पुर्खु श्रृङखला ४ ** साधु रामकृष्ण र कुल पूजन परम्परा **

image_pdfimage_print

पुर्खु श्रृङखला ४

** साधु रामकृष्ण र कुल पूजन परम्परा **

बुद्धिमान मनिपुरे सेवकले दुधमुखे रामकृष्णलाई बडाे यत्न साथ जाेगाएर रातिको समयमा संखुवासभाको वानाबाट मावल पु-याइ त्यसै दिन वाना नै पुगेर सधैंकाे जस्तो साधारण गाेठालाे भइ बसेकाे प्रसंग अघिल्ला लेखनबाट बिदित भैसकेको हुनुपर्छ नै ।

रामकृष्ण मावलमा हुर्के बढे । समय अनुसारको शिक्षा दीक्षा लिए । विवाह भयो । र उनका ६ भाइ पुत्रहरु समेत भए ।

रामकृष्ण ३७ काे वंशलतामा पुस्ता ३८ का दामाेदर ( दामु) , रामु , प्रतिमन , पुरण, विलभद्र , लेवै पाध्ये गरि ६ भाइ सन्तान वृद्धि भए पछि अाफ्नाे पुर्खाकाे बारेमा खुल्दुली पैदा भएछ । अाफ्नाे वंश के हाे कता हाे खाेज गर्ने निश्चय गरेर फुपाजु उमाका पति कहाँ गएछन् । फुपाजुबाट वानामा भएको पीडा युक्त इतिहास वृत्तान्त सुनेछन् ।

मनमा त्यसै वैराग्य पैदा भएर अायाे । उनी पिता पुर्खु, माता गाेकुलमाला , फूपू उमा , भान्जे दिदी भागिरथी र सेवक मनिपुरेकाे नाम स्मरण गर्दै वियाेगान्तक भावमा लट्टा दाह्री पालेर धेरै काल साधु भेषमा बिताएछन् ।

पुर्खु अादिकाे असामयिक दर्दयुक्त पीडा बाेधी निधन पछि उता वानामा अनाैठाे घटनाक्रम हुन थालेछ । पाँच जनाकाे नै उचित दशगात्र कार्य नभइ अात्माले माेक्ष गति नपाए पछि त्यस क्षेत्रमा हाहाकार , त्राहिमाम् हुन थालेछ । बिना कारण छाद्ने छेर्ने , बाैल्हाउने , काम्ने , रुने कराउने , मर्ने जस्ता थरीथरीका विपत्ति अाउन थालेछन् । पुर्खुकाे निवास क्षेत्रमा काेहि गयाे भने फर्केर अाउन छाडे पछि त्यहाँ काेहि पनि जान छाडेछन् । त्याे क्षेत्र घना जंगलमा परिणत भएछ ।

वानामा भएको विपत्ति वारे सवै थाहा पाएर उनी साधु भेषमा अाफ्नाे परिचय गुप्त राखि त्यस तर्फ गएछन् ।

निकटका कुनै एक रेग्मीको घरमा वास मागेर बसेछन । त्यहाँ बस्दा उनले त्यहाँ घटित घटनाकाे सारा विवरण पाए पछि त्यो स्थल देखाइ दिन अाग्रह गरेछन् तर त्याे क्षेत्र हाउगुजी भइ सकेको हुनाले तेहा जान काेहि तयार भएनन् । डराउदै डराउदै केवल अाैलाले परकाे जंगलमा त्याे स्थान रहेको बताइ दिएछन् ।

साधु भेषमा रहेका रामकृष्णले त्यस ठाउँमा जाने भने पछि सबै थर्कमान भएर विपत्ति हुन्छ भनी नजान सल्लाह दिएछन् । तर कसैकाे कुरा नसुनि रामकृष्ण त्यस घनघाेर जंगलमा नडराइ प्रवेश गरेछन् ।

२८ दिन सम्म साधुकाे चालचुल नदेखिए पछि जंगलमा कुनै अनिष्ट भयाे नै भनी गाउँलेहरुले लख काटि सकेका थिए । तर २९ दिनका दिन विहान जंगलबाट अचानक अावाज अाए पछि उनीहरु झसङ्ग र अचम्मित भए ।

अावाज सुनेर गाउँलेहरु डराउदै डराउदै नजिक गए । साधु दुरुस्त देखेर सवै छक्क परे । “अब डराउनु पर्दैन ,यहाँ यज्ञ अनुष्ठान , शान्ति शुद्धि गर्न जरुरी छ, सर-सामान ल्याउनु ” भनी साधु भेषका रामकृष्णले भनेछन् ।

शान्ति काे कामना गरेर गाउँले ले उनले भने अनुसारको सामाग्री जुटाएर ल्याइदिएछन् । उता गाउँमा उपद्रव हुन केही कम भएछ । साधुले लगातार ९० दिन सम्म यज्ञादि गरेर त्यस क्षेत्रमा हुने सबै सन्ताप , दु:ख हरण गरेछन् ।

गाउँमा शान्ति भए पछि उनी प्रख्यात भएछन् । उनका अनुयायी पनि बन्न थालेछन् । तेस पछि उनले त्यस स्थानमा ” ब्रह्मस्थान ” बनाउन अाग्रह गरेछन् ।त्यस क्षेत्रमा बिष्णु र शंकर समेतलाई निकटतम राखि मन्दिर बनाउने याेजना बनाएछन् ।

तेहा यज्ञ गरिएको कुण्डलाई ठुलो ढुङ्गाले ढाकी तेस माथि पुर्खा समेतको “ब्रह्मस्थान” मन्दिर र बगलमा बिष्णु र शंकरकाे समेत मन्दिर निर्माण गराएछन् ।

तेहा नित्य पूजन हुन थालेछ । मन्दिरको जगेर्ना हेतु गुठी अादिकाे प्रवन्ध समेत भएछ । पठनपाठन , याेग ज्ञानका कुरा समेत हुन थाले पछि चेलाहरु प्रचुर बन्न थालेछन् । चेलाहरुलाई तालिम , पूजन विधि सवै सिकाउन रामकृष्णलाई पुरै ३ बर्षकाे समय लागेछ । पूर्वजकाे नाममा त्यहा त्यस उप्रान्त पाँचै पुर्खाकाे नाममा पूजन अादि हुनेछ भनी संकल्प समेत गरेका थिए भनिन्छ ।

त्यस पछि रामकृष्ण सरासर घर गएर अाफ्नाे अाचारमा रहन थाले । घरमा कुलदेवता स्वरुप तीन मूर्तिलाई स्थापन गरि अलग्गै काेठामा पूजन गर्न थालेछन् ।

तेसै समय देखि पुर्खु , गाेकुलमाला ,उमा, भागिरथी र सेवक समेतलाई हरेक बर्ष उभाैलि उधाैलिमा धुप दीप नैबेध्य चढाउन थालिएको रहेछ । त्यहीँ देखि साधु रामकृष्ण वंशका गाेताम्य/ गाेतामे/ गाैतमहरुलाई वायु पाला समेत भन्ने गरिएको छ र याे पूजनकाे क्रम अनव्रत रुपमा चलायमान रहेको छ । गाैतम वंशावली पृष्ठ ४३०/१ अनुसार पुरुषाेत्तमकाे पुस्ता नम्बर ३६ भएको देखिन्छ ।

पुर्खुका वंशजहरु अा-अाफ्ना घरमा कुल देवतालाई अलग्गै काेठामा स्थापना गरि समयानुकूल धुप दीप पकवान पुष्प अर्पण गरि पूजन गर्ने चलन रहेकाे छ ।

त्यसकाे अलावा देवाली पूजन भनेर हरेक ३/३ बर्षमा अमुक अमुक स्थानमा बन्धुहरु भेला जम्मा भइ निरीह पाठा/ पाठी वली दिई पशुकाे खुन चढाउने समेत देखिएको सुनिएको छ ।

कुल पूजन अति उत्तम कार्य हाे । पुर्खाकाे स्मरण जरुरत छ । बर्षकाे दुई पटक गाेठमा भेला भएर गाेष्ठ धुप समेत गरि अाफ्ना पशु पंक्षीकाे वंश वृद्धि तथा सुख कामना गर्नु पनि अशल कृत्य हाे ।

देवकार्यमा पान पकवान पुष्प फल धुप दीप अर्पण गरि देव अर्चना , कुल अर्चना गर्नु शाेभनीय देखिन्छ । विगतमा पशु वली दिएर देवाली पूजन गर्ने गरिएको भए ता पनि अब क्रमशः खीर पुष्प दीप अादी चढाएर वली रहित तथा अहिंसात्मक कुल पूजन गर्ने तर्फ सचेत गाैतम बन्धुहरुले चिन्तन गर्न अावश्यक भएको महसुस गरिएको छ ।

यस देवाली पूजन बिषयमा उचित समय मिलाइ व्यापक छलफल गरेर अहिंसामय पूजन पद्धतिकाे बिकाश गर्न समेत जरुरि भएकाे ठानेको छु । जानिफकारहरु तर्क र बिकल्प सहित अगाडि अाउनु पर्ने बेला भएको छ । अवेला नहाेस , मेराे खवरदारी मात्र हाे । विचार श्रृङखला यहाँ हरुकै !!

जय बन्धु ।

(सुधारका लागि उचित सल्लाहकाे अपेक्षा गर्दछु )

Leave a Reply