पुर्खु श्रृङखला १ *पुरुषाेत्तम गाेताम्य र कुल पूजन परम्परा *

image_pdfimage_print

पुर्खु श्रृङखला १

*पुरुषाेत्तम गाेताम्य र कुल पूजन परम्परा *

प्राचीन समय देखि नै अत्रि गाेत्रका पुर्वजहरु वैदिक अग्निहाेत्र रहेका थिए । १३ अाैं शताब्दीकाे तत्कालीन समयमा मुसलमानकाे क्रुर अत्याचार तथा हिन्दु माथिकाे वर्वर अाक्रमण र वैदिक ग्रन्थ अादिमाथि भएको अाघात बाट जाेगिन अाफ्ना शिष्यहरु चेलीहरु सहित पुर्वज काशिदाश पूर्वैत्तर भूखण्ड कर्णाली तर्फ अाएर सिंजामा अाइ बस्नु भएको रहेछ ।

त्यस वेला नेपाल भारत अादि देशकाे सीमाना किटान नभएको अवस्था हाे । यश समग्र भूभागलाई भारत बर्ष पनि भनिन्थ्यो । जसमा अफगानिस्तान ,बर्मा , भारत , बंगलादेश पाकिस्तान नेपाल भूटान अादि पर्दछन ।

हाम्रो पुर्वजहरु वेदान्त अधययनमा तल्लीन तथा पण्डित , गुरु भएर राजकाजकाे निकटस्थ भएको भन्ने विभिन्न लेखकका इतिहास तथा गाैतम वंशावलीमा उल्लेख भएको पाइन्छ ।

बुद्धि तथा विवेकका कारण हाम्रा पुर्वजहरु राजा रजाैटाका नजिकै रहि तत्कालीन बाईसे चाैबिसे स- साना राज्यकाे शाशकहरुलाई विभिन्न खाले सहयाेग गरेकाे पाईन्छ । कहि राजगुरु , कतै राजपुराेहित , कतै साईत हेर्ने ज्याेतिष , कतै निशानी बाेक्ने शुभ सूचक तथा कुनै पुर्खा त राजा सम्म भएको कथा इतिहासमा उल्लेख छन् ।

अव यहाँ पुर्वज पुरुषाेत्तमकाे चर्चा गराैं ।पुर्खा पुरुषाेत्तम ( 36) काे कहानी उहाँका सन्ततिले थाहा पाउनु पर्दछ । पुर्खुका कुरा गर्दा उहाँ सेन राजाका पालामा राज ज्याेतिष रहनु भएको थियोे । राजकाज र युद्धका बारेमा धेरै सटीक ज्याेतिष गणना गर्ने ज्ञान उहामा निहित रहेको थियोे ।

सेन राजाले तेस समय सम्ममा अन्यत्र धेरै राजाैटाहरुलाई जिते पछि अनि माझ किराँत समेत कव्जा गरि सकेका रहेछन । एक पटक कुन दिन कुन काेणबाट काे अगाडि लागेर जाइ लाग्दा पूर्वी किराँत तथा संखुवासभाकाे किराँत राज्यमाथि कव्जा ( विजय प्राप्ति ) हुन्छ भनी सेन राजाले पुरुषाेत्तमवाट सल्लाह लिएछन् । पुर्खुले गणना गरेर युद्धको शुभ साईत जुराई दिएछन् ।

पुर्खा पुरुषाेत्तम युद्धको समय भन्दा केही अगाडि नै संखुवासभाको पुर्वी किराँत राज्य क्षेत्रमा अाइ पगेछन् । उनले दिएको समयानुसार हमला गर्दा संखुवासभा राज्य, सेन राजाले कव्जा गर्न सफल हुन्थे नै ।

उनी अगाडि नै अाएकाले त्यस क्षेत्रका सवै मूल मूल शाशक तथा भारदारलाई भेला गरि सेन राजाकाे प्रताप सुनाएछन् । यदि युद्धको शंखनाद भयाे भने पक्कै पनि सेन राजाले जित्नेछन् । तिमीहरू लखेटिने छाै । जनधनकाे ठूलाे वर्वादि हुनेछ । युद्ध नगर बरु मिलाप गरेउ भने जन धनकाे नाश पनि हुदैन । सेन राजाकाे अधीन स्वीकार गरेर शान्तिपूर्ण ढंगले अा-अाफ्ना स्थानमा बस भनी सुझाव दिएछन् ।

पुरुषाेत्तमकाे सल्लाह माथि छलफल गरेर उनीहरूले मिलाप गर्नु उचित महसुस गरेछन् । समय क्रममा राजा युद्धको लागि संखुवासभा अाए तर मिलापकाे कुरा पुर्खुले अगाडि सारेका हुनाले साेहि अनुसार सेन राजाका अधिनमा रहने गरि सेन राजाकै अगाडि किराँतीहरुले मिलापत्र गरे ।

सेन राजाले विजय प्राप्ति गरेपछि राजा र सेनाको जत्था पश्चिम पुरानाे स्थानमा गए तर पुरुषाेत्तम चाहिँ त्यहि संखुवासभाको वानामा बस्ने निर्णय गरेछन् ।

वाना क्षेत्र अति सुन्दर रहेछ । बालीनाली उब्जनी हुने शितल वातावरण , पानीको अभाव नभएको , पारिलाे र घस्याइलाे भूखण्ड भएको हुँदा पुर्खुलाई तेहि बस्ने मन भएछ । नजिकै हिमाली मूल भएको अरुण नदि बगि रहेको देखेर पुर्खुले त्यहीँ कस्ने निश्चित गरेछन् । सेन राजा सामु उनले तेहि बस्ने इच्छा जाहेर गरि सानाे फूलबारी दिन अाग्रह गरेछन् । राजाबाट उहालाई सहयोग गरेको पुरस्कारको रुपमन संखुवासभाको वाना सहित दिङ्ला विर्ता प्राप्ति भएछ ।

” दिङ्ला ,वाना” अादि बिर्ता पाएर पुरुषाेत्तम त्यहीँ संखुवासभामा खुशी साथ बसाेबास गर्न थालेछन् ।

राजाका लागि विभिन्न खाले सहयोग गरेकाे ,युद्धका लागि शुभ लग्नकाे ज्याेतिष अादि हेरेको र सेन वंशका राजाका निकट सहयोगी समेत भएको कुरा दिङ्लामा विस्तारै फैलिएर टाढा टाढा सम्म कुरा पुग्याे । यस्ताे कुरा प्रकाशमा अाए पछि पुरुषाेत्तम गाेताम्यलाई किरातीहरुले भित्र भित्रै रिस डाहा गर्न थाले छन् । सेन राजाकाे पराधिन बनेका किराँतीहरु पुर्खा पुरुषाेत्तम गाेताम्यसङ क्रुद्ध भएका हुनाले षड्यन्त्र रचेर उहाँलाई मार्ने दाउ गर्न थालेछन् ।

एक दिन पुर्खुकी बाहुनी गाेकुलमाला वारि बेंसीमा गएकाे र सेवक मनिपुरे पारी बेंसीमा गएको माैका पारेर , सानाे दुध मुखे वालक काेक्रामै भएको वेला पुर्खुलाई मार्न भनी किराँतीहरु अाएछन् ।

जेष्ठ कृष्ण अष्टमीकाे गाेधुली काल भएको रहेछ । गाै सेवा समाप्त गरि टाँणमाथि गएर पुरुषाेत्तम वेदपाठमा लाग्नु भएको रहेछ । ठिक तेसै बेला तल केही हल्ला सुनेर उहाँ केहाे काे हाे बुझ्न भ-याङ झर्दै गर्दा पापीष्टहरुकाे गलत मनसुवा अाँकलन गर्न नभ्याउँदै, ठूलाे संख्यामा अाएका किराँतीहरुले पुर्खा पुरुषाेत्तमकाे धारिलाे हतियारले चकनाचुर पारि निर्मम हत्या गरेर भागेछन् ।

संखुवासभाको “वाना” क्षेत्रमा किराँतीहरुले पुर्खुकाे निर्मम हत्या गरेकाे रहेछ । बेंसी खेत तिर गएकि बाहुनी गाेकुलमाला घरमा फर्केर अाउदा घरमा प्राणनाथकाे शरीर चकनाचुर भएको देखिन । अालाे रगतकाे अाहाल देखिन । त्याे हविगत देखेपछि उनी सम्हालिन सकिनन् । राेइन , कराइन , चिच्याइन । बिह्वल बनेर डाकाे छाडिन । सहन गर्न नसकेर कहालिदै चिच्याउँदैै दाैडेर अरुण नदि तर्फ गइछन् । यदि किराँतीले भेटे भने पक्कै मार्छन नै भनेर पुर्खुकी बाहुनी गाेकुलमालाले सानाे वालखकाे वारेमा समेत केही नसाेचि ” किराँतीहरुकाे नाश हाेस ” भन्दै अरुण नदि तर्फ अाेह्रालाे लागिछन् । उनी खाेला तर्फ गएको देखेर सायद गाउलेहरुले अरुण नदीमा हामफालेर जीवन उत्सर्ग गरिन भन्ने साेचे हाेलान ।

मनिपुरे सेवक केही बेरमा पारी बेंसीबाट अाइ पुगेछन् । सवै घटनाकाे बिवरण थाहा भए पछि काेक्राकाे डेढ बर्षे काखे बालक रामकृष्ण ३७ लाई सेवक ( कमाराे ) मनिपुरेले बुद्धि जुक्ति पु-याएर तरुलकाे खाल्डोमा लुकाइ छिपाइ किराँतिबाट बचाएछन् । जसाे तसाे गरेर ४ दिन पछि किरातीले थाहा नपाउने गरि रात्रिकालमा मावली फालिकाेट

पु-याइ जिम्मा लगाएर त्यसै रात्री नै हतार हतार गाेठमा अाइ सुतेछन् ।

उमाकाे घरमा कमाराे र दाइजाे नल्याएको भनी सधै कटाक्ष हुदाे रहेछ । दाजुकाे रजगजकाे कुरा सवै तिर फैलिएको हुनाले दाजुबाट केही लिएर अाउछु भनी तेस घटनाकाे केही समय पछि सानी छाेरी भागिरथी ( पुर्खुकि भान्जी ) लाई समेत साथमा लिएर पुर्खुकि बहिनी उमा दाजु पुरुषाेत्तमका घर तर्फ अाउदै रहिछन् । अरुण नदिमा अाइ डुङ्गा बाट नदि तर्ने क्रममा खेवैयाले उनलाई कहाँ जाने भनी प्रश्न गरेछ । उनले दाइ पुरुषाेत्तमले राजाकाे सेवा गरेबाट ठूलो बक्सिस समेत पाएका हुनाले उनलाई भेट्न वाना गएकि भनिछन् । तेसाे भन्दा माझीले भर्खरै भएको घटना वृत्तान्त सवै खुलस्त गरि दिएछ । त्याे बीभत्स कहानी सुने पछि उनलाई खपि नसक्नु पीडा भयाे । पीडा झेल्न नसकि काखे छाेरी भागिरथी समेतलाई अरुणमा फाली उनी उमा पनि अरुणमा हामफालेर हराएछन् ।

सेवक मनिपुरेले धेरै समय सम्म पुर्खुकै गाेठमा बसि गाै सेवा गरेकाे श्रुति रहेकाेछ ।

गाेकुलमालाकाे इतिहासले तेस घटना पछि नयाँ माेड लिएको श्रुति पाइन्छ । जसअनुसार ,,,,,

पुर्खु काटिइ मरेका , गाेकुलमाला ,,,,सेरिएर मरेकी ,बहिनी उमा र भान्जी भगिरथा अरुणमा हामफालेर अपगति भई मृत्यु भएको तथा सेवक मनिपुरेले गाै सेवा गर्दै पुर्खुकै समाधि निकट देह उत्सर्ग गरेको हुनाले तथा उनीहरूकाे कुनै दशगात्र अादि कर्म समेत नगरिएको हुनाले उनीहरु प्रेत याेनीमा गई अाफ्नाे वसाेवास क्षेत्रमा विभिन्न उपद्रव हुन थालेछन् ।

त्यस क्षेत्रमा छाद्ने छेर्ने बाैलाउने नानाथरी अनहाेनी हुन थालेछ । सारा वाना क्षेत्रमा हााहाकार भएको रहेछ । त्राहिमाम भएको रहेछ।

पछि समय क्रममा पुर्खुका छाेरा रामकृष्ण मावलीमा हुर्कि वढि अध्ययनमा परदेश गएछन् । पछि विबाह गरि ६ जना पुत्रहरु समेत भएछन् ।

अब पूर्वजकाे खाेजी गर्नु प-याे भनी संखुवासभाको वाना निकट पुगेछन् । रामकृष्ण साधुकाे भेषमा केश लट्टा र दाह्री पालेर वाना पुगेछन् । एक रात बस्न भनी कुनै रेग्मी सज्जनकाेमा बास मागेछन् । विश्राम गर्दा त्यहाँ भएका सम्पूर्ण घटना विवरण सुनेछन् ।

त्यहा हुने गरेका नानाथरी घटना बाैल्हाउने , काम्ने छेर्ने छाद्ने र मर्ने जस्ता घटना सुनेर उनले स्वस्ति-शान्ति गर्ने भनी पिता काटिएकाे स्थानमा देखाइ मागेर घना जंगलमा गएछन् । तेहा पुरुषाेत्तमकाे घर भएको ठाउँमा बर्षाैं देखि कुनै अरु मानिस जान डराउदा रहेछन् । त्यहा जान लाग्दा स्थानीयले नजान सुझाव पनि गरेछन् तर साधु भेषका रामकृष्णले पितृ उद्धारकाे लक्ष लिएका हुनाले कसैकाे कुरा नसुनि त्यहाँ झाडी भित्र गएर २९ दिन तप गरि वसेछन् । त्यहाँका मानिसले उनलाई मरे हाेलान भनेर साेचेका रहेछन तर २९ दिनकाे दिन रामकृष्णले गाउलेलाई अावाज गरि ” ल अावश्यक सामाग्री ल्याउनु यहाँ शान्ति यज्ञ गर्नु पर्दछ ” भने पछि उनी जिउँदै भएको देखेर चकित हुँदै उनले भने मुताविकका सामाग्री जम्मा गरेर पु-याइ दिएछन ।

रामकृष्णले ९० दिन सम्म लगातार स्वस्ति- शान्ति यज्ञ गरेपछि त्यहाँ हुने गरेकाे उपद्रव शान्त भएछ । त्यहा यज्ञकुण्डमा ब्रम्हस्थान मन्दिर , अनि छेउमा शिव अनि बिष्णुकाे मन्दिर समेत वनाई गुठी र पूजनकाे प्रवन्ध समेत गरिदिएछन् । उनकाे प्रभावले शिष्यहरु समेत बनेछन् । त्यस मन्दिरलाई नित्य पूजनकाे ब्यबस्थापन गरेर साधु रामकृष्ण घर तर्फ गएछन् ।

घर गएर अाचरणमा वसि पुर्वजहरुकाे अाराधना गर्न थालेछन् । तिनै पुर्खाहरु पुरुषाेत्तम ,गाेकुलमाला ,उमा , भागिरथी र मनिपुरे समेतलाई स्मरण गरेर पूजा गर्न थालिएछ । त्यही परम्परा अाज सम्म जिवित रहेकाे छ । पुर्खु वंशका सन्तानहरुले त्यहि घटना स्मरण गर्दै र त्यसवाट कुनै वंशजहरुमा दुष्प्रभाव नपराेस भनी कुल काे पूजन गर्न थालेकाे इतिहासमा उल्लेख छ ।

त्यस वंशमा हरेक ३/३ बर्षमा कुलपुजन स्वरुप ” देवाली” गर्ने परम्परा हाल सम्म विध्यमान रहेकाे छ । कुल पितृलाई स्मरण गर्नु पूजा अाराधना गर्नु अती उत्तम कार्य हाे । खिर मेवा पकवान्न फूल प्रसादी धुप दीप अर्चन गरि पुजा गर्नु पर्दछ परन्तु उक्त कुल पूजनमा निरीह बाेका पाठीलाई बली समेत दिइने गरेकाे पाइन्छ । ईश्वरको पुजामा हिंसा वर्जित भएकाे हुनाले त्यस प्रकारकाे पूजालाई सुधार गरि अहिंसामय पूजन गर्नु पर्ने देखिएको छ । यस सम्वन्धमा सामाजिक अभियन्ताहरुले जन मानसमा कुरा बुझाउन लाग्नु पर्ने देखिएकाे छ ।

संखुवासभाको वानामा गाैतमहरुकाे ऐतिहासिक कुल मन्दिर रहेकाे छ । त्यहाँ जाने अवशर प्राप्ति नभएको भए पनि यहीँ बाट हाम्रा पूर्वज पुरुषाेत्तम ( पुर्खु) लाई सादर नमन गर्दछु ।

याे छाेटाे जानकारी मूलक लेख मैले सुनेकाे र कतै पढेकाे अाधारमा लेखिएको हुनाले यसलाई अझ परिमार्जन गर्नकालागि विज्ञ बन्धुहरुबाट सर-सुझावकाे अाशा राखिएको छ ।

जय बन्धु ।

साभार: बन्धु निति रमन गौतमको फेसबुक वाल

Leave a Reply