संखुवासभा

image_pdfimage_print

संखुवासभा, चैनपुर भञ्ज्याङ्खर्क

१) हेमन्तपुत्र तुलारामका वंशजहरु

सुव्वा हेमन्तका दुई श्रीमतीहरु हुन् । ती मध्ये जेठीबाट दुई भाई र कान्छीबाट छ भाई गरी आठ भाई छोराहरु भएका थिए । पहिली श्रीमतीबाट जन्मेका बालैपाध्ये र विशुपाध्ये अर्घाखाँची खिदिममै रहे र त्यहींबाट उनका वंशजहरु पैmलिए ।
हेमन्त जागिरको सिलसीलामा वि.सं. १७७५ मा सेन राजाको राज्य दोलखामा आई काम गर्न लागे । त्यही उनले दोस्रो विवाह गरे । कान्छीतर्पmका छ भाई छोराहरु–गंगाधर,सिरपति, अग्निधर,तुलाराम, ऋषिराम र वैजनाथ मध्ये गंगाधर इलामको साँखेजुंमा बसे र तिनका वंश साँखेजुं र पाँचथरमा बसोवास गर्न लागे । माइला सिरपति तेह्रथुमको कोयाखोलामा वसे । उनका वंशजहरु भारतको आसाम प्रान्त लगायत मेघालय, नागालैण्ड, त्रिपुरा आदि ठाउंमा बसोवास गर्दै गए । वैजनाथका सन्तानहरु पनि तेह्रथुमको कोयाखोला, खेलपुर, नेशम चाँगे र ताप्लेजुङ्गमा बसोवास गर्दै आएको कुरा प्रेमनारायण गौतम बताउंछन् । (स्मारिका २०५५ पाना ४०) ऋषिराम र तुलाराम संखुवासभाको चैनपुर भञ्ज्याङखर्कमा विर्ता पाएर त्यही वसोवास गरे भने यहाँ तुलारामका वंशहरुको उल्लेख गरिएको छ । ऋषिरामको वारेमा छुट्टै तल उल्लेख गरिएको छ ।
तुलारामका पाँच भाई छोराहरु क्रमशः दिनानाथ, दामोदर, बलभद्र, धनपति र बृहस्पति हुन् र यो वंश हाल संखुवासभाको भञ्ज्याङखर्क, झापा, मोरङ्ग, सुनसरी आदि ठाउंमा पैmलिएको पाइन्छ । ऋतुभद्रदेखि ४९ सांै पुस्ता सम्म पुगेको तुलाराम वंश निम्न रुपमा उल्लेख गरिएको छ ।

(१)
२) चैनपुरकै हेमन्तपुत्र ऋषिरामका वंशजहरु

ऋष्रिामका पाँच भाई छोराहरु– पशुपति, गङ्गाराम, निमिराम, छविलाल र मुक्तिराम थिए । वंशावली सङ्कलन एवं प्रकाशनमा अग्रणी स्थान राख्ने भवानी प्रसाद सुकरुपुत्र गङ्गाधर र त्यसलाई निरन्तरता दिने खेमलाल हेमन्तपुत्र सिरपति वंशका सन्तान हुन् । पुस्ता संख्याका हिसावले ऋतुभद्रदेखि हाल सम्म ४७ सौं पुगेको र ऋषिरामका वंशजहरु झापा, मोरङ्ग, सुनसरीका साथै भारतको आसाम सम्म पैmलिएको देखिन्छ । ऋषिरामका वंशजहरुको पुस्तावली तल उल्लेख गरिएको छ ।

Leave a Reply