पुर्खु श्रृङखला २ *गाेकुलमाला पूर्वार्ध , पुरखुकी बाहुनीकाे करुण कहानी*

image_pdfimage_print

पुर्खु श्रृङखला २

*गाेकुलमाला पूर्वार्ध , पुरखुकी बाहुनीकाे करुण कहानी*

. त्याे दिन जेष्ठ कृष्ण अस्टमीकाे दिन रहेछ । सायंकालमा पुर्खु तलामाथि वेद पाठ गर्दै रहेछन् । मनिपुरे भन्ने सेवक अरुण पारीकाे बेंसीमा काम गर्न गएछ । गाेकुलमाला नजिकैकाे बेंसीमा खेतकै काम गर्न गएकी रहिछन् । वेद पाठ गर्दै गर्दा तल ठूलाे हल्ला भएछ । के हाे भनी भ-याङ अाेर्लदै गर्दा किराती हुलले पुर्खा पुरुषाेत्तमलाई बिच भ-याङमै धारिला हतियारले निर्ममता पूर्वक छप्काएर कुलेलम ठाेकेछन् ।

खेतमा काम गरि लखतरान भएर गाेधुली वेलामा घर अाइ पुग्दा भर्खरै मात्र अाफ्ना प्राण पति पुरुषाेत्तमकाे शरीर चकनाचुर पारेर छाेडेकाे र अालाे रगतकाे अाहाल भएको अति डरलाग्दो दृश्य देखिन् । चकना चकना भएको प्राणनाथकाे शरीर अनि रक्तपूर्ण त्याे बीभत्स घटना देखे पछि पुर्खुकी बाहुनी गाेकुलमालाकाे हाेस हवास चेत हरायो । उनी अात्तिदै रुदै कराउँदै विछिप्त जस्तो भइछन् । पीडा बाेकेर एक्लि महिला के गरून् , जाँउन् कता भनुन कस्लाइ ?

त्यस भेगमा किराँतीहरु मात्र थिए । किराँतीहरुले नै याे जघण्य कृत्य गरेकोे हुनाले उनलाई कुनै सहयोगकाे कुरै भएन । कुनै अाड भराेस नभए पछि उनी झन् साराे अत्तालिइन । त्यस समयकाे पीडा अाँकलन गर्न कस्ले सक्ला र ?

किरातीहरुले उनकाे परिवारलाई वैरी भावले हेरेकाे कुरा सतहमा अाइ सकेकाे थियो । पुर्खुले सेन राजालाई उक्साएर युद्ध गर्न तेहा ल्याएकाे भन्ने अाराेप समेत लगाएका रहेछन् ।

भएको के रहेछ भने तेस बेला सेन राजा तेस क्षेत्रमा प्रतापी राजा रहेछन् । पुरुषाेत्तम सेन राजाका निकटस्थ र राजाकाे ज्याेतिषशि र विद्वान समेत रहेछन् । सेन राजाले ठूलाे युद्ध गरेर मध्य किराँत माथि विजय प्राप्ति गरेका रहेछन् । त्यस युद्धमा जनधनकाे ठूलो नाश भएको रहेछ । त्याे सवै नजिकै बाट देखेका पुरुषाेत्तमले अरुण पूर्वका किराँत शाशकहरुलाई एक ठाउँमा भेला जम्मा गरि मध्य किराँत तर्फकाे सवै युद्ध-बृत्तान्त सुनाएछन् ।

सेन राजाले युद्धको अठाेट गरि शुभ साईत समेत निकालि सकेका सकेका हुनाले उनी युद्धको लागि अाउदैछन् । ” यदि युद्ध भयो भने सेन राजाले अवश्य विजय गरि राज्य खाेसेर लैजान्छन नै । युद्धमा जनधनको नाश पनि हुन्छ नै । बरु राजा सङ मिलापत्र गरेर उनकाे अधीन स्विकारेर बसेउ भने कुनै लण्ठा , टण्टा हुदैन अानन्द साथ बस्न पाउने छाै ” भनी पुर्खुले किराँती समक्ष मिलापकाे सुझाव गरेका रहेछन् । साेहि अनुसार किराँतले सेन राजा सङ मिलापत्र गरि हारेकाे मानसिकता बाेकेर बसेका रहेछन् । तर यस कुराले किराँतीहरु पुरुषाेत्तम सङ भित्र भित्रै चिढिइ ठुलो ईख , वैरीत्व राखेर बसेका रहेछन ।

याे सवै बृत्तान्त संझेर काेक्राकाे छाेरा रामकृष्ण ३७ लाई समेत पक्कै पापीष्टले मारे हाेलान् भन्ने ठानेर गाेकुलमाला झन् अातेसमा परिन । बेसहारा भइन । राेइन कराइन चिच्याइन । दाैडदै अरुण नदी तर्फ अाेरालाे लागिन । असह्य , विह्वल बनेर कराउँदै डाकाे छाड्दै चिच्याउँदै उनी तेहाँबाट अलप भएको हुनाले अरुणमा गएर हाम फालेर मरिन् हाेला भनेर स्थानीयहरुले अन्दाज गरेछन् ।

निति रमन गौतमको फ़ेसबुक वाल बाट साभार

Leave a Reply