शुभकामना योगी नरहरि नाथ

image_pdfimage_print

मिति २०५८÷१÷३०

शुभ–कामना

सेती अञ्चल, वझाङ जिल्ला वारकोट मध्ये सुनिकोट–द्वार, कालथुम, अत्रि थुम्का अनसुया– आश्रम, अत्रि अनसूया संतति मध्ये अत्रिगोत्रीय काशिदास जुम्ला जिल्लाको सिंजादरा आएका हुन् । उनका वंशज लल्लकका दुई छोरामा – एक चापागाँइ तर्फ को शाखा वन्न गएको र अर्को गोतामे (गौतम) थर भई सिंजाराज्यवाट फैलिदैं गएकाहरू नै अत्रि गोत्रीय गौतमहरु हुन् । सेती गंगाको किनार र रुकुम जिल्लामा बस्ने गौतमहरु हाल नेपाल अधिराज्यभर र विदेशमा समेत फिजिएका छन् । गौतमहरूमा अग्निहोत्री र विद्वान्हरू धेरै छन् ।

गौतमहरुले सिंजालीराजाबाट हालको रुकुम जिल्लाको ‘गोतम’ भन्ने ठाँउ विर्ता पाएका र त्यस्तै अर्घाखाँचीको खिदिम पनि सेनराजावाट विर्ता पाएका थिए । दा·, तेह्रथुम, धादि· जीवनपुर, गुल्मी चन्द्रकोट, प्युठान, सल्यान आदि ठाउँका गौतमहरूले राजाबाट लालमोहर र ताम्रपत्रहरू पनि पाएका छन् ।

हाल ‘गौतम समाज’ ले अत्रि गोत्रीय गौतमहरूको वंशावली प्रकाशन गर्न लागेको रहेछ । यो राम्रो कुरा हो । प्रकाशनको सफलताको कामना गर्दछु ।

श्री योगी नरहरि नाथ

Leave a Reply