भोजपुर

image_pdfimage_print

भोजपुर, सिस्नेरी
(६)
१) वेणुधरका वंशजहरु

ऋतुभद्रदेखि ३७ पुस्ताका वेणुधर भोजपुर सिस्नेरीमा आई वसोवास गरेको बुझिन्छ । हेमन्त (३८ औं पुस्ता) भन्दा) एक पुस्ता अघिका वेणुधरका छोरा पद्यधर थिए । पद्यधरका छोरा वंशीधर र वंशीधरका छोरा लक्ष्मीधर सम्म एकएक सन्तान भएको देखिन्छ । लक्ष्मीधरका भने चार भाई छोराहरु श्रीकृष्ण, गणपति, मनोरथ र धनपति थिए ।
श्रीकृष्णका सन्तानहरु हाल ऋतुभद्रदेखि ४६ सौंैंमा पुगेको देखिन्छ भने गणपतिका सन्तानहरु ४५ सौंैंमा पुगेको देखिन्छ । त्यसैगरी मनरथ र धनपतिका सन्तानहरु पनि ४६सौं पुस्तामा रहेको पाइन्छ ।
वेणुधर वंश हाल भोजपुर सिस्नेरी तथा तराईको झापा आदि केही ठाउँमा छरिएर वसोवास गरेको पाइन्छ ।

(१०)
२) भोजपुरकै सुकरुपुत्र बालकृष्णका वंशजहरु

श्रीधरका वंशज सुकरुका सात भाई छोराहरु गङ्गालाल, पुन्नादर, शान्तु, गङ्गु, गङ्गाधर, शारङ्ग बालकृष्ण थिए । यहाँ बालकृष्णका वंशजहरुको उल्लेख गरिएको छ ।
बबालकृष्णका एक मात्र छोरा ऋषिराम थिए । ऋषिारामदेखि देवर्षि सम्म (ऋषिराम–रमाकान्त–नन्दु–देवर्षि) एक एक पुत्र हुँदै गए । देवर्षि करीव २०० वर्ष अंघि भोजपुरको पापुङ्गामा आई वसोवास गरेका हुन् । यसै वंशका अर्का बालकृष्णका छोरा हरिनन्दन दिङ्गला तुंगेच्छामा वसोवास गर्न थाले भने अर्का भाई दुर्गादास सिम्लेमा र कान्छा भाई श्रीकृष्ण पापुङ्गाबाट ताप्लेजुङ्गको हाङ्देवा आई वसोवास गरेको पाइन्छ । हाल बालकृष्णका वंशजहरु ४८ सौं पुस्ता सम्म झापा, मोरङ्ग, सुन्सरीका साथै भारतको सिक्किम र आसाम, भुटान एवं बर्मा (म्यान्मार) मा पैmलिएका छन् ।

द्रष्टव्यः–पुस्ता नं.३९ का देवर्षिका छोरा बालकृष्ण नभएर दुर्गादास, हरिनन्दन र श्रीकृष्ण हुन् । त्यसकारण बालकृष्ण हटाउनु पर्छ । भन्ने सोही वंशका गायत्री गौतम र मद्म गौतमको भनाई छ । सोही अनुसार दुर्गादास, हरिनन्दन,श्रीकृष्ण पुस्ता नं.कायम गर्नु पर्ने दखिन्छ ।

Leave a Reply