. अश्लेवा – वालानन्द वंश
  4. थोर्गा -जयनारायण वंश
  5. अर्सेवा -रामचन्द्र पाध्ये वंश
  6. नारायणदास वंश
  7. विशुखर्क -श्रीदास पुत्र वशु वंश
  8. अमरपुर: कालुपाध्याय वंश

गुल्मी जुहांग
श्रीकृष्णका वंशजहरु
ऐतिहासिक कालदेखि नै विभिन्न समय परिस्थितिले बसाइ सराइ गर्ने क्रममा गौतम वंशीहरुले नेपालभित्र र बाहिर समेत पैmलिंदै गएको र यसै क्रममा गोतामेहरुको एउटा जत्था वाग्लुङ्ग जिल्लाको गल्कोटमा आई बसेको र कालान्तरमा गल्कोटबाट पनि विभिन्न शाखाहरु विभिन्न ठाउँहरुमा बसाइ सर्दै गएको देखिन्छ । यस वंशावली अनुसार २९ औं पुस्ताका श्रीधरबाट क्रमश ः ३० मा श्रीदास, ३१ मा अमुक, ३२ मा वसु, ३३ मा सगरु, ३४ मा वर्मा, ३५ मा वली, ३६ मा वलभद्र, ३७ मा श्रीकृष्ण देखिन आउँछन् ।
यहाँ प्रस्तुत गुल्मी, जुहाङ्गका गौतमहरुको वंशावलीका प्रथम पुरुष श्रीकृष्ण हालको वाग्लुङ्ग जिल्लाको सराङ्ग भञ्ज्याङ्गबाट बसाई सरी गुल्मीको जुहाङ्गमा आई बस्नु भएको कुरा हाम्रा पुर्वजहरुबाट हामीलाई जानकारी भएको हो नाम समानताका आधारमा श्रीधर वंश ३७ औ पुस्ताका श्रीकृष्ण नै यस वंशका श्रीकृष्ण हुन सक्ने अनुमान को आधारमा यस वंशावलीकमा पुस्ता विवरण उल्लेख गरिएको छ तापनि धेरै व्यक्तिको एउटै नाम हुन सक्ने हँुदा यस सम्वन्धमा अरु अनुसन्धान हुने आवश्यकता देखिन्छ । यदि यो अनुमान सही हो भने यी पुर्वजहरु पश्चिम नेपालबाट गल्कोट सराङ्ग भन्ज्याङ्ग हुदै जोहङ्ग पुगेका रहेछन् भन्नु पर्ने हुन्छ । कुन कालखण्डमा कुन ब्यहोराबाट के परिस्थितिले आफ्नो स्थान छोडी जुहाङ्गमा वसाई सर्नुपरेकोे भन्ने कुरा अज्ञात नै छ । इतिहासमा राजनीतिको कालक्रम निर्णय गर्दा एक राजाको कार्यकाललाई सरदर २० वर्ष मानी गणना गर्ने गरेको पाइन्छ । यसअनुरुप नै गणना गर्ने हो भने श्रीकृष्ण सराङ्ग भञ्ज्याङ्गबाट बसाई सरेको दुई सय वर्षभन्दा बढी भएको अनुमान गर्न सकिन्छ । यो कालखण्डमा श्रीकृष्णको वंश विस्तार हुदै दश पुस्ता पुगिसकेको छ र जुहाङ्गबाट पनि बसाई सर्दै नेपालका विभिन्न जिल्लाहरु विस्तार हुँदै गएको छ । श्री कृष्णका ३ छोराहरुमध्ये विद्यापति निःसन्तान भए । बाँकी छोरा वंशमणि र परमानन्दमध्ये परमानन्दको वंश शुरुदेखि नै झांगिदै गयो भने वंशमणिको वंश विस्तार भने त्यति दु्रत गतिमा भएको पाइदैन । कारण वंशमणिको एकमात्र छोरा धर्माङ्गद र तिनका पनि एकमात्र छोरा जयमङ्गल भए । जयमङ्गलका दुई छोरा खगेश्वर र भवानीशंकर भए पनि खगेश्वर निःसन्तान भएकोले भवानी शंकरबाट मात्र वंशले उत्तराधिकारी प्राप्त गर्न सक्यो । यस सम्बन्धमा एउटा रोचक प्रसंग छ, त्यो के भने जयमंगलका जेठा छोरा खगेश्वर त्यसवेला पैmलिएको हैजाको प्रकोपले सन्तान नहुँदै दिवंगत हुनुभएछ । यसबेलाको हैजाले धेरैकोे ज्यान लियो । खगेश्वरकी अर्धाङ्गिनी नैना देवी त्यतिबेलाको प्रचलन अनुसार पतिसंगै सति जान तयार हुनुभएछ । भवानीशंकरले आफ्नी भाउजु नैनादेवीलाई सती नजान अनुनयन विनय गरी नमानेमा आपूm एक्लो बाँचेर के गर्ने म पनि मर्छु भनेर अत्तो थाप्नुभएछ । नैनादेवीले भवानीशंकरलाई तपाई नआत्तिनुस् तपाईको वंशमा एक छाकमा एक पाथी नुनले नपुग्नेहोस् भन्ने बरदान दिएर आफू सति जानुभएछ । यिनै सतीको वरदानको कृपाले भवानीशंकरको वंश चाँडै नै विस्तार हुन पुगेको विश्वास गरिएको छ । प्रथम पुरुष श्रीकृष्णको वंशका पाँचौ पुस्ताका मेरा जिजु भवानीशंकर श्री ३ चन्द्रको शासनकालमा पाल्ही माझ खण्ड (आजको कपिलवस्तु रुपन्देही र नवलपरासी) को लप्टन (वडा हाकिम) को दर्जासम्म पुगेका हुनाले उहाँका सन्तान हामीलाई आजसम्म पनि लप्टन खलक भन्ने गरिन्छ । भवानीशंकर आफ्नो यौवनकालमा अत्यन्त चतुर, वलशाली र फुर्तिला हुनुहुन्थ्यो त्यतिबेला चाँड पर्वका अवसरमा (जस्तै तीज, दशैं) वरपर गाउँका युवकहरु जम्मा भएर कुश्ती, पैंठेजोरी र छोइछुत्ति खेल्ने गर्दथे । त्यसमा भवानी शंकरलाई कसैले जित्न सक्दैन थिए भन्ने कुराहरु हाम्रा अग्रजहरुले रोचक ढंगले हामीलाई सुनाउने गर्नुहुन्थ्यो । भवानीशंकर आफ्नो जीवनकालमा निकै नाम र सम्पति आर्जन गर्न सफल हुनुभएको थियो यद्यपि कालक्रमको कुटिल चालले त्यो सम्पत्ति त्यस्तै अवस्थामा रहन पाएन । वहाँले भारतको नौगढ भन्ने ठाउँमा पनि जग्गा जमीन आदि सम्पत्ति आर्जन गर्नु भएको थियो । आफ्नी कान्छी पत्नी र उनका सन्तानहरुलाई त्यतिवेला नै त्यहाँको अंश दिई बसाल्नु भएको थियो । यिनीहरु अद्यापि त्यहाँ छन् र विस्तारित हुँदै गएका छन् । हाल यो वंश ऋतुभद्र देखि ४७ औ पुस्तासम्म पुगेको पाइन्छ । सोहिअनुसार प्रस्तुत गरिएको छ ।

 

3 thoughts on “गुल्मी जिल्ला”

Leave a Reply