महर्षि अत्रि तथा माता अनसूयामा पुष्पार्पण

image_pdfimage_print

महर्षि अत्रि तथा माता अनसूयामा पुष्पार्पण
– प्रस्तोता ः खेमलाल गौतम

महर्षि अत्रि ऋषिका वंशमा उत्पन्न भएका हामी अत्रिगोत्रीय गौतमहरू हौं भन्दा हामीलाई गौरवको अनुभूति हुनु स्वाभाविकै हो ।

वैदिक दर्शनले जसलाई भगवान पदबाट विभूषित गराइनुभएका वैदिक समाजका विभूतिस्वरूप महर्षि अत्रि ऋषिको वर्णन गर्न खोज्नु भनेको सूर्यका अगाडि दियो जस्तै हुन आउँछ । तथापि यस्ता महापुरुष आÇना पूर्वजका बारेमा जिज्ञासा राख्ने वंशज गोत्रलाई मात्र नभई वैदिक धर्मका अनुयायीहरूमा पनि जानकारी होस् भन्ने उद्देश्यबाट यो सानू प्रयास भएको छ ।

महर्षि अत्रि ऋषि ब्रहृमाजीका दश मानस पुत्रहरूमध्ये द्वितीय मानसपुत्र भनी पुराणमा उल्लेख छ । उहाँको उत्पत्तिको समय श्वेतवराह कल्पको आध्यकालमा भएको पाइन्छ । “अत्रिऋषि” जसको तात्विक सार्थकतावारे स्वयं वहाँले व्यक्त गर्नु भएको अत्रिको अर्थ महाभारतमा उल्लेख छ ।

“अरात्रि रत्रिः सा रात्रियो नाधीते त्रिरद्यवै

अरात्रिवत्रि रित्येव नाममे विद्धि शोभने”

“काम आदि शत्रुसँग त्राण गर्नेलाई अरात्रि र अत् (मृत्यु) बाट बचाउनेलाई अत्रि । त्यसैले म नै अरात्रि हुनाले अत्रि हुँ । जबसम्म जीवलाई एक मात्र ईश्वरको ज्ञान हुँदैन तबसम्मको समय रात्रि हो । अज्ञात अवस्थाबाट रहित (व्रहृम स्वरूपको ज्ञान भएको) हुनाले म अरात्रि “अत्रि” हुँ । अज्ञात सम्पूर्ण प्राणीका लागि जगत् रात्रि समान छ । परमतत्वमा म सधैं जागिरहने हुँदा मेरा निमित्त अरात्रि समान छ, त्यसैले म अरात्रि “अत्रि” अथवा व्रहृमज्ञानी नामले परिचित छु ।”
(अत्रि अनसुया सम्वाद)

महर्षि अत्रि सत्व, रज, तम, (त्रिगुण) भूत, वर्तमान, भविष्य (त्रिकाल) जाग्रत, स्वप्त सुषुप्तदेखि अतीत ब्रहृम स्वरूप तथा सप्तर्षिमध्येका एक ऋषि हुनुहुन्थ्यो । महर्षि अत्रिले वेद मन्त्रका अतिरिक्त अत्रिस्मृति तथा तृतीय मन्वन्तरमा ६३००० श्लोक भएको सौपद्य रामायण पनि रचना गर्नुभएको कुरा ‘हिन्दुत्व’ नामक ग्रन्थमा उल्लेख पाइन्छ ।

महर्षि अत्रिकी पत्नी माता अनसूया पनि काम, क्रोध, मोह, लोभ, इष्र्या आदिबाट (असूया) दोषमुक्त पतिव्रता नारीका रूपमा चिन्हिनुहुन्छ ।

सृष्टिका शुभारम्भमा व्रहृमाजीबाट यी दुई दम्पतीलाई सृष्टिको थालनी गर्ने आज्ञा भएपछि दुवै दम्पती “ऋक्ष” पर्वतमा गएर व्रहृमा, विष्णु, महेश (त्रिदेव) को ठूलो तपस्या गरे । सो तपस्याबाट खुशी भएका त्रिदेवले आफूहरू आंशिक रूपबाट पुत्रका रूपमा जन्म लिनेछौ भनी वरदान दिएको पुराण आदिमा उल्लेख छ ।

त्यसपछि चित्रकुट पर्वतमा आश्रम बनाई महर्षि दम्पती यज्ञादि न्यास ध्यानमा लाग्नुभयो । केही समयपछि उक्त वरदानलाई मूर्त रूप दिन तथा यदाकदा नारी जातिमा देखिने इष्र्या भावलाई दर्शाउन व्रहृमाका मानसपुत्र देवर्षि नारदले सुहाउँदो परिवेशमा त्रिदेवी लक्ष्मी, सरस्वती, पार्वतीकहाँ गई चित्रकुटकी देवी अनसूयाको पातिव्रत्य एवं उनीमा भएको कला कौशलको अगाडि तपाईंहरू उनका गोडाका रौं बराबर पनि हुनुहुन्न भनी ज्यादै होच्याउने काम गर्न लागे । त्यसपछि सरस्वती, लक्ष्मी, पार्वती (त्रिदेवी) हरूलाई ज्यादै रिस उठ्यो र आÇना पतिहरू व्रहृमा विष्णु महेशलाई अनसूयाको पातिव्रत्यको सम्बन्धमा परीक्षा लिनका लागि जानैपर्ने भयो । त्यसपछि त्रिदेवले अतिथिको रूप धारण गरेर अत्रि आश्रम चित्रकुटमा पुगे । त्यसबखत महर्षि अत्रि स्नान सन्ध्या गर्न गएका थिए । अतिथिहरूको स्वागतार्थ जल, अध्र्य एवं मधुपर्क हातमा लिएर माता अनसूया अगाडि आउँदा अतिथिरूपी त्रिदेवले (माता अनसूयाको परीक्षा लिन) निर्वस्त्र भएर स्वागत गर्नुहुन्छ भने मात्र तपाईंको आतिथ्य स्वीकार गर्छौं नत्र स्वीकार गर्दैनौं भनी आÇनो प्रतिज्ञा सुनाउँदा माता अनसूयाले आÇना तपोबलद्वारा सबै कुरा बुझेर अतिथिहरू अरू कोही नभएर त्रिदेव नै हुन् भन्ने थाहा पाएपछि अतिथिहरू उपर जल सेचन गरेर त्रिदेवहरूलाई ६ महिनाका अबोध बालक बनाएर निर्वस्त्र भएर स्वागत गर्दै पालैसँग काखमा लिँंदै आÇना दुवै स्तनपान गराएर पुत्रवत् व्यवहार गर्न लाग्नुभयो ।

उता आÇना पतिहरूको वियोगमा छटपटाइरहेका (त्रिदेवी) लक्ष्मी, पार्वती, सरस्वती पतिहरूको खोजीमा चित्रकुट आइपुगे । ठीक त्यसै बेला देवर्षि नारद पनि वीणा बजाउँदै सोही ठाउँमा आइपुगे । विचलित भएका त्रिदेवीहरूले आÇना पतिदेवहरूको विषयमा नारदसँग सोधपुछ गर्न लागे । देवर्षि नारदले अत्रि आश्रमका नजिकको एउटा वरको रूखमा चढेर आÇना पतिहरूको खवर लिन अत्रि आश्रममा नजर राख्ने सल्लाह दिएपछि नारदको सल्लाहअनुसार त्रिदेवीहरू रूखमा चढेर अत्रि आश्रमतर्फ नजर गर्न लागे । उता माता अनसूयाले पालैपालोसँग बालकरूपी त्रिदेवलाई दूधचुसाइ रहेको देखेर आÇना पतिदेवहरूको सो अवस्था देखेर लज्जित बनेर सर्माउँदै पछुताउँदै अत्रि आश्रममा पुगेर माता अनसूयाका पाउमा परी (सासू मानेर) माफी माग्दै माता अनसूयाको तपोबल पातिव्रत्यको प्रशंसा गर्दै आÇना पतिहरूलाई पूर्ववत् गराइदिन याचना गर्नु भन्ने देवर्षि नारदको भनाइलाई पनि त्रिदेवीले स्वीकारी सोही अनुसार गर्नुभयो । सोही समयमा महर्षि अत्रि आÇनो नित्य कर्म स्नान संध्या आदि सकेर आश्रममा आइपुग्नुभयो । आÇना आश्रममा सुन्दर बालक र ३ वटी देवीतुल्य नारीहरूलाई देखेर यिनीहरू को हुन् भनी सोध्दा यी ३ बालकहरू तपाईंकै पुत्रहरू हुन् र यी ३ वटी सुन्दर नारीरत्नहरू तपाईंका बुहारीहरू हुन् भनेर माता अनसूयाले चिनारी गराए पश्चात् त्रिदेवीहरूले (ससुरा मानेर) ढोग भेट गरे– महर्षि अत्रिले दिव्यदृष्टिद्वारा सबै रहस्य थाहा पाए । त्रिदेवीहरूको इच्छा बुझेर सो पूरा गराउन माता अनसूयाले जल सेचन गरेर त्रिदेवहरूलाई पूर्ववत् गराइदिनुभयो ।

त्यसपछि त्रिदेवहरूले आमा अब हामी तपाईंका पुत्र भयौं, माताको इच्छा पूर्ण गराउनु हाम्रो कर्तव्य हो, इच्छाअनुसारको वर माग्नुहोस् भनी अनुरोध गर्दा माता अनसूयाले त्रिदेवसँग हामी दुई दम्पतीका सन्तानको रूपमा जन्म लिएर जगत्को हित एवं कल्याण गर्नु भनी वरदान माग्दा त्रिदेवले “तथास्तु” भनी वरदान दिएर आ–आÇना पत्नीसहित दण्डवत् गरी आ–आÇना लोकतर्फ लागे ।

वरदान पूरा गर्न यथा समयमा विष्णुको अंशबाट महायोगी दत्तात्रय (धर्मोपदेशक १८ पुराण उप–पुराणमा) ब्रहृमाको अंशाट सोम (चन्द्रमा, चन्द्रमाका बुध तथा बुधबाट चन्द्रवंशीहरू) भए, शंकरको अंशबाट त्रिकालदर्शी महामुनि दुर्वासा पैदा भएको भन्ने श्रीमद्भागवतमा उल्लेख छ । त्यस्तै माता अनसुयाले आÇनो पतिब्रत्य (तेज) बलद्वारा निश्चित कालसम्म सूर्यको उदय अस्तय, प्रक्रियालाई समेत रोकी सव्य व्राहृमणीका मृतक पतिलाई जीवित गराएर अवरुद्ध सूर्यदेवलाई पुनः उदित गराएर संसारमा आÇनो कीर्तिमान कायम गराएको पाइन्छ । माता अनसूयाले आÇनो दिव्य तेज र तपोबलद्वारा गंगाको पवित्र धारा पनि चित्रकुटमा “मन्दाकिनी” को रूपमा प्रवाहित गराई मानवकल्याणको कार्य गरेको पाइन्छ । जगत्जननी सीताजीले अत्रि आश्रम चित्रकुटमा गएर माता अनसूयाबाट पतिव्रता र नारी धर्म सम्बन्धमा शिक्षा लिएको विषयमा भगवान श्रीराम समक्ष सीताजीले माता अनसूयाको ज्ञान, तपोबल कार्य कुशलताबारे गरेको वर्णन रामायणमा उल्लेख छ । माता अनसूयाले सीताजीलाई चित्रकुटबाट बिदा गर्दा अलौकिक वस्त्र प्रदान गरेको र तिनै वस्त्र धारण गरेकोले रावणको लंकामा पनि सीताजी सुरक्षित रहनुभएको तथा त्रेतायुगमा चित्रकुट पवर्तमा अत्रि आश्रम रहेको रामायणमा उल्लेख छ ।

यसरी महर्षि अत्रि तथा माता अनसूया दम्पती त्रिदेवका माता पिता हुनुभएको हुँदा अत्रि दम्पतीको नाम अरू सार्थक भएको पाइन्छ भने मर्यादा पुरुषोत्तम भगवान श्री रामले पनि महर्षि अत्रि ऋषिबाट शिक्षा लिनुभएको समेत धर्मग्रन्थहरूमा उल्लेख पाइन्छ ।

त्यस्ता अत्रि दम्पतीका सन्तति हुन पाउनु गौतम वंशजको लागि मात्र नभई सारा अत्रि वंशजहरूका लागि गौरवको विषय हो ।

यस्ता प्रतापी हाम्रा पूर्वज महर्षि अत्रि तथा माता अनसूयामा सश्रद्धा पुष्पार्पण ।

Leave a Reply