पुर्खु श्रृङखला ५ *इमानदार सेवक मनिपुरेकाे निष्ठा*

image_pdfimage_print

पुर्खु श्रृङखला ५

*इमानदार सेवक मनिपुरेकाे निष्ठा*

गाैतम वंशकाे इतिहासमा “मनिपुरे” नाम गरिएका सेवककाे निष्ठा र उनीमा निहित प्रेम अत्यन्तै महान र पूजनीय , स्तुत्य रहेकाे छ । तीनै महान सेवकका सुझ-बुझका कारण याैटा अत्यन्तै ठूलाे कार्य भएको छ । ती महान सेवक मनिपुरेलाई शतत् नमन ।

पुर्खु वंशका जति पनि सन्तति याे दुनियाँमा वंश वृद्धि भए रहेका छन् ती सवै मनिपुरे महानकाे निष्ठा र सद्हृदयका कारण मात्रै संभव भएको हाे । कदाचित मनिपुरे नामका महान सेवकले सुझ-बुझका साथ पुर्खुका डेढ बर्षे बालक रामकृष्ण ३७ काे जीवनकाे रक्षा नगरेको भए त्याे वंशकाे कथा तेहि इत्यलम हुने थियो ।

संखुवासभाको वानामा पुर्खुकाे घरमा धेरै गाईहरु पालित थिए । पुर्खु वेद पाठी तथा अत्यन्तै धार्मिक थिए । एक दिन दिउँसो सानाे नानीलाई काेक्रामा सुताएर , पुर्खुकी बाहुनी गाेकुलमाला नजिकैको बेसीमा र मनिपुरे सेवक अरुण पारीकाे बेंसीमा काम गर्न गएका रहेझन् । पुर्खु गाै सेवा गरि टाँणमाथि गई वेदपाठ अादि गरिरहेका रहेछन् ।

जेष्ठ कृष्ण अष्टमीकाे दिनकाे गाेधुली वेलामा किरातीहरुकाे एक हुल पुर्खुकाे निवासमा अाइ हल्ला गर्न थालेछन् । के हाे काे हाे ? भनी भ-याङ झर्दै गर्दा पापीष्ट किराँतीहरुले पुर्खा पुरुषाेत्तमलाई दाउ पारेर धारिलाे हतियारले चकनाचुर पारेर निर्मम हत्या गरि कुलेलम ठाेाकेछन् ।

तेसकाे केही वेरमा गाेकुलमाला बेंसीवाट घरमा अाइ पुगिन । घरमा प्राणनाथकाे चकनाचुर भएको शरीर देखेर ईन्तु न चिन्तु भइन । कराइन् चिच्याइन् । विह्वल भइन् । सेन राजाकाे ईष्ट भनेर किरातीहरुले पुर्खु प्रति डाहा गरेकाे उनलाई पनि थाहा थियो । किराँतीहरुकाे मनसुवा उनले बुझेकै थिइन । तेसैले अाफुलाई फगत एक्लै संझेर कहालिन थालिन् ।बेसहारा भएर त्यसै पागल जस्तै भइन् । उनले मन थाम्न नसकेर अलाप विलाप गरिन् । संझाउन , सहयाेग गर्न अाउने काेहि भएन ।

गाेकुलमाला यति गलित , दु:खित भइन कि काखे छाेराे रामकृष्णलाई के भयाे साे समेत बिर्सिएर दिग्भ्रमित भएर अरुण तर्फ दाैडदै दाैडदै अाेह्रालाे लागिन्।

केही वेरमा सेवक मनिपुरे अाइ पुगे । उनले सवै कुरा बुझि हाले । मालिककाे साथ लागेर उनी पनि चतुर नै भइ सकेका थिए । मनिपुरेले सवै भन्दा पहिले डेढ बर्षे रामकृष्णलाई अलि पर टाहार बारीकने उखु बारीमा लगेर तरुल खनेकाे खाल्डोमा पात पतिङ्गर अाेछ्याएर सुरक्षित पारेर लुकाएर राखे । माथि बाट समेत उखु अादिका सुकेका पातले छाेपेर चनाखाे भइ गाेठमा अाए ।

जे जस्ताे घटना भए पनि चुपचाप लागेर अाफु बस्ने गाेठमा अाइ भात पकाए । अलिकति पाकेको खाना छुट्याएर राखे अनि मनिपुरे खाना खान थालेका मात्र रहेछन् । तेसै बेला किरातीहरुका एक हुल अाएछन । उस्लाइ डर त्रास देखाएछन् । मार्न खाेजेछन् । म त तपाईंहरुकै दास हुँ । तपाईंहरूकै सेवा र्छु , बस्छु केही नगर्नुस भनेर बिन्ती भाउ गर्दा बल्लतल्ल मानेछन् । अलग्गै छुट्याइएको खाना किन कस्लाई भनी साेद्धा अलि धेर भयाे बिहानलाई राखेको भनी रुदै जवाफ दिएछन । तेस पछि किरातीहरु फिरेर गएछन् ।

केही बेर सामसुम भए पछि अघि राखेकाे खाना लगेर बालकलाई खुवाएछन् । दिन भर गाई हेर्दथे । बेलुका वालकलाई कसरी सुरक्षा साथ मावल फालीकाेट पु-याउने भनी चिन्तित रहन्थे । तीन रात सम्म चियाे गरेपछि चाैथाे रात्री वालक च्यापेर विरालाकाे चालमा हतार हतार अरुण पारी मावली फालीकाेट पु-याएर बालक रामकृष्ण मावलीलाई जिम्मा दिई राती नै गाेठमा अाइ सुतेछन् ।

मनिपुरे महान सेवकले धेरै पीडा सहेर भए पनि एक्लै रहेर मालिकका गाै सेवा गरि वसेकाे बुझिन्छ । धेरै पछि पुर्खुकाे समाधि निकट गई प्राणान्त गरेकाे भन्ने पनि जनश्रुति रहेकाे छ । कतै कतै अरुण नदीमा हामफालेकाे भन्ने पनि श्रुति रहेको छ ।

जे हाेस ती महान सेवक मनिपुरेकै चतु-याईका कारण रामकृष्ण (३७) जीवितै रहन पाए । उनी मावलीमै हुर्के वढे । उतै पढाइ गरे । समय क्रममा रामकृष्ण का ६ भाइ पुत्रहरु भए । दामु , रामु , प्रतिमन, पुरण , बिलभद्र , लेवै पाध्ये ( ३८ ) , रामकृष्णका सन्तानहरु हुन ।

ती महान सेवक मनिपुरे भुजेल थरका भएको मानिन्छ । ती सेवक मनिपुरेलाई हामीले सर्वदा स्मरण गर्न जरुरत छ । पुर्खु वंशका वंजशहरुले कुल देवताकाे पूजन गर्दा पुरुषाेत्तम , गाेकुलमाला , उमा , भागिरथी र मनिपुरे सेवकलाई समेत फूल फल धुप बत्ती नैवेध्य जल पकवान अादि अर्पण गर्ने कुल परम्परा रहिआएको छ । पुर्खु वंशमा हरेक ३/३ बर्षमा गरिने अत्रि गाेत्रीय गाैतमहरुकाे देवाली पूजनमा पनि मनिपुरे सेवक सहित उपराेक्त ५ जनाकाे धामी विधि सहित अर्चना गरिदै अाएकाे छ ।

पुर्खाका सेवक मनिपुरेकाे धैर्य र चतु-याईका कारण अहिले हजारौर-हजार पुर्खु वंशका गाैतम सन्ततिहरु नेपाल भारत भूटान बर्मा थाइल्यान्ड अमेरिका बेलायत अष्ट्रेलिया क्यानडा लगायतका मूलुकहरुमा रहन पाएका छाैं । ती महान सेवकलाई कहिल्यै भुल्नु हुदैन ।

जय जय हाे सेवक मनिपुरे महान !!!

जय बन्धु ।।

निति रमन गौतमको फ़ेसबुक वालबाट साभार

Leave a Reply