परिचयसहित वर्णानुक्रमानुसार वंशावली

image_pdfimage_print

जिल्ला ः अर्घाखाूची

श्रीधरका वंशजहरू

अत्रिगोत्रीय गौतम वंशको नालीबेली खोज्दै जाँदा लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला प्रमुख रूपमा पर्दछ । पचहत्तर प्रशासकीय जिल्लामा विभाजन हुनुपूर्व यो जिल्लाको प्रशासन गुल्मी तम्घासबाट हेरिन्थ्यो । गुल्मी, पाल्पा, कपिलवस्तु, दाङ र प्युठान जिल्लाको बीचमा यो जिल्ला पर्दछ । नेपालमा गौतम वंशका पूर्वजको आगमनका दृष्टिले अर्घाखाँची प्रमुख स्थानमा पर्दछ । बाह्रौं शताब्दीमा मुसलमान सम्राट्को अत्याचारबाट बाँच्न सिन्ध प्रान्तदेखि उत्तर लागेका गौतममध्ये काशीदास नेपाल पसेको पाइन्छ भने उनका वंशजमध्ये “सरिष” जुम्ला पुगेको देखिन्छ । ऋतुभद्रदेखि २९सौं पुस्ताका श्रीधर जुम्लाबाट अर्घाखाँची (तत्कालीन गुल्मी) मा आएका र वि.सं.१६६९ मा तत्कालीन गुल्मीका राजा रामसिंह बर्माबाट हालको अर्घाखाँची खिदिममा कुशविर्ता पाई बसोबास गरे भन्ने देखिन्छ । श्रीधरले खिदिम पोखराथोकमा जुम्लाको कनक सुन्दरीको प्रतीक स्वरूप देवीको मन्दिर र मैदन ठाँटीमा बनाएका रहेछन् । त्यही मन्दिरलाई हाल दशैंघर भन्ने चलन छ ।

श्रीधरदेखि दशौं पुस्ताका सुव्बा हेमन्त गौतमले जेठी श्रीमती र उनका २ भाइ छोरा बालैपाध्ये र विशुपाध्येलाई खिदिममा छोडी जागीरको सिलसिलामा पूर्वतिर गएका र त्यहीँ (दोलखामा) दोस्रो विवाह गरे । कान्छीतर्फबाट ६ भाइ छोरा–गङ्गाधर, शिरपति, अग्निधर, तुलाराम, ऋषिराम र वैजनाथ जन्मे । तिनै सन्तानहरू पूर्वतिर फैलिए (तिनीहरूको विशद परिचय ठाउँ ठाउँमा दिइएको छ) भने अर्घाखाँची खिदिममा रहेका वालै र विशुका सन्तानहरू त्यतै फैलिंदै गए । उनी पछिका पाँचौ पुस्ताबाट गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, काठमाडौंं र जनकपुरसम्म पनि बसोबास गर्न थालेका छन् । यसरी बसाइँसराइको क्रममा एक जिल्लाबाट अर्को जिल्लामा जाने गर्नाले एक जिल्लामा पनि विभिन्न हाँगाबाटवसाइ सराइँ गरेका गौतमहरू भेटाउन सकिन्छ । कुन वंशलताबाट आएको हो ? भन्ने पत्ता लगाउन वंशलता र जिल्लाको प्रथम पुरुष हेर्दा सजिलो पर्छ ।

हेमन्तका वंशजमध्ये असंख्य नेपालीलाई शिक्षित बनाउने हरिहर गौतम खिदिम र बर्दिया मात्र होइन पूरा नेपालमा परिचित छन् । मन्त्रीसम्म पुग्ने काशीनाथ गौतम र डा.काशीराज उपाध्याय हुन् । राणाकालमा पहिलो जनताको छोरो का.मु. बडाहाकिमसम्म हुने शोभाकान्त गौतमले पाल्पालाई बसोबास थलो बनाए । शोभाकान्त विशुपाध्येका सन्तान हुन् । उनका छोरा, नातिहरू पाल्पा रुपन्देही, कपिलवस्तु र काठमाडौंंसम्म छरिएका छन् । वर्तमान गौतम समाजका अध्यक्ष भू.पू सचिव श्री जगदीशचन्द्र गौतम शोभाकान्तका कनिष्ठ सुपुत्र हुनुहुन्छ । यस वंशावलीमा खिदीमतर्फको नामावली संकलन गर्ने कार्यमा श्री मेघनाथ गौतमज्यू र श्री भरतमणि गौतमज्यूबाट ठूलो सहयोग प्राप्त भएको छ ।

जिल्ला ः तेह्रथुम, कोयाखोलातर्फ

हेमन्तपुत्र वैजनाथ वंश

हेमन्तका कान्छा छोरा अग्निधर बालककालमै परलोक भएकोले उनीभन्दा माथिका वैजनाथलाई कान्छा मानिएको छ । वैजनाथले तेह्रथुमको कोयाखोलालाई मूल कर्मथलो बनाएका थिए । उनका दुई भाई छोराहरू जयकृष्ण र श्रीकृष्ण थिए । जयकृष्ण र श्रीकृष्णबाट ६।६ भाई छोराहरू भएका थिए । हाल यिनीहरूका वंशहरू तेह्रथुम, ताप्लेजुङ्ग, आसाम, बर्मा, झापा, मोरङ्ग, सुनसरी, काठमाडौंं लगायतका ठाउँहरूमा फैलिएको देखिन्छ । हाल ऋतुभद्रदेखि ४६ सौंैं पुस्ता पुगेको पाइन्छ । यो बैजनाथको वंश निम्न रूपमा उल्लेख गरिएको छ ।

हेमन्तपुत्र बैजनाथको जीवनकालको सम्बन्धमा निम्न किम्वदन्ती पनि चलेको पाइन्छ ।

बैजनाथ को वंश १८ औ शताब्दीमा पुरानो बिर्ता भएको थलो कालीकोटबाट बसाइँ सर्ने क्रममा पूर्व किरात प्रदेशमा आएको हो । बैजनाथकी पत्नीको नाम वत्सलादेवी हो ।

आर्थिक अवस्था कमजोर हुनाले बैजनाथले नेपाल सरकारले चीन सरकारलाई बुझाउनुपर्ने सिर्तु
(सालिन्दा बुझाउनुपर्ने रकम) तिर्ने काममा चीन जानका लागि मान्छे भर्ना गर्दा आफै पनि निवेदन हाली बैजनाथ भर्ना भए । चीन सम्राट्लाई सिर्तु बुझाई फर्कदा ल्हासा आई केही समय त्यहीँ बसी कठोर शारीरिक श्रम समेत गरेर बैजनाथले सुन कमाई घर फर्किए । १२ वर्षपछि घर फर्केका पति बैजनाथलाई उनकै पत्नी वत्सलाले तत्काल चिनिनन् । अन्तमा हाँसोबाट दाँतले चिनिछन् र ऋणसमेत तिरेर आरामसाथ बसेछन् ।

उनै बैजनाथका २ छोरा जयकृष्ण र श्रीकृष्ण मध्ये जेठा छोरा जयकृष्ण वि.स. १८५० मा पल्लो किरात, तेह्रथुम, कोयाखोला खेलपुरमा बसाइँ सरेको र स्थानीय अवंशु राई, ज्ञानजित राई, कुनराई कर्ता बुढौलीसमेतले त्यस भेगकै धनी साहु र उनै जयकृष्णका भाइ श्री कृष्णलाई सिरपति गौतमका सन्तान कुलानन्द, कृपानन्दसमेत गएर साहुका रूपमा ल्याउन लेखेको पत्र ऐतिहासिक महत्वको भएकोले यहाँ उल्लेख गरिएको छ ।

श्री महाजन श्री कृष्ण गोतामे ज्यू,

यो पल्लो किरातलिम्बुवान मुलुकमा हामीलाई साहु नभएर साह्रै दुःख मर्का पर्याको छ । तपाइँलाई सम्झी यो चिठि लेखि पठाएका छौं । हामिले तपाइँलाई चाहिने खेतवारी खर्क सन्धि सर्पन तपाईलाई मनपर्ने तयार पा–याका छौं । कुनै कुराको धोका हुन्या छैन । साथै आउनु होला । इति सम्वत् १८९१ असोज १५ गते सुभम् ।

सवैको सहिछाप

जिम्मावाल

अवंशु राई, ज्ञानजीत राई, कुन राई

जिल्ला ः भोजपुर, पापुङ्गा

सुकरुपुत्र बालकृष्ण वंश

ऋतुभद्रदेखि २९ सौं पुस्ताका श्रीधर जुम्लाबाट अर्घाखाूची खिदिममा आएका र वि.स. १६६९ मा तत्कालीन गुल्मीका राजा रामसिंह वर्माबाट अर्घाखाूची खिदिममाकुशविर्ता पाई बसोबास गरेको पाइन्छ । श्रीधर देखि क्रमशः विश्वनाथ लोकेश्वर, शुकदेव, शिवाकर, सुकरु हुन् । सुकरुका सात भाई छोराहरू गङ्गालाल, पुन्नाखर, शान्तु, गङ्गु, गङ्गाधर, शारङ्ग, बालकृष्ण थिए । यहाू बालकृष्णका वंशजहरूको उल्लेख गरिएको छ ।

बालकृष्णका एक मात्र छोरा ऋषिराम थिए । ऋषिरामदेखि देवर्षिसम्म (ऋषिराम–रमाकान्त–नन्दु–देवर्षि) एक–एक पुत्र हुूूूूूदै गए । देवर्षि करीव २०० वर्षअघि भोजपुरको पापुङ्गामा आई बसाबास गरेका हुन् । यसै वंशका देवर्षिका अर्का बालकृष्णका छोरा हरिनन्दन दिङ्गला तुंगेच्छामा बसोबास गर्न थाले भने अर्का भाई दुर्गादास सिम्लेमा र कान्छा भाई श्रीकृष्ण पापुङ्गाबाट ताप्लेजुङ्गको हाङ्देवा आई बसोबास गरेको पाइन्छ । हाल बालकृष्णका वंशजहरू ४८ सौं पुस्तासम्म झापा, मोरङ्ग, सुन्सरीका साथै भारतको सिक्किम, आसाम, भुटान एवं बर्मा (म्यान्मार) सम्म पैmलिएको पाइन्छ ।

द्रष्टव्य ः– सुकरुपुत्र पुस्ता ३४ मा वालकृष्ण, ३५ मा वंशम, ४० औं पुस्ताका वालकृष्ण नभएर ४० औं पुस्तामा देवर्षीका छोराहरु दुर्गादास, हरिनन्द र श्रीकृष्ण हुन् भन्ने भोजपुर पापुङ्गाका केही वन्धुहरुको भनाइ रहेको छ । तर झापा, सतासीधाम गा.वि.स. वार्ड नं. ७ निवासी दिनानाथ गौतमबाट खेमलाल गौतमलाई उपलब्ध गराएको विवरणअनुसार देवर्षी पुस्ता नं. ३९ का पुत्र वालकृष्ण पुस्ता नं. ४० रहेको र निज वालकृष्ण पुत्रहरु दुर्गादास, हरिनन्द र श्रीकृष्णहरुको पुस्ता नं. ४१ कायम हुन आएको छ । यसरी १ पुस्ताको फरक देखिन्छ । यसमा खोजी गरी निक्र्यौल भएमा सोही बमोजिम कायम हुनुपर्ने देखिन्छ ।

जिल्ला ः भोजपुर, सिस्नेरी

वेणुधर वंश

ऋतुभद्रदेखि २९ सौ पुस्ताका श्रीधर जुम्लाबाट अर्घाखाँचीमा आएका र वि.स. १६६९ मा तत्कालीन गुल्मीका राजा रामसिंह वर्माबाट अर्घाखाूची खिदिममा कुश विर्ता पाई बसोबास गरेको पाइन्छ । श्रीधरदेखि क्रमशः विश्वनाथ, लोकेश्वर, शुकदेव, सिवाकर, सुकरु, गंगाराम, परशुराम हुन् । परशुरामका दुई छोरा गोपाल, वेणुधर हुन् । ३५ औं पुस्ताका वेणुधर भोजपुर सिस्नेरीमा आई बसोबास गरेको बुझिन्छ । वेणुधरका छोरा पद्मधर थिए । पद्मधरका छोरा वंशीधर र वंशीधरका छोरा लक्ष्मीधरसम्म एकएक सन्तान भएको देखिन्छ । लक्ष्मीधरका भने चार भाइ छोराहरू श्रीकृष्ण, गणपति, मनोरथ र धनपति थिए ।

श्रीकृष्णका सन्तानहरू हाल ऋतुभद्रदेखि ४६ सौ पुगेको देखिन्छ भने गणपतिका सन्तानहरू ४५ सौं पुगेको देखिन्छ । त्यसैगरी मनोरथ र धनपतिका सन्तानहरू पनि ४६सौं पुस्तामा रहेको पाइन्छ ।

वेणुधर वंश हाल भोजपुर सिस्नेरी तथा तराईको झापा, मोरंग आदि केही ठाउँमा छरिएर बसोबास गरेको पाइन्छ ।

जिल्ला ः कास्की, पोखरा

जागेश्वर र पुरण वंश

गौतम वंशका मूल पुरुष ऋतुभद्रदेखि ४० सौं पुस्ताका जागेश्वर कास्की पोखरामा आई रामघाटमा बसोबास गरेको पाइन्छ । उनका चार भाइ छोराहरू डिल्लीराम, जसु, लक्ष्मण र प्यामनारायण थिए र यी चारै भाइका सन्तानहरूको नामावली यस वंशावलीमा उल्लेख गरिएको छ ।

जसुका सन्तान देवीभक्त (ऋतुभद्रदेखि ४५ पुस्ता) बर्मा गएको हुनाले उनका सन्तानको नालीबेली थाहा पाउन सकिएन । अन्य वशहरूको भने ४८ सौं पुस्तासम्म पुगेको देखिन्छ । हाल यो वंश कास्की पोखराको रामघाट, चितवन, वर्दिया आदि ठाउँमा पैmलिएको पाइन्छ । जागेश्वर वंश लाई निम्नानुसार उल्लेख गरिएको छ ।

जिल्ला ः संखुवासभा, चैनपुर भञ्ज्याङ्खर्क

हेमन्तपुत्र तुलाराम वंश

सुब्बा हेमन्तका दुई श्रीमतीहरू हुन् । तीमध्ये जेठीबाट दुई भाइ र कान्छीबाट छ भाइ गरी आठ भाइ छोराहरू भएका थिए । पहिली श्रीमतीबाट जन्मेका बालैपाध्ये र विशुपाध्ये अर्घाखूँची खिदिममै रहे र त्यहींबाट उनका वंशजहरू पैmलिए ।

हेमन्त जागिरको सिलसिलामा वि.सं. १७७५ मा सेन राजाको राज्य दोलखामा आई काम गर्न लागे । त्यहीं उनले दोस्रो विवाह गरे । कान्छीतर्पmका छ भाइ छोराहरू– गंगाधर, शिरपति, अग्निधर, तुलाराम, ऋषिराम र वैजनाथ मध्ये गंगाधर इलामको सूाखेजुङ्गमा बसे र तिनका वंश साूखेजुङ्ग र पाूचथरमा बसोवास गर्न लागे । माइला शिरपति तेह्रथुमको कोयाखोलामा बसे । उनका वंशजहरू भारतको आसाम प्रान्त लगायत मेघालय, नागालैण्ड, त्रिपुरा आदि ठाउूमा बसोवास गर्दै गए । वैजनाथका सन्तानहरू पनि तेह्रथुमको कोयाखोला, खेलपुर, नेशम चूँगे र ताप्लेजुङ्गमा बसोबास गर्दै आएको कुरा प्रेमनारायण गौतम बताउूछन् । (स्मारिका २०५५ पाना ४०) ऋषिराम र तुलाराम संखुवासभाको चैनपुर भञ्ज्याङखर्कमा बिर्ता पाएर त्यहीू बसोबास गरे भने यहाू तुलारामका वंशजहरूको उल्लेख गरिएको छ । ऋषिरामको बारेमा छुट्टै तल उल्लेख गरिएको छ ।

तुलारामका पाूच भाइ छोराहरू क्रमशः दीनानाथ, दामोदर, बलभद्र, धनपति र बृहस्पति हुन् र यो वंश हाल संखुवासभाको भञ्ज्याङखर्क, झापा, मोरङ्ग, सुनसरी आदि ठाउूमा पैmलिएको पाइन्छ । ऋतुभद्रदेखि ४९ सांंै पुस्तासम्म पुगेको तुलाराम वंश निम्नअनुसार उल्लेख गरिएको छ ।

हेमन्तपुत्र ऋषिराम वंशज

ऋतुभद्रदेखि २९ सौं पुस्ताका श्रीधर जुम्लाबाट अर्घाखाँची (तत्कालीन गुल्मी) मा आएका र वि.स. १६६९ मा तत्कालीन गुल्मीका राजा रामसिंह वर्माबाट अर्घाखाँची खिदिममा कुशविर्ता पाई बसोबास गरेको पाइन्छ । श्रीधरदेखि क्रमशः विश्वनाथ, लोकेश्वर, शुकदेव, शिवाकर, शुकरु, सारङ्ग, सुन्दर, हरिदास, हुदैँ ३८ सौं पुस्तामा सुब्वा हेमन्त पर्दछन् । सुुब्वा हेमन्तका जेठी पत्नी तर्फका २ छोरा वालैपाध्ये र विशुपाध्ये तथा जेठीपत्नीलाई खिदिममै छाडी जगीरको सिलसिलामा वि.स. १७७५ मा सेन राजाको राज्य दोलखातर्फ लागे त्यहीँ उनले दोश्रो विवाह गरेका र कान्छी पत्नीतर्फबाट छ जना छोराहरू गंगाधर, शिरपति, तुलाराम, ऋषिराम, वैजनाथ, अग्निधर हुन् । अग्निधरको वालकै अवस्थामा मृत्यु भएको शिरपति र वैजनाथ वंश कोयाखोला (तेह्रथुम) तर्फ तुलाराम, ऋषिराम, चैनपुर भञ्ज्याङ्गखर्क र गंगाधर वंश इलामतर्फ रहेको पाइन्छ ।

ऋषिरामका पाँच भाइ छोराहरू– पशुपति, गङ्गाराम, निविराम, छविलाल र मुक्तिराम थिए । पुस्ता संख्याका हिसाबले ऋतुभद्रदेखि हालसम्म ४७ सौं पुस्ता पुगेको र ऋषिरामका वंशजहरू झापा, मोरङ्ग, सुनसरीका साथै भारतको आसामसम्म पैmलिएको देखिन्छ । ऋषिरामका वंशजहरूको पुस्तावली तल उल्लेख गरिएको छ ।

जिल्ला ः ताप्लेजुङ्ग

सुकरुपुत्र गंगाधरवंश

ऋतुभद्रदेखि ३४औं पुस्ताका सुकरुका सात भाइ छोराहरूमध्ये गंगाधरका तीन भाइ छोराहरू नारायण, प्यारीलाल र पुरुषोत्तम हुन् । नारायणका वंशजहरूको ज्यामीरे चौरी, सिभुवातर्फ को बसोबास देखिन्छ । प्यारीलालका वंश ज्यामीरे्, चौरी सिभुवा, झापा, मोरङ आदि ठाउँमा बसोबास गरेको पाइन्छ । पुरुषोत्तमका एक छोरा रामकृष्ण हुन् । रामकृष्णका चार छोरा रामु, दामु, देवेन्द्र र विभद्र हुन् । रामुका क्रमश कपिल ः शर्मानन्द, शक्तिपाध्ये, रंगु, श्रीकृष्ण, वलराम हुन् । वलरामका ६ भाइ छोराहरूमध्ये पं. भवानी प्रसाद यसै वंशमा पर्नुहुन्छ । उहाँ गौतम वंशको पहिलो गौतम वंशावली संकलक तथा प्रकाशक हुनुहुन्छ । गंगाधरका वंशजहरू हाल ओखलढुंगा भोजपुर, दिंला, यांगरुप, फेदाप, पाँचथर, झापा, मोरंग, सुनसरी, काठमाडौं आसाम, वर्मा, सिक्किम, भुटान, वंगाल अदि ठाउँमा फैलिएर बसोबास गरेको पाइन्छ ।

३५औं पुस्ताका गंगारधरका छोरा पुरुषोत्तम वेद वेदान्त, ज्योतिष विद्याका समेत प्रखर विद्वान थिए । सेनवंशीय राजाका पालामा यिनी दर्बारिया पनि भएछन् । राजाले उनलाई सधै साथमा लिएर हिड्ने गर्दथे। ज्योतिषी पुरुषोत्तमको सल्लाहले पूर्वतर्फ विजय गर्दै माझ किरात र दिंगला सम्म पुगेछन् । त्यसपछि अव साइत छैन अब लडाइँ होइन मेलमिलाप गर्न पर्छ भनेर पुरुषोत्तमले भनेपछि राजा किरातीहरूसँग संझौता गरी फर्केछन् । फर्केर आउँदा राजाले केही वक्सिस माग भनेछन् । पुरुषोत्तमले मलाई अरु केहीं चाहिंदैन अलिकति फुलवारी पाए हुन्थ्यो भन्ने इच्छा राख्नु भएछ । इच्छा अनुसारको जग्गा पाएर त्यहीँ बसोबास गर्न लागेछन् । किरातीहरूले यसैको सल्लाहको कारणले हामीले हाम्रो राज्य हारेको हो भन्ने सोचेर किरातीहरू पुरुषोत्तमका हत्या गरेछन् भन्ने कुराको उल्लेख भवानी गौतमको अत्रिवंश दर्पण भन्ने किताबमा गरेको पाइन्छ । ऋतुभद्रदेखि ४९ औ पुस्तासम्म पुगेको वंशावली प्रस्तुत छ ।

पशुपति वंश

यस वंशको नालीबेली खोज गर्दा पशुपतिभन्दा माथिका पुर्खाको सूत्र जोड्न नसकिए तापनि भवानी गौतमद्वारा प्रकाशित वंशावलीको आधारबाट पुस्ता नं. कायम गरी प्रकाशन गरिएको छ ।

पशुपतिका वंशजहरू हाल ताप्लेजुङ्ग (याङ्गरुप, पेदाप, खेवाङ) इलाम, पाँचथर, झापा मोरङ्ग, सुनसरी, सिक्किम, आसाम, नागाल्याण्ड, मनिपुर आदि ठाउँमा बसोवास गरेको पाइन्छ । ऋतुभद्र सम्मको क्रम टुटे तापनि यो वंश हाल ४७ सौं पुस्तासम्म पुगेको निम्न तालिकाबाट देखिन्छ ।

द्रष्टव्य ः– तेह्रथुम नेवाइ ओयाकजुङ्ग गाउँको पं.बालाकृष्ण गौतमका सन्तान पशुपति वंशका नभएर धादिङ्ग जीवनपुरका बद्रीनाथ वंशका भएको हुूदा पशुपति वंशबाट वद्रीनाथ वंश धादिङ्ग जीवनपुर मा लगिएको व्यहोरा जानकारी गराइन्छ ।

जिल्ला ः तेह्रथुम

हेमन्तपुत्र शिरपति वंश

ऋतुभद्रदेखि २९ सौं पुस्ताका श्रीधर जुम्लाबाट अर्घाखाँची (तत्कालीन गुल्मी) मा आएका र वि.स.१६६९ मा तत्कलीन गुल्मीका राजा रामसिंह वर्माबाट अर्घाखाँची खिदिममा कुशविर्तापाई बसोबास गरेको पाइन्छ । श्रीधरदेखि क्रमशः विश्वनाथ, लोकेश्वर, सुकदेव, शिवाकर, सुकरु, सारङ्ग सुन्दर, हरिदास, हुँदै ३८ सौं पुस्तामा सु. हेमन्त पर्दछन् । सुब्वा हेमन्त का जेठी पत्नी तर्फ का दुई छोरा वालैपाध्य र विशुपाध्ये तथा जेठी पत्नीलाई खिदिम मै छाडि जागीरको सिलसिलामा वि.स. १७७५ मा सेन राजाको राज्यतर्फ लागे त्यही उनले देस्रो विवाह गरेर कान्छी पत्नीतर्फबाट छजना छोरा हरू गंगाधर, शिरपति, ऋषिराम, तुलाराम, वैजनाथ, अग्निधरहुन् । अग्निधरको वाल्यवस्गामै मृत्यु भएको गंगाधर का वंश इलाम तर्फ पाइन्छ तुलाराम र ऋषिरामका चैनपुर भञ्ज्याङ्गखर्कतर्फ पाइन्छ वैजनाथका वंश तेह्रथुम कोयाखोलातर्फ बसोबास गरेको देखिन आउँछ ।

शिरपति पनि तेह्रथुमको कोयाखोलामा आएर बसोबास गरेका हुन् । यिनका तीन भाइ छोरा–कुलानन्द, कृपानन्द र श्यामलाल मध्ये कुलानन्दका वंशजहरू क्रमशः रामचन्द्र, जयनारायण छविलाल, हरिलाल, खेमलाल पर्दछन् भने ऋतुभद्रदेखि हाल सम्म ४८सौं पुस्तामा पुगेको पाइन्छ । यो वंश तेह्रथुमको कोयाखोला, ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी, सिक्किम, भुटान, आसाम आदि विभिन्न ठाउँमा पैmलिएर रहेको पाइन्छ । सिरपतिको वंशक्रम तल उल्लेख गरिएको छ ।

जिल्ला ः बाग्लुङ

लक्ष्मीधरपुत्र हरिदास वंश

जुम्ला निवासी लक्ष्मीधरका छोराहरू–हरिदास, श्रीदास, श्रीधर र दिवोदास समेत चार भाइ हुन् । त्यसमध्ये श्रीधर अर्घाखाँची खिदिमतर्फ गई बसोबास गरे । श्रीदास वंश बाग्लुङ्ग हुदै गुल्मी तर्पm र दिवोदास वंश गल्कोटतर्पm गए । हरिदासका छोराहरू क्रमशःनभस,गोसरी,नर्मदा, हरिकृष्ण जधु, मुसु, मोतिराम, चिन्तामणि भए । २७सौं पुस्ताका दुई छोरा हेरम्भ र रमाकान्त हुन् । हेरम्भका चार भाई छोरा – परासर, हेमाङ्गद, लक्ष्मी र एक भाइको नाम थाहा भएन । तर सन्तान भने उल्लेख छन् । चिन्तामणिकै छोरा रमाकान्तका तीन भाइ छोरा मध्ये दयासागर र हरिचरणको नाम थाहा भयो । एक भाइको नाम थाहा पाउन सकिएन । तर उनको वंश क्रम भने उल्लेख छ । हरिदास वंशको बसोबास बाग्लुङ्ग मूलपानीबाट पाल्पा, रुपन्देहीको सालझुण्डी, बुटवल, चिववन, काउंखोला, पर्वतको कुस्मा, जनकपुर ,विराटनगर, काठमाडौंअदि ठाउँमा ४८ सौं पुस्तासम्म पैmलिएर बसाबास गरेको पाइन्छ । हरिदासका वंशजलाई तलको तालिकामा उल्लेख गरिएको छ ।

बाग्लुङ, गलकोट, श्यामदास वंश

ऋतुभद्रदेखि २७ सौं पुस्ताका श्यामदासका वंशजहरू क्रमश ः २८ मा सवरी, २९मा पर्शुराम, ३० मा भद्रदास, ३१मा भवदेव भए । भवदेवका तीन छोरा वामदेव, हेमदास, श्रीदेव हुन् । यो वंश फैलिएर हाल बाग्लुङ्ग ग्वालिचौर, गुल्मी भुर्तुुङ्ग, पाल्पा, लम्जुङ्ग, चितवन, भैरहवा, भरतपुर, पोखरा, वर्दिया, जुम्ला, सुर्खेत, रम्घा, झापा, मोरङ्ग, सुनसरी, आसाम, बर्मा आदि ठाउँमा बसोबास गरेको पाइन्छ । ऋतुभद्रदेखि यो वंशको पुस्ताक्रम ४८ सौं पुगेको पाइन्छ । श्यामदासको वंश निम्न रूपमा उल्लेख गरिएको छ ।

बाग्लु·, बाटाकाचौर, मैत्रै पुत्र शान्तु वंश

ऋतुभद्र देदि २७औं पुस्ताका श्यामदासका छोरा क्रमश ः शवरी पर्शुराम, भद्रदास, भवदेव, वामदेव, सोमदत्त, रघुपाल, श्रीधर, नारायण, चामु, सन्तु,पृथ्वी, मित्रलाल (मैत्रेपाध्ये) ४०औं पुस्ता देखि आउँछ । मैत्रेका छोरा शान्तु र शान्तुका चार छोराहरू श्रीपति, रुद्रमणि, कामदेव र तुलाराम हुन् । शान्तु पाध्येका वंशजहरू को बसोबास बाग्लुङ्ग, गल्कोट, रुपन्देही,दिव्यनगर, अमुवा, चितवन लंकु आदि ठाउँहरूमा पाइन्छ । ऋतुभद्रदेखि ४६औं पुस्तासम्म पुगेको वंशावली यहाँ प्रस्तुत छ ।

जिल्ला ः गुल्मी

जयनारायण वंश (थोर्गा, थानपति गा.वि.स.)

पवित्र कालीगण्डकी नदीको तटमा अवस्थित गुल्मी जिल्लाको रिडी बजार (रुरु क्षेत्र) ऐतिहासिक, सांस्कृतिक एवं धर्मिक दृष्टिले महत्वपूर्ण एक तीर्थस्थल हो । यहाँ भगवान् ऋषिकेशवको भव्य मूर्ति र मन्दिर समेत अति मनोहर र दर्शनीय छन् । यो ठाउँ भृगु ऋषिले तपस्या गरेको तपोभूमि हो र शालिग्राम पाइने पुण्य भूमि पनि हो । यस क्षेत्रले नेपालका प्रसिद्ध तीर्थस्थलहरूमध्येमा विशिष्ठ स्थान ओगटेको छ ।

यसै तीर्थस्थलदेखि डेढ कोश माथि उत्तर तर्फको डाँडामा थोर्गा भन्ने ठुलो गाँउ सलक्क परेर बसेको छ । उक्त गाँउको मध्य भागमा केही गौतमहरू बसोबास रहेको छ, यस ठाउँलाई ‘गौतम टोल’ भन्दछन् । यहाँ वस्ने गौतमहरू करीव २०० वर्ष अधि वाग्लुंग जिल्लाको सल्यान–सुखौरा भन्ने ठाउँबाट आएका हुन् । गुल्मीका ज्ञवालीहरू मावली भएको नाताले जयनारायण बसाइँ सरी वाग्लुंगबाट यहाँ आएका थिए ।

थोर्गामा हुने गौतमहरू श्रीधरवंशका हुन् । वंशावलीको हिसावले २९ सौं पुस्ताका श्रीधरबाट क्रमशः ३०का श्रीदास, ३१का अमुक (नाम थाहा हुननसकेको) यिनका छोरा ३२ का वशु, ३३का सगरु, ३४का वर्मा, ३५का वलिवर्मा हुन् । यिनका दुईछोरा थिए –वलि रवाचक । यी मध्ये वलिका छोरा ३६ सौ पुस्ताका वलभद्र, ३७ का मनोहर, ३८ का नामै (यो नाम हो) उनका छोरा ३९ पुस्ताका जयनाराण हुन् । माथि पनि उल्लेख भएको छ, जयनारायण वाग्लुंगबाट थोर्गा आएका हुन् । यिनका छोरा ४० का वुद्धिधर एक मात्र थिए । यिनका दुई श्रीमतिहरूमध्ये– जेठीतर्फका लक्ष्मीनारायण र कान्छीतर्फबाट शालिग्राम, दुर्गाप्रसाद र सिद्धिनारायण गरी जम्मा चार भाईहरूबाट फैलिदै गएका सन्ततिहरूको हाल करिव ४५ घर परिवार गरी जनसंख्या ४०० जति पुगेको छ ।

यसरी वाग्लुङबाट थोर्गा आउने मूल पुरुष जयनारायण हुन् र हाल यो वंश गुल्मी जिल्लाको थोर्गा गौतम टोलका अतिरिक्त तराईका विभिन्न जिल्लाहरू, काठमाडौं र भारतको आसाम, मेघालयका साथै अन्य मुलुकका विभिन्न भागमा समेत फैलिएर बसोबास गरेको पाइन्छ । ऋतुभद्रदेखि ४७ सौ पुस्तासम्म पुगेको जयनरायणतर्फको वंशावली निम्न रुपमा प्रस्तुत गरिएको छ ।

गुल्मी, रामचन्द्र वंश

गुल्मी जिल्लाको भञ्ज्याङ्ग अर्जेवाक गौतमहरूका पुर्वज २९ सौं पुस्ताका श्रीधरबाट क्रमश ः ३० सौमा श्री दास, ३१सौमा अमुक (नाम नभेटिएको), ३२ सौ मा वसु, ३३सौमा सगरु, ३४सौ मा वर्मा, वर्माका दुई छोरा वली र वाचक मध्ये वाचकका छोरा वंशम ३६सौं पुस्तामा र उनका छोरा घुरुमणी ३७सौ पुस्ता घुरुमणीका तीन छोराहरू रामचन्द्र, चन्द्रमणि र सिद्धैमध्ये रामचन्द्रका २ छोरा मंगल र वलवीर खत्री हुन् । हाल वलवीर खत्रीका वंशजहरू गुल्मी जिल्लाको भञ्ज्याङ्ग अर्जेवा तर्फ बसोबास गरेको पाइन्छ । ऋतुभद्रदेखि ४५सौ पुस्तासम्म पुगेकको वलवीर खत्रीका वंशजहरूको नामावली प्रस्तुत छ–

घुरुमणि वंश

गुल्मी जिल्लाको चन्द्रकोट, डाँडावनका गौतमहरुका पूर्वज २९ औं पुस्ताका श्रीधरबाट क्रमशः ३० औं पुस्तामा श्रीदास, ३१ औं पुस्तामा अमुक, ३२ औं पुस्तामा वसु, ३३ औं पुस्तामा सगरु, ३४ औं पुस्तामा वर्माका दुई छोरा वली र वाचकमध्ये ३५ औं पुस्ताका वाचकका छोरा वंशम ३६ औं पुस्तामा वंशमका छोरा ३७ औं पुस्ताका धुरुमणिका तीन छोरा रामचन्द्र, चन्द्रमणि र सिद्धै थिए । वंशहरु जोड्ने क्रममा सिद्धैका वंशावली गुल्मी विसुखर्कको वसुको वंशावली पाना नं. ११४ को क्रमसंख्या १०५ मा दिइएको छ । रामचन्द्रका मंगल र वलवीर खत्री गरी २ छोरा तथा चन्द्रमणिका काशिराम, नारायण र हरिपाध्यये गरी ३ छोरा छन् । रामचन्द्रका छोराहरु वलवीर र मंगलको वंशावली अलग अलग पानाहरु क्रमशः ९९ र १०० मा दिइएको छ । हाल यो वंश बाग्लुङ्ग काढेखोलाबाट गुल्मी चन्द्रकोट, डाँडावन, भिर्खानी, गुल्मी अर्जेवास आदि विभिन्न ठाउँमा फैलिएर बसोबास गरेको पाइन्छ । चन्द्रकोट भिर्खानी बस्ने भक्तिराम उपाध्याय, गौतम समेतले १९४४ सालमा श्री ५ पृथ्वी वीरविक्रम शाहदेवबाट प्राप्त लालमोहर यसै वंशावलीमा समावेश छ । ऋतुभद्रदेखि हालसम्म ४५ औं पुस्तासम्म पुगेका घुरुमणिको वंशतर्फको वंशावली निम्नानुसार प्रस्तुत गरिएको छ–

नारायणदासका वंश, वलेटक्सार

२७ औं पुस्ताका श्यामदासका छोरा क्रमश ः शवरी परशुराम, भद्रदास, भवदेव,वामदेव, सोमदत्त, जैलुपाल, जोखु ,जनार्दन, जरिनारायणदास, गणपति हुँदै ३९औं पुस्तामा नारायण रहेको पाइन्छ । नारायणदासका दुई छोरा देवानन्द र तुलसीराम हुन् । नारायणदास वाग्लुङ्ग को सल्यानबाट बसाइँ सरी गुल्मी आएका र हाल यो वंश गुल्मी वलेटक्सारमा नै अधिकांशरूपमा बसोबास गरेको पाइन्छ भने केही वुटवल, परासी, काठमाडौंमा बसोबास गर्दै आएका छन् । हाल यो वंश ऋतुभद्र देखि ४८औं पुस्तासम्म पुगेको पाइन्छ ।

गुल्मी, बिसुखर्क, भिर्खानी, श्रीदास पौत्र वसु वंश

ऋतुभद्रदेखि २९औ पुस्तामा श्रीधर, ३० औं पुस्तामा श्रीदास र ३१ औं पुस्तामा अमुक (नाम थाहा नभएको) हुँदै ३२ औं पुस्तामा वसु देखिएका छन् । उनै वसुका वंशजहरूमा वसुका छोरा सगरु र सगरुका छोरा वर्मा हुन् । वर्माका दुइ भाइ छोराहरू बलि र बाचकका सन्तानहरू गुल्मी जिल्लाको बिसुखर्क, भिर्खानी, किहुँ आदिका छन् । वसुका वंशजहरू अहिले गुल्मी बाट फैलिएर पाल्पा, रुपन्देही, काठमाडौंं आदिमा पनि बसोबास गरेका छन् । ४४ औं पुस्ताका हीरानाथ र दण्डपाणि पाल्पामा आएका हुन् । वसुका वंशदेखि ४७ ओं पुस्तासम्म वंशावली यहाँ प्रस्तुत छ ।

गुल्मी, अमरपुर गा.वि.स., कालुपाध्याका वंश

गुल्मी अमरपुरमा बसोबास गर्ने गौतमहरु श्रीधर पुस्ता संख्या २९ का सन्तानहरु रहेका छन् । यिनैमध्ये कालुापाध्या पुस्ता ३७ का सन्तानहरु हाल अधिराज्यका विभिन्न स्थानहरुमा रहेका छन् । यसैमध्ये कुलचन्द्र गौतम पुस्ता ४४ का हाल संयुक्त राष्ट्र संघको सहायक उपमहासचिवको पदमा रहेका र उक्त राष्ट्र संघको बाल शिक्षाकोषको उप–महानिर्देशक समेत भई काम गरिरहेका छन् ।

जिल्ला ः प्युठान, स्वर्गद्वारी

इन्दीवर पुत्र वृहस्पति वंश

२७ औं पुस्ताका कावरीका छोरा क्रमशः २८ मा लक्ष्मीधर, २९ मा दिवोदास, ३० मा रत्नदास, ३१ मा प्रताप (प्रजापति), ३२ मा चन्द्रदेव, ३३ मा हरिहर, ३४ मा स्वेतमणि, ३५ मा रत्नाखर, ३६ मा इन्दिवर हुन् । इन्दिवरका तीन छोरा वृहस्पति, रमानाथ र उमापति देखिन्छन् । वृहस्पतिका व.शजहरु हाल ऋतुभद्रदेखि ४९ औं पुस्तासम्म पुगेको वंशावलीमा प्रस्तुत छ ः–

जिल्ला ः धादि·

वद्रीनाथका वंश
श्रीधर वंशको छौठौं पुस्ताका वद्रीनाथ गौतम धादिङ्गको जीवनपुरमा आई अग्निहोत्र स्थल निरुपण गर्नुभयो । सेन वंशीय राजाको दरवारबाट मकवानपुर गढीमा वद्रीनाथले आफ्नो वौद्धिक विलक्षणता प्रस्तुत गर्नुहुदाँ राजाबाट उहाँलाई राजगुरुको स्थानमा राखियो । त्यसपछि वारा जिल्लाको मटेरिया मौजा गुरुलाई अतिथिसत्कार कोषका लागी वक्स भयो । पर्सौना मौजा अग्नि होत्री खान्की र वसन्तपुर पिप्राहा मौजा अग्निहोत्री गुरुका सन्तानको भरण पोषण का निमित्त कुश विर्ता स्वरुप ७०८ विघा जग्गा राजाबाट लालमोहर प्रदान गरिएको थियो । वि.स. १८१९ मा श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहबाट मकवानपुर राज्यलाई एकीकरण गरेपछि पनि उक्त मौजा र गौतम अग्निहोत्री स्थान गौतम वंशमा यथावत राएिको थियो । योक्रम पछिका शाहवँशीय राजाहरूबाट पनि कायम हुदैं आएको तत्कालीन लालमोहरबाट पुष्टि हुन्छ ।

वद्रीनाथका पाँच भाई छोराहरू अंगीरस यज्ञरस र यदुपतिको विवाहपूर्वनै देहावसान भएको थियो । विश्वेश्वरका पुत्र वालाकृष्णका छोरा मुरारी तेह्रथुम जिल्लाको नेभाई गाउँमा भएको व्यहोरा हाल काठमाडौं विवासी पुष्प गौतमसँग भएको लालमोहरबाट पुष्टी हुन्छ ।

मुरारिलाई भवानीगौतमद्धारा २०३९ सालमा प्रकाशित अत्रि दर्पण वंशवलीमा पशुपतिका वंशज इलाम यंगरुप पेदाममा जोडेर एक ठाउँमा उल्लेख गरिएको छ । अर्थात पशुपतिका छोरा वालागोपाल र उनका छोरा मुरारी भनिएको छ भने उक्त वंशावलीको अर्को ठाउँमा वद्रीनाथका छोरा विश्वेश्वर र उनका छोरा वालाकृष्ण र निजका छोरा मुरारि भनी उल्लेख गरिएको छ ।

गोकुल शर्मा गौतम (जिवनपुर) द्वारा २०५७ सालमा प्रकाशित वंशावली र हरिप्रसाद गौतमबाट लेखिएको पितृचरित्र (पं. वालाकृष्णका शाखा सन्तनको नालीवेली मात्र) २०५७ अनुसार मुरारी गौतम पशुपतिका सन्तान नभएर वद्रीनाथका वंशज वालाकृष्णको छोरा भएको देखिन आएकोले यसैलाई सम्पादक मण्डलले मान्यता दिएको छ ।

वद्रीनाथका वंशजहरूको विवरण निम्नानुसार उल्लेख गरिएको छ–

जिल्ला ः मोर·

शान्तुपौत्र भाष्कर वंश

३५ औं पुस्ताका शान्तुका छोराको नाम फेला नपरे तापनि सन्तान भने भेटिएको छ । शान्तुका नाती ३७ औं पुस्तामा भाष्कर हुन् । भाष्करका तीन छोरा ऋतुवर्ण, छितुवर्ण, छितुराम र भद्रु हुन् । भाष्ककार सन्तानहरु झापा, मोरङ, मधुमल्ला, पीपलडाँगी, मुक्तुरा, नाँगिन, चितवन आदि ठाउँहरुमा बसोबास गरेको पाइन्छ । ऋदुभद्रदेखि ४७ औं पुस्ता पुगेको भाष्करवंश प्रस्तुत छ–

जिल्ला ः इलाम, साूखेजु·

हेमन्तपुत्र गंगाधर वंश

ऋतुभद देखि २९ सौं पुस्ताका श्रीधर जुम्लाबाट अर्घाखाँची (तत्कालीन गुल्मी) मा आएका वि. स. १६६९ मा तत्कालीन गुल्मीका राजा रामसिंह वर्माबाट अर्घादाँची खिदिममा कुश विर्तापाई बसोबास गरेको पाइन्छ । श्रीधरदेखि क्रमशः विश्वनाथ, लोकेश्वर, सुकदेव, शिवाकर, सुकरु, सारङ्ग, सुन्दर, हरिदार हुँदै ३८ सौं पुस्तामा सु. हेमन्त पर्दछन् । सु. हेमन्त का जेठी पत्नी तर्फका दुइ छोरहरू बालैपाध्ये र विशुपाध्ये तथा जेठी पत्नीलाई खिदिममै छाडी जागरिको सिलसिलामा वि.स. १७७५ मा सेन राजाको राज्य (दोलखा) तर्फ लागे त्यहि उनले दोस्रो विवाह गरी कान्छी पत्नी तर्फ बाट ५ जना छोराहरू गांगाधर, शिरपति, तुलाराम, ऋषिराम, वैजनाथ, अग्निधर हुन् । अग्निधरको वाल्यवस्थामै मृत्यु भएको शिरपति वंश र वैजनाथ वंश कोयाखोला (तेह्रथुम) तर्फ पाइन्छ ऋषिराम तुलाराम वंश भञ्ज्याङ्गखर्कतर्फ पाइन्छ साथै हेमन्तका दुवै पत्नीका गरी ८ भाइ छोराहरूमध्ये गंगाधर (कान्छीतर्फका जेठा छोरा) दोलखाबाट इलामको साँखेजुङ्गमा आई बसोबास गरे । गंगाधरका छोरा विष्णुहरि र पद्मलाल हुन् । उनका सन्तानहरू इलाम र तराइका अतिरिक्त आसाम र भुटानसम्म फैलिँदै आएको देखिन्छ । यो वंश ऋतुभद्रदेखि ४८सौं पुस्तासम्म पुगेको पाइएको छ । गंगाधरका वंशजहरू प्राप्त भएसम्म तल उल्लेख गरिएको छ–

गंगाधरपुत्र पद्मलाल वंश (इलामबाट धनकुटा, सान्नेतर्फ)

ऋतुभद्रदेखि ३९ औं पुस्ताका गंगाधरका क्रमश ः पद्मलाल, अनिरुद्र, ब्रह्मलाल हुन् । ब्रह्मलालका २ छोराहरू कुष्माखर, वेलास हुन् । कुष्माखरका सात छोराहरू नन्दलाल, वृहस्पति, विश्वनाथ, ऋषिराम, श्रीकान्त, खिमकर्ण र रविलाल हुन् । भने वेलासका दुई छोरा जगन्नाथ, ज्योतिषर हुन् । पद्मलालका वंशजहरूको बसोबास हाल धनकुटाको सान्नेतर्फ रहेको पाइन्छ । ऋतुभद्रदेखि ३८ औ पुस्तासम्म पुगेको वंशावली प्रस्तुत छ ।

जिल्ला ः रुकुम

कालिदास, षडाानन्द वंश

राप्ती अञ्चलको उत्तरको सिरानमा रुकुम जिल्ला पर्दछ । २०१९ सालमा जिल्लाको रुपमा देखा पर्नुअघि सम्म यस जिल्लाको भू–भाग पहिले सल्यान र जाजरकोटबाट प्रशासित थियो । मध्यकालमा रुकुम, मुसिकोट, बाँफीकोट, गोतामकोट समेत वाइसी राज्यहरूमा पर्दथे । यस जिल्लाको उत्तरमा जाजरकोट र डोल्पा पूर्वमा वाग्लुङ्ग र पश्चिममा जाजरकोट तथा दक्षिणमा रोल्पा जिल्ला पर्दछन् । रण वहादुर शाहको पालामा रुकुम समेत नेपाल अधिराज्यमा एकीकृत भएको हो । यसै जिल्लाको गोतामकोट, पहिला बाइसी राज्यहरूमध्ये एक हो । यो ठूली भेरी नदीको काखमा बसेको सानो तर रमणीय बस्ती छ ।

२७ औं पुस्ताका कावरीका छोराहरु क्रमशः लक्ष्मीधर, दिवोदास, रत्नदास, प्रताप (प्रजापति), तन्द्रदेव, कृष्णनन्द, स्वेतमणि, रत्नाखर, हरिहर र रमानाथ हुन् । रमानाथका दुई छोराहरु रुद्रमणि र कालिदास हुन् । रुद्रमणिका मनोहर्ष, मनोहर्षका खडानन्द हुन् । हाल कालिदासका वंश रुकुमकोटतर्फ र षडानन्दका वंश गोतामकोटतर्फ बसोबास गरेको पाइन्छ । यो वंश ऋतुभद्रदेखि ४६ औं पुस्तासम्म पुगेको वंशावली प्रस्तुत छ ।

जिवदास वंश

ऋतुभद्रदेखि २७ औं पुस्ताका कावरीका क्रमशः २८ मा लक्ष्मीधर, २९ मा दिवोदास, ३० मा रत्नदास, ३१ मा रुक्माङ्गद, ३२ मा इन्दीवर, ३३ मा जिवदास हुन् । जिवदासका तीन छोराहरु लालमणि, रुद्रमणि र चूडामणिसमेत हुन् । जिवदासको वंशको रुकुम मुसिकोटतर्फको बसोबास भएको देखिन्छ ।

ऋतुभद्रदेखि ४७ औं पुस्तासम्म पुगेको वंशावली प्रस्तुत छ–

जिल्ला ः ललितपुर

सुकरुपुत्र गंगाराम (गंगाधर) वंश

ऋतुभद्रदेखि ३४औं पुस्ताका सुकरुका सात भाइ छोरा हरू मध्ये ३५ औं पुस्ताका गंगारामका चार भाइ छोराहरूमध्ये श्यामसुन्दरका वंशहरूको बसोबास काठमाडौं स्युचाटारतर्फ देखिन्छ । संशरका वंशजहरू को बसोबास काठमाडौंं स्युचाटार किन्सीतर्फ देखिन्छ । परशुरामका वंशजहरू काठमाडौंं कुपण्डोल, किन्सी, स्युचाटार, लामाटार आदि ठाउँमा बसोबास रहेको पाइन्छ । भने पशुपतिका वंशजहरूको बसोबास काठमाडौंं कुपण्डोल, किन्सी, लुभु, तसिडोल, हाँडीगाउ, नुवाकोट कविलाससम्म फैलिएको पाइन्छ ।

ऋतुभद्रदेखि ४९ औं पुस्तासम्म पुगेको वंशावली प्र्र्रस्तुत छ–

जिल्ला ः ओखलढुंगा

सुकरुपुत्र पुन्नाखर वंश

ऋतुभद्रदेखि ३५सौं पुस्ताका पुन्नाखरका एक छोरा पुर्खु हुन् । पुर्खुका दुई छोरा जोगा, शिवदत्त हुन् । जोगाका दुइ छोरा रामानन्द र दामोदर हुन् भने शिवदत्तका छोरा शशिधर र शशिधरका छोरा शिवनाथ हुन् । हाल यो वंश ओखलढुंगा , चौरी, ज्यामिरे, टोक्सेल, तुसारे, धुसेनी तथा तराई तर्फ झापा, मोरङ्ग, सुनसरी आदि ठाउँमा फैलिएर बसोबास गरेको पाइन्छ । ऋतुभद्रदेखि ४७सौं पुस्ता पुगेको वंशावली प्रस्तुत छ ।

जिल्ला ः दाङ

खलु वंश

दाङ्गमा थारु राजा दंगिशरणले राज्य गर्दथे । कर्णाली प्रदेशका मल्लहरूको पतनपछि दाङ्गमा स्वतन्त्र राज्य खडा भएको देखिन्छ । दाङ्गको सवारीकोटमा राजा रत्नपरीक्षक, गुरु गोरखनाथको दर्शन पाई सिद्ध रतननाथ भएको पाइन्छ । मध्यकालमा दाङ्ग जिल्ला भित्र स–साना दुईराज्य दाङ्ग र छिल्लीकोट थिए । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा अगाडि सल्यानका महाराज कृष्ण शाहका छोरा रणभीम शाहसंग छोरी विलास कुमारीलाई विवाह गरी दिएपछि दाइजोको रुपमा कोर्वाङ्ग छिल्ली, फलावाङ्ग र दाङ्गको पहाड प्रदेश दाइजो दिएका थिए । दाङ्गका राजा वाइसी राज्य मध्येका थिए । इस्वी.सन्.१८१४–१६ को नेपाल र इष्टइण्डिया कंपनी वीचको युद्ध पछि मात्र दाङ्ग नेपाल अधिराज्यमा एकीकृत भएको हो । दाङ्ग र देउखुरीको दुई उपत्यकामा ववई र राप्ती दुई प्रमुख नदीहरू छन् । दाङ्गका शासकहरूसँग पाल्पाका सेनहरू र अवधका नवावहरूसँग घनिष्ट सम्वन्ध रहेको थियो । जिल्लाको सदरमुकाम घोराही त्रिभुवन नगर हो । यहाँ महेन्द« संस्कृत विश्वविद्यालयको स्थापना भएको छ । तुल्सीपुर अंचलको सदरमुकाम हो ।

यो प्रदेशलाई रण वहादुर शाहको समयमा नेपाल अधिराज्यमा समाविष्ट गरिएको भएतापनि यस जिल्लाको धेरै भू–भाग सल्यानी राज्यको फलावाङ्ग राज्य अन्तर्गत प्रशाशित थियो । २०१७ सालमा सल्यानी राज्य उन्मूलन भएतापनि २००७ साल अगाडि सम्म दाङ्गको गोश्वारा पहिले सल्यान, पछि तौलिहवा र भैरहवा र नेपालगंज तोकिएको र २००७ सालपछि दाङ्ग घोराहीमा गोश्वारा स्थापना भएको हो ।

हाल दाङ्गका गौतम कुलको मूल पुरुष खलुलाई पुस्ता नं. ३६ बाट सुरु गरिएको छ । खलुका दुई छोरा मान र कंठुवलीमध्ये मानका छोरा देवदासका तीन भाई छोराहरुमध्ये जेठा जयदास, माहिला प्राणदास र कान्त भगवानदास रहेको पाइन्छ । भगवान दासको पुर्खाहरूको बिषयमा अध्ययन गर्दा भारतको हालको हरियाना राज्य तत्कालीन हरियाना नामक स्थानबाट लल्लकका सन्तान मध्ये काशीदास नेपालको तत्कालीन सिंजाराज्य हालको जुम्ला जिल्लामा आएका थिए । उनका पन्द्रौं पुस्ताका निम्वुकका चार भाईहरू मध्ये माहिला कापडी (कावरी ) तत्कालीन सल्यान राज्य हालको रुकुम जिल्लाको गोताम कोटमा निवास गर्दथे । कापडीका छोरा लक्ष्मीदासका चार भाई मध्ये जेठा श्रीधर पूर्वतर्फ बसोबास गरेको अनुमान गोतामे वंशावलिको पृष्ठ २ मा उल्लेख भएको र पूर्वतर्फ खोज्दै जांदा सो हांगो श्री भवानी गौतम लिखित “अत्रि दर्पण” बाट ते–हथुम गएको भन्ने र जीवनपुरका बद«ीनाथ गौतम वंशावलीबाट अर्घाखाँची तर्फ गएको भन्ने देखिन आउँछ । त्यसको ५।६ पुस्तापछि “खलु” का सन्तानबाट मानका छोरा देवदास र निजका तीन भाई छोराहरू मध्ये कान्छा भगवान दासका दुई श्रीमतीहरू मध्ये जेठीका सन्तान दाङ्ग जिल्लामा बसेको र कान्छीका सन्तान प्यूठान जिल्लामा बसोबास गरेको पाईन्छ ।

यसै सन्दर्भमा श्री भवानी गौतमद्धारा प्रकाशित “अत्रि दर्पण वंशावली २०३९” मा कापडी (कावरी) लक्ष्मीदास, श्रीदास भएको तर उक्त श्रीदासका दुई भाइ छोराहरूमध्ये दुवैको नाम थाहा न भएको तर जेठा छोराका ३ भाई छोराहरू मध्ये जेठा छोरा सगर र माहिलाका छोरा सगरु तथा सगरुका ३ भाई छोरा जेठा वर्मा, अन्य दुई भाईको नाम थाहा नभएको, जेठा वर्माका २ भाई छोराहरू बली र वाचकमध्ये वाचकका दुई भाइ “खाली” र “वंशम” भएका र खालीमा वंश क्रम टुटेको उल्लेख भएको छ ।

अर्का तर्फ “गोतामे वंशावली, २०५६” अनुसार उपरोक्त तृतीय प्रकरणमा उल्लिखित “खलु” का सन्तान मानका छोरा देव दासका तीनभाई छोराहरू मध्ये कान्छा भगवान दासका सन्तान दाङ्ग र प्युठानमा रहेको र श्री भवानी गौतमको उपरोक्त अत्रि दर्पणमा उल्लिखित वाचकका छोरा “खाली” पछि वंशक्रम टुटेको देखिंदा ती दुवै क्रममा सम्बन्ध रही वंशक्रम जोडिएको हो कि ? किन कि “खलु” लाई नै “खाली” भन्ने उल्लेख हुन सक्ने कारणमध्ये अन्य पुस्ताक्रममा सादृश्य देखिन आएकोले “खलु ” लाई ३६ सौं पुस्ता कायम गरिनु उपयुक्त देखिएकोले प्रस्तुत वंशावलीमा सो अनुसार उल्लेख गरिएको छ । यस सम्बन्धमा अन्य कुनै ठोस प्रमाणहरू भएको जानकारी हुन आएमा सोही अनुसार सुधार गरिने व्यहोरा सविनय अनुरोध गरिन्छ ।

अतः भगवान दासको जेठी श्रीमतीतर्फ हरिदास, काशीराम र नाथु तथा कान्छी श्रीमतीतर्फ मोती, मुकुन्द र खलान समेत ३।३ भाई छोराहरू दुवै श्रीमतीबाट भएको पाइन्छ । जेठी श्रीमती तर्फका ३ भाई छोराहरूका सन्तान दाङ्ग जिल्लामा र कान्छीतर्फका सन्तान प्यूठान जिल्ला तर्फ गएकोले भगवान दासकै सन्तानहरू दुवै जिल्लामा रहेको पुष्टि भएको छ । भगवान दासकै जेठा छोरा तर्फका जेठा नाती शशि साहुको नाउँमा श्री ५ राजेन्द« विक्रम शाहबाट सम्बत् १८७७।३।१ को लालमोहरबाट बनगाउं वीर्ता वक्स भएको र बलुवा, चरक मटिया तथा दाङ्गचुली समेत वीर्तापाई भोग चलन गरेको पाइन्छ । उक्त लालमोहरमा “शशि साहु” भन्ने सम्बोधनबाट वीरताको कदर स्वरुप वीर्ता वक्स हुनाका साथै “साहु” पदवी पनि वक्स भएको हुँदा भगवान दासका सन्तानहरूलाई साहु भन्ने गरिएको देखिन्छ । उनीहरू तत्कालीन सल्यानी राज्य हालको रुकुम जिल्लाको गोताम कोटमा बसोबास गर्दै सल्यानको साहु टोलमा बस्ने गरेको भन्ने पाइन्छ । यसबाट उनीहरू सल्यानी साहु भन्ने कुरा सोही समयमा प्रशिद्ध रहेको थाहा पाइन्छ ।

भगानदास कान्छी श्रीमतीसँग प्युठान जिल्लामा वसाई सरेर गएपछि त्यहांको खैरा, क्वाडी तथा बिजवारमा समेत घर जग्गा वन्दोवस्त गरी वसेका र अद्यापि उनकै सन्तानबाट भोग चलनमा रहेको पाइन्छ ।

भगवान दासकी जेठी श्रीमती तर्फका कान्छा छोरा नाथु भए । निजका छोरा चुडामणिका छोरा भद्रु तर्फबाट पुरुषोत्तम उपाध्याय गौतम लिखित जीवन्तवृत्तबाट निजले सल्यानको डाङ्ग्री र फलावाङ्ग तथा दाङ्गको छिल्लीकोट बनगाउं, बलुवा, सुकौरा तथा फचकलुवा मौजामा समेत जग्गा खरिद गरी लिएको उल्लेख भएको छ । यसबाट उनको आर्थिक हैसियत राम्रो रहेको बुझिन्छ । पुरुषोत्तम गौतमका तीन भाइ छोराहरु खिमलाल, ठाकुरप्रसाद र ताराप्रसाद भएका र ठाकुरप्रसादका छोरा केशवराजका जेष्ठ सुपुत्र श्री हरिप्रसाद शर्मा गौतम सर्वोच्च अदालतका माननीय न्यायाधिशको पदमा कार्यरत रहेको र प्युठानतर्फको भागीरथका छोरा गौरीशंकरका पनाति डी. मोहनलालका छोरा कविरामका जेष्ठ सुपुत्र श्री वामदेव गौतम उपप्रधानमन्त्रीको पदमा रही सेवा गरेको पाइन्छ ।

वाणि विलास रचित “ठकुरी वंशावली” बाट जुम्लाका राजाका ४ भाई छोराहरू जाजरकोट, रुकुम, सल्यान तथा दैलेखका राजाहरू भए । उनीहरू निम्बुकका छोरा गोलस्य तर्फका शाह वंशीय अत्रि गोत्रका ठकुरी हुन् भन्ने उल्लेख भएको छ ।

साथै दाङ्ग बनगाउँको जग्गाको अंश सम्वन्धमा प्युठानी अंशियारहरू तर्फबाट रत्नलाल र दाङ्ग तर्फबाट हरिलालको वीचमा अंश मुद्दा चली अदालतबाट भएका फैसलाबाट भगवान दासकै दाङ्गतर्फका सन्तानहरूले सो अंश चलन पाई भोग चलन गरेको प्रमाणहरूबाट समेत पुष्टि भएको देखिन्छ । उपरोक्त प्रमाणहरूबाट भगवान दासका सन्तानहरूको सम्वन्धमा पुष्टि भएको छ र त्यसको गहन विवेचनाबाट अन्य तथ्यहरू समेत देखा पर्न सक्ने विश्वास गरिन्छ ।

कावरि पौत्र दिवोदासवंश (घोराही)

ऋतुभद्रदेखि २७ औं पुस्ताका कावरीका एक छोरा लक्ष्मीधर हुन् लक्ष्मीधरका चार छोरा हरिदास, श्रीदास,श्रीधर, दिवोदास हुन् । दिवोदासका वंश हाल दाङ्ग घोराही रझेना भरतपुर आदि ठाउँमा फैलिएर बसोबास गरेका पाइन्छ । ऋतुभद्रदेखि ४९ औं पुस्तासम्म पुगेको दिवोदासका वंशजहरू को वंशावली प्रस्तुत छ ।

दिवोदासवंश (दा·, हापुर)

२९ औं पुस्ताका दिवोदास का दुई छोरा रत्नदास र हरिदास हुन, रत्नदासका तीन छोराहरू रुकमाङ्गद प्रजापति (प्रताप) र निधिरत्न भए । प्रजापति (प्रताप) का एक छोरा चन्द्रदेव हुन् । चन्द्रदेवका दुइ छोरा उमापति र कृष्णानन्द हुन् । उमापतिका रामदास हुन् । रामदासका तीन छोराहरू गणपति, नागेश्वर र तेजोनिधि हुन् । गणपतिका एक छोरा व्रह्मदासका एक छोरा युवल पाध्ये हुन् । युवल पाध्येका किसन दास हुन् । किसनदासका दुई छोरा श्यामदास र वुद्धिमणि हुन् । श्यामदासका चार छोरा टेकनदास, गणेशदास, विशनदास र हेमदास हुन् । टेकनदासका एक छोरा जयदास हुन् । जयदासका २ छोरा पारश (पराशर) र सेवकराम हुन् । पारश (पराशर) का पाँच छोरा नगेश्वर, भवानीप्रसाद, रुक्माङ्गद, माथवरसिंह र भीमसेन हुन् । नागेश्वरका दुई छोरा रधुराम र भीमार्जुन हुन् । भीमार्जुनका एक छोरा चन्द्रनिधि हुन् । हाल यो वंश ऋतुभद्रदेखि ४९औं पुस्तासम्म पुगेको वंशावली प्रस्तुत गरिएको छ ।

जिल्ला ः गुल्मी

श्रीकृष्णका वंशजहरू (जुहा·)

ऐतिहासिक कालदेखि नै विभिन्न समय परिस्थितिले बसाइ सराइ गर्ने क्रममा गौतम वंशीहरूले नेपालभित्र र बाहिर समेत पैmलिंदै गएको र यसै क्रममा गोतामेहरूको एउटा जत्था वाग्लुङ्ग जिल्लाको गल्कोटमा आई बसेको र कालान्तरमा गल्कोटबाट पनि विभिन्न शाखाहरू विभिन्न ठाउँहरूमा बसाइ सर्दै गएको देखिन्छ । यस वंशावली अनुसार २९ औं पुस्ताका श्रीधरबाट क्रमश ः ३० मा श्रीदास, ३१ मा अमुक, ३२ मा वसु, ३३ मा सगरु, ३४ मा वर्मा, ३५ मा वली, ३६ मा वलभद्र, ३७ मा श्रीकृष्ण देखिन आउँछन् । हाल यो वंश ऋतुभद्र देखि ४७ औ पुस्तासम्म पुगेको पाइन्छ ।

यहाँ प्रस्तुत गुल्मी, जुहाङ्गका गौतमहरूको वंशावलीका प्रथम पुरुष श्रीकृष्ण हालको वाग्लुङ्ग जिल्लाको सराङ्ग भञ्ज्याङ्गबाट बसाई सरी गुल्मीको जुहाङ्गमा आई बस्नु भएको कुरा जानकारी भएको हो । नाम समानताका आधारमा श्रीधर वंश ३७ औ पुस्ताका श्रीकृष्ण नै यस वंशका श्रीकृष्ण हुन सक्ने अनुमान को आधारमा यस वंशावलीमा पुस्ता विवरण उल्लेख गरिएको छ तापनि धेरै व्यक्तिको एउटै नाम हुन सक्ने हँुदा यस सम्वन्धमा अरु अनुसन्धान हुनुपर्ने आवश्यकता देखिन्छ । यदि यो अनुमान सही हो भने यी पूर्वजहरू पश्चिम नेपालबाट गल्कोट सराङ्ग भन्ज्याङ्ग हुदै जोहाङ्ग पुगेका रहेछन् भन्नु पर्ने हुन्छ । कुन कालखण्डमा कुन ब्यहोराबाट के परिस्थितिले आफ्नो स्थान छोडी जुहाङ्गमा वसाई सर्नुपरेकोे भन्ने कुरा अज्ञात नै छ । इतिहासमा राजनीतिको कालक्रम निर्णय गर्दा एक राजाको कार्यकाललाई सरदर २० वर्ष मानी गणना गर्ने गरेको पाइन्छ । यसअनुरुप नै गणना गर्ने हो भने श्रीकृष्ण सराङ्ग भञ्ज्याङ्गबाट बसाई सरेको दुई सय वर्षभन्दा बढी भएको अनुमान गर्न सकिन्छ । यो कालखण्डमा श्रीकृष्णको वंश विस्तार हुदै दश पुस्ता पुगिसकेको छ र जुहाङ्गबाट पनि बसाई सर्दै नेपालका विभिन्न जिल्लाहरू विस्तार हुँदै गएको छ । श्री कृष्णका ३ छोराहरूमध्ये विद्यापति निःसन्तान भए । बाँकी छोरा वंशमणि र परमानन्दमध्ये परमानन्दको वंश शुरुदेखि नै झांगिदै गयो भने वंशमणिको वंश विस्तार भने त्यति दु्रत गतिमा भएको पाइदैन । कारण वंशमणिको एकमात्र छोरा धर्माङ्गद र तिनका पनि एकमात्र छोरा जयमङ्गल भए । जयमङ्गलका दुई छोरा खगेश्वर र भवानीशंकर भए पनि खगेश्वर निःसन्तान भएकोले भवानी शंकरबाट मात्र वंशले उत्तराधिकारी प्राप्त गर्न सक्यो । यस सम्बन्धमा एउटा रोचक प्रसंग छ, त्यो के भने जयमंगलका जेठा छोरा खगेश्वर त्यसवेला पैmलिएको हैजाको प्रकोपले सन्तान नहुँदै दिवंगत हुनुभएछ । यसबेलाको हैजाले धेरैकोे ज्यान लियो । खगेश्वरकी अर्धाङ्गिनी नैना देवी त्यतिबेलाको प्रचलन अनुसार पतिसंगै सति जान तयार हुनुभएछ । भवानीशंकरले आफ्नी भाउजु नैनादेवीलाई सती नजान अनुनय विनय गरी नमानेमा आपूm एक्लो बाँचेर के गर्ने म पनि मर्छु भनेर अत्तो थाप्नुभएछ । नैनादेवीले भवानीशंकरलाई तपाई नआत्तिनुस् तपाईको वंशमा एक छाकमा एक पाथी नुनले नपुग्नेहोस् भन्ने बरदान दिएर आफू सति जानुभएछ । यिनै सतीको वरदानको कृपाले भवानीशंकरको वंश चाँडै नै विस्तार हुन पुगेको विश्वास गरिएको छ । प्रथम पुरुष श्रीकृष्णको वंशका पाँचौ पुस्ताका भवानीशंकर श्री ३ चन्द्रको शासनकालमा पाल्ही माझ खण्ड (आजको कपिलवस्तु रुपन्देही र नवलपरासी) को लप्टन (वडा हाकिम) को दर्जासम्म पुगेका हुनाले उहाँका सन्तानलाई आजसम्म पनि लप्टन खलक भन्ने गरिन्छ । भवानीशंकर आफ्नो यौवनकालमा अत्यन्त चतुर, वलशाली र फुर्तिला हुनुहुन्थ्यो त्यतिबेला चाँड पर्वका अवसरमा (जस्तै तीज, दशैं) वरपर गाउँका युवकहरू जम्मा भएर कुश्ती, पैंठेजोरी र छोइछुत्ति खेल्ने गर्दथे । त्यसमा भवानी शंकरलाई कसैले जित्न सक्दैन थिए भन्ने कुराहरू हाम्रा अग्रजहरूले रोचक ढंगले हामीलाई सुनाउने गर्नुहुन्थ्यो । भवानीशंकर आफ्नो जीवनकालमा निकै नाम र सम्पति आर्जन गर्न सफल हुनुभएको थियो यद्यपि कालक्रमको कुटिल चालले त्यो सम्पत्ति त्यस्तै अवस्थामा रहन पाएन । वहाँले भारतको नौगढ भन्ने ठाउँमा पनि जग्गा जमीन आदि सम्पत्ति आर्जन गर्नु भएको थियो । आफ्नी कान्छी पत्नी र उनका सन्तानहरूलाई त्यतिवेला नै त्यहाँको अंश दिई बसाल्नु भएको थियो । यिनीहरू अद्यापि त्यहाँ छन् र विस्तारित हुँदै गएका छन्

विभिन्न ठाउूबाट छुटवंश

वंशावली प्रकाशन गर्ने क्रममा प्राप्त विवरणहरू समेटेर पुस्ता नं. १ सम्म जोडिने गरि पुस्ता संख्या राखेर प्रकाशन गर्ने प्रयत्न गर्दागर्दै पनि विभिन्न ठाउँबाट प्राप्त केही संकलनहरूमा पुर्खाहरूको वासस्थान, हालको वासस्थान तथा ८÷१० पुस्तासम्मको विवरण आदि स्पष्ट नखुलेको आदि कारणबाट पुस्ता जोडेर पुस्ता संख्या कायम गर्न नसकिए तापनि जेजस्तो नामावली प्राप्त भएको छ सोहीअनुसार छुट वंशावली प्रकाशन गरिएको छ ।

आगामी प्रकाशनहरूमा छुट नामावलीलाई पनि पुर्खा जोडेर पुस्तासंख्या राखी प्रकाशन गर्ने गराउनेतर्फ प्रयत्न जारी राखिने छ । छुटको विवरण निम्न प्रकार छ–

१) देवशर्मा वंश ः विसंखु नारायण स्थान

२) त्रिलोचन वंश ः काठमाडौंं, सिस्नेरी, गहते

३) रमापति वंश ः गोतामथोकबाट कुमारीगाल काठमाडौ

४) राधाकृष्ण वंशः ,, ,, ,, ,, ,, ,,

५) छविलाल वंश ः ललितपुर सिस्नेरीबाट वानेश्वर काठमाडौं

६) वलभद्र वंश ः देउपुरबाट नागिंन इलाम

७) वैजनाथ वंश ःओेखलढुङ्गाबाट सुरुङ्गा झापा

८) शर्मानन्द वंश ः ताप्लेजुङ्ग हाङ्गपाङ्ग

९) वलभद्र वंश ः धनकुटा, हमेला गाउँ

१०) वंशिलाल वंश ः तेह्रथुम, पेदाप जैवारी

११) सधाराम वंश ः ताप्लेजुङ्गबाट दमक झापा

१२) नरनारायण वंश ः ताप्लेजुङ्गबाट डागिवारी, झापा

१३) जयकृष्ण वंश ः जामगुडि, आसाम

१४) खडानन्द वंश ः पाँचथरबाट शान्तिपुर, इलाम

१५) मनोरथ वंश ः सिक्किम, गान्दोकबाट मादरि तरक पाडा

१६) गहसिन वंश ः धनकुटा, फुलेक

१७) लक्ष्मीकान्त, जयनारायण वंशः भोजपुरबाट बनियानी झापा

१८) श्रीप्रसाद वंश ः धनकुटा, छुम्लिंग

१९) भवानीशंकर वंश ःभोजपुरबाट चुलाचुली, इलाम

२०) हिरालाल वंश ः भोजपुरबाट शनिश्चरे, झापा

२१) उपमन्यु वंश ः तेह्रथुम कोयाखोलाबाट चुलाचुली, मोरङ्ग

२२) हेमलाल वंश ः वनियानी, झापा

२३) छविलाल वंश ः सोलुखुम्बु सोथांगबाट कुम्तादेवी ओखलढुङ्गा

२४) उमाकान्त वंश ः ओखलढुङ्गा वेतिनी

२५) देउशर्मा वंश ः हर्कपुर, टोक्सेलबाट इटहरि

२६) गोथु वंश ः

२७) कुवेर नाथ वंश ःमोछेवुङ्ग

२८) शिवनारायण वंश ः ओखलढुङ्गा चौरी, धुसेनी

२९) धर्म वंश ः ओखलढुङ्गाबाट कालुुमुनी, महेशपुर, झापा

३०) गाइन पाध्ये

३१) जयभद्र वंश ः ओखलढुङ्गाबाट चौरी धुसेनी

३२) टीकाराम वंश ः गुल्मी, सल्यानबाट वर्मा

३३) तिलचन वंश ः प्युठान

३४) नन्दलाल वंश ः चारपाने, झापा

३५) मेदिनीवंश ः दाङ्ग अर्धोबाट वर्दिया

३६) भीमसेन वंश ः वाग्लुङ्ग, गल्कोट

३७) बधइ वंश ः पर्वत रम्घा

३८) सधारम वंश ः कास्की पोखराबाट भोजपुर, वोखिम

३०) जगुपाध्य वंश ः भोजपुरबाट सुरुङ्गा, झापा

४०) गोपाल वंश ः मिर्चौया, सिराहा

४१) विष्णुप्रसाद वंश ः रामेछापबाट पथरिया, झापा

४२) गोकुल वंश ः चौरीखर्क

४३) जुम्ले वंश ः पोखरा, काउखोला, लामाचौर

४४) पूर्णाखर वंश ः पोखरा लामाचौर

४५) भक्तिलालवंश ः पोखरा फुलवारी

४६) अंशु वंश ः पोखाङ्गबाट मंगलवारे, मोरंग

४७) नन्दराम वंश ः खिदिमबाट अर्घाखाँची

४८) शिवराज वंश ः नुवाकोट

४९) धनन्जय वंश ः अर्घाखाँचीबाट तनहँु वगियाडाँडा

५०) रामनाथ वंश ः इलाम सेराबाट ज्यामिरगढी झापा

५१) रामभद्र वंश ः ताप्लेजुंगबाट ज्यामिर गढी, झापा

५२) महेश्वर वंश ः कास्की पोखरा, पुरनचौर

Leave a Reply