गाेकुलमाला 2 * गाेकुलमालाकाे जीवनकाे करुण कहानी, उत्तरार्ध *

image_pdfimage_print

गाेकुलमाला 2

* गाेकुलमालाकाे जीवनकाे करुण कहानी, उत्तरार्ध *

अाफ्ना पति पुरुषाेत्तम गाेताम्यलाई किराँतीले रिस इवी गरेर वानामा निर्मम हत्या गरे पछि उनी रुदै चिच्याउदै हतास भएर अरुण नदी तरेर सुनकाेशी किनार हुँदै चाैरी देउराली ज्यामिरे बिर्ता तर्फ गइछन । त्याे स्थान उनलाई नयाँ थिएन । त्यहाँ अाफ्नै देवरहरु नारायणदाश र प्यारीदाश (३६) बसेका थिए ।

पुर्खा सुकरु ३४ का ७ छाेराहरु थिए । ती ७ भाइ मध्ये गंगाधर (३५) का ३ पुत्रहरु थिए । जसमा ब्याहिते भार्याबाट पुरुषाेत्तम (३६) काे जन्म भयो र अविवाहित साली तर्फवाट गंगाधरका दुई छाेराहरु नारायणदाश र प्यारिदाश (३६) भएका थिए । तेस बेलाको चलन मुताविक बिबाहित पत्नी तर्फबाट जन्मिएका पुर्खु उपाध्याय भए भने नारायण र प्यारीदाशलाई जैसी भन्ने भनियाे ।

गाेकुलमाला चाैरी देउराली पुगेर संखुवासभाको सवै घटनाको विवरण बताइन् । देवरहरुकाे साथ सहयोगमा एक्लै बसेर स्वयं पाक पकाएर खाइ तेहि रहन थालिन् ।

पुर्खुले संखुवासभामा सेन राजाबाट दिङ्ला वाना अादि बिर्ता पाएर भाेग चलन गर्न थाले पछि पुरानो बिर्ता चाैरी देउराली र ज्यामिरे बिर्ता तत्कालीन शाशकले खाेसेकाे फरमान जारी गरेछन् । त्याे कुरा गाेकुलमालालाई सह्य भएन । उक्त फरमानकाे विपक्षमा अड्डामा गई नालिस गरिछन् । मुद्दामा उनी अाफै दृढ भएर लागिन् । मुद्दा निकै लामाे चल्याे । तर थाहै नपाइ उनकाे पक्षलाई विभिन्न झेल गरि कमजाेर बनाइ दिएछन् ।

मुद्दाको कमजोर पक्ष थाहा पाए पछि उनी निराश बनिन् । मुद्दा हार्ने निश्चितप्राय: भए पछि गाेकुलमाला निकै उद्वेलित बनिन् । अड्डामा गई बिन्ती बिसाउदा पनि कुनै अाेखती लागेन ।

हार्ने नै सम्भावना बढे पछि गाेकुलमाला एकाेहाेराे बन्दै गइन । उनले बिपत्ति सहित पति वियोग झेल्नुपरेको तथा विभिन्न हण्डर समेत खानु परेकाे थियो । मुद्दाकाे कमजोर पाटाले उनी थकित हुँदै गएकी थिइन् । एक्लो बैधव्य जीवन व्यतीत गरिरहेकी गाेकुलमालाले क्रमश: जीवन प्रतिकाे माेह त्याग गर्न थालिन् ।

न्याय नपाइने ,अन्यायपूर्ण फैसला नै अाउने भए पछि ,याे अन्यायीका राजमा बाच्नु भन्दा मर्नु उत्तम भनी स्वयं हतियारले अाफ्नाे घाँटी रेटी सेरिएर मृत्यु वरण गरिछन् ।

गाेकुलमालाले सेरिएर देह त्याग गरेको घटनाको विवरण तत्कालीन शाशककाे कान सम्म पुगेछ । उनकाे लास जाच्ने अादेश भएछ । लास जाँचकाे रिपोर्ट सङै वानामा षड्यन्त्रका साथ मारिएका पुरुषाेत्तमकाे विवरण समेत पुगेछ । साे सवै यथार्थ सुने पछि तत्कालीन राजा शिव परम भट्ट मल्लले मृत्यु पश्चात् गाेकुलमालालाई न्याय दिलाए छन् । न्याय पाउदा गाेताम्यले पहिले नै पाएका सवै बिर्ताहरु चाैरी विर्ता , देउराली विर्ता र दिङ्ला वाना विर्ता पुन: सदर भएछ ।

भाउजूको निधन पनि दुखद रह्याे । मृत्यु पश्चात् पनि विभिन्नले शरीर छाेएका हुनाले गाेकुलमालाकाे अात्मा पनि पुर्खु , मनिपुरे , उमा र भागिरथा सरह वायु हुन पुगेछ ।

भाउजूको देह त्यजन पछि उक्त जग्गा जमिन प्रसादी , देवर भाइ तथा अन्य सन्ततिहरुले भाेग गरे ।

यसरी पुर्खा पुरुषाेत्तमकि बाहुनी गाेकुलमालाकाे कारुणिक कथाकाे एउटा पक्ष श्रुति तथा लेखनकाे रुपमा सार्वजनिक भएको छ ।

क्रमश: गाेकुलमाला 3

जय बन्धु

निति रमन गौतमको फ़ेसबुक वालबाट साभार गरिएको

Leave a Reply