अरुण नदि किनारकाे सती ढुङ्गा

image_pdfimage_print

।।अरुण नदि किनारकाे सती ढुङ्गा बारे ।।

वारि जमुना पारी जमुना जमुनाकाे बिचमा मनकामना ,,,,,,, याे कर्ण प्रीय अावाजमा गाइएकाे पहाडी लयकाे गीतमा हामी सबै रमेका या झुमेका पनि छाैं ।

यस गीतमा अावाज भरेर गीत र लयलाई जीवन्त बनाउने खेम गुरुङ हामी बिच नरहनु भए पनि यस गीतमा एउटा ईतिहास छिपेकाे छ । एउटा संस्कृति झल्किएकाे छ । यस गीतकाे सेराे फेराेमा अरुण नदिकाे किनारमा रमाएका मनहरुका गाथा छन् । बिरह बेदना छन् । हँासाेका फुहार छन् , प्रेमालापका भाबहरु छन् अनि थुप्रै अाँशु , पीडाका चीत्कार र हृदय विदारक कारुणिक राेदनका कहालीलाग्दा सत्य कथाहरु पनि छन् ।

अरुण नदि हिमालबाट झरेर भाेजपुर दिङ्ला र खादबारीकाे बिचमा कलकल रुपमा अविरल बहिरहेकाे छ । याे वर्णन गरिएकाे क्षेत्रमा अरुण वारि र अरुण पारीका दुवै किनारमा कुनै समयमा एक – एक जामुनका वृक्ष रहेका थिए । नदि किनारमा मनाेकामना देवीकाे रुपमा शिला पत्थर पुजन गरिन्थ्यो । त्यस क्षेत्रका बासिन्दाले अाफ्नाे सुब्बे फाब्बेका लागि हरेक चाड पर्व र पारिवारिक उत्सबमा मनकामना देवीकाे चरणमा गएर फल फूल भेटी नैबेध्य टीका अविर धुप बात्ती चढाई सुख संम्बृद्धिकाे कामना गरिन्थ्याे । मांसाहार गर्नेले परिवारलाई कुनै बिपत्ति ,कष्ट अाई नलागाेस भनेर वली समेत दिने चलन पनि रहेकाेछ ।

कार्तिककाे ठुले एकादशीकाे बेला त्यहा हजारौं हजार जन मानषकाे उपस्थितिमा भब्य मेला लाग्दछ । मिठा मिठा परिकार अशल पहिरन , बस्त्र अाभूषण, उत्तम श्रृङ्गार लाली पाउडर र याैवनले सजिएका सुन्दर युवा युवतीकाे जमघट त्याे एकादशी मेला अलग्गै खालकाे राेमान्चक संस्कृतिकाे रुपमा धेरै अघि बाट चलि अाएकाे छ ।

मेलामा सेल राेटी , अचार , सुन्तला लगायत धेरै पुरातन बिबिध परिकार र स्थानीय उत्पादनहरु र साेम रस प्रचुर मात्रामा पाईन्छ ।

त्यस मेलाकाे समयमा युवा जाेडिहरु रातभर लाेकलयमा गीत लाउछन् , धान नाच्दछन् । तालमा ताल मिलाई नाच्दछन् ।प्रित गास्छन , प्रणय निवेदन गर्दछन , रमाउदछन् । जीवनका रंगीन सपनाहरु नयनमा सजाँउदछन् । कति घरवार जाेडिन्छन् अनि कतिका घर गृहस्थ ताेडिन्छन पनि ।

यी सवै कुरा त्यहि अरुण किनारमा रहेकाे ठुलाे अग्लाे सती ढुङ्गाले मुक साक्षी वनेर हजाराैं बर्षदेखि टुलुटुलु हेरिरहेको हुन्छ । सुनी रहेकाे।छ ।

यहाँ सती ढुङ्गाकै वर्णन गर्न याे रमाइलो पृष्ठभूमि जाेडिएकाे हाे तर त्यहाँ अानन्द रमाइलो अाहाााा मात्र छैन । त्यस परिवेशमा पीडा छ ,राेदन छ, चित्कार छ ,अाँशुकाे भेल प्रवाह छ , ब्यथा छ , प्राण भिक्षाका कथा छन् , जीवन दानका अनुनय विनय छन् ,मृत्युकाे अट्टहास छ, अग्नीकाे अाफ्नै विवशता छ , अनि हजाराै हजार हिन्दू नारीहरुका श्रापहरु छन् । हाे , याे सवै त्यहि सती ढुङ्गाले देखेकाे छ , भाेगेकाे छ , बाेकेकाे छ। मुक भएर पनि भाब बिह्वल बनेकाे छ । मुक सुस्केरा हालेकाे छ । त्यश ढुङ्गाका नयन पनि रसाएका हुदा हुन् !!

नेपालकाे ईतिहासमा रहेका धेरै कु-प्रथा मध्ये सती प्रथा धेरै बाेझिल, पिडादायी र मानवीय संवेदना रहित प्रथाकाे रुपमा शैयाै बर्ष सम्म रह्याे । धर्मका नाममा चलाइएकाे याे प्रथाबाट हजारौं हजार माताहरुले बाध्यात्मक बाेझिलाे मृत्यु वरण गर्नु प-याे ।

त्यस समयमा जब पतिकाे मृत्युु हुन्थ्यो तब पत्निले पति सङ्गै जिउदै चितामा जलेर भस्म हुनु पर्दथ्याे । उमेर जवानी काम व्यवहार धन धान्य बाल बच्चा केही भन्न पाइन्नथ्याे । जिउदै नारीलाई मृत पतिकासाथ लछार पछार पारेर अग्निमा हाेमेर भष्मीभूत पारिन्थ्याे । नारीकाे अग्नि युद्ध तथा मृत्यु चीत्कार मलामीजनले सुन्नु नपराेस भनेर जाेड ताेडले वाजा गाजा ढाेल बजाउने अचम्मको प्रचलन रहेकाे थियाे ।

पतिकाे मृत्युु पश्चात् चितामा हाेमिन नमान्ने हठ गर्ने नारीलाई बाहुवली मलामीहरुले जबरजस्ती पक्रेर अरुण किनारकाे त्याे ठुलाे अग्लाे ढुङ्गामाथि लगि नदिमा हुत्याएर प्राण लिने गरिन्थ्यो । हाे त्यहि सती ढुङ्गा इतिहासका सबै घटनाकाे मुक साक्षी बनेर भाेजपुर दिङ्ला र खादबारी निकट अरुण किनारमा अाज पर्यन्त टाेलाइ रहेकाे छ । सायद राेई रहेकाे छ । दन दनी अाकासिएकाे अागाे सङ्ग युद्ध गर्दै कदाचित भागेर ज्यान जाेगाउन प्रयत्न गर्ने ज्वाला सहितकी नारीलाई हरियाे बाँसले , ढुङगाले भक्क पछारेर पुनः चितामा लगेर जलाएकाे पनि यस सती ढुङ्गाले नजिकबाट प्रत्यक्ष देखेकाे छ । महसुस गरेको छ । सायद पिडा बाेध पनि ग-याे कि ??

यस्ताे कारुणिक चीत्कारमय पाशविक चलन हजारौ बर्ष पछि अन्त्य त भयाे । बि सं १९७७ /०३/२५.मा राणा शासक श्री ३ चन्द्र शमशेरले सती प्रथाकाे उन्मूलनकाे घाेषणा गरेका हुन । याे कु-प्रथा नेपाल लगायत हिन्दु सनातनीहरुकाे बसाेवास रहेका मुलुकहरुमा चलेकाे थियाे । यस कु-प्रथाका कारण लाखाैं नारीले अकालमा जवरन् मृत्युको गाँस बन्नु परेकाे थियाे ।

तीनै सती माताहरुले दिएकाेे श्रापका कारण , नेपाल भन्ने राष्ट्रका हामी जनताले अाज सम्म विभिन्न खाले पीडा भाेग्नु परेकाे हाे भनी भन्ने समेत गरिएको छ।

यस मुहार पुस्तिकाका पृष्ठमा सती ढुङ्गाकाे वर्णन किन भनेर प्रश्न अाउन सक्दछ । कारण केहाे भने हामी गाैतमका पुर्वजहरु काशिदाश लगायत कर्णालीकाे सिंजा क्षेत्रमा बिद्वताका कारण गाेतम गाउँ बिर्ता पाएर गाेतम गाउमा धेरै बर्ष बसे । पछि सन्तान वृद्धि भइ काेहि कता काेहि कता उत्तम क्षेत्र काे खाेजी गर्दै स्थानान्तरण गर्न थाले । सम्मान साथ पंण्डित्याई गर्ने स्थान ,उपयुक्त उब्जाउ जमिन र गाेठ प्रबन्धनकाे लागि अशल स्थान चयन गर्दै पूर्व तर्फ अाउन थाले । याद रअाेस त्यसताका नामका पछि गाेतामे या गाेताम्य या पाध्ये लेख्ने चलन रहेकाे थियाे ।

गाैतमहरुले देशका विभिन्न स्थानमा बिद्वताका कारण धेरै स्थानमा विर्ता ग्रहण गर्नु भएको छ । साेहि क्रममा भाेजपुरकाे दिझ्लामा समेत पूर्वजले बिर्तामा प्रशस्त जग्गा पाएर धेरै समय अघि देखि हाल सम्म हजाराैं गाैतमहरु बसाेवास गरिरहबसाेवास गरिरहनु भएको छ।

त्यहा हाल रहनु हुने या त्यहाँबाट अन्यत्र जानू हुने गाैतमलाई अथवा अन्य थर गाेत्रका बासिन्दालाई समेत अरुणकाेल याे कथा मात्र हाेइन अरु धेरै कथा र ब्यथाकाे बृत्तान्त थाहा हुन सक्छ र कुनै उजागर गर्न याेज्ञ बिषय छन् भने सार्वजनिक गराैं भन्ने उद्येश्यले याे लेख तयार गरिएको हाे ।

सती प्रथाकाे बिषयमा झापाली लेखक कृष्ण धरावासीकाे उपन्यास झाेला र साे माथि बनेकाे चलचित्र झाेला हेर्दा निकै कुरा छर्लङ्ग हुन अाउछ । साथै तत्कालीन क्रुर शाशककाे खुलेर बिराेध गर्ने प्रथम शाहसी नारी याेगमायाकाे जीवनी बारेकाे पुस्तक अध्ययन गर्दा पनि धेरै कुराकाे बाेध हुनेछ ।

सती ढुङ्गाकाे चर्चाले त्यस समयमा हुने गरेका पाशविक कार्यकाे संकेत मिल्दछ । इतिहासमा हिन्दूहरुकाे बसाेवास भएको क्षेत्रमा यस्ता कति सती ढुङ्गाहरु रहे हाेलान । कति सती भिर रहे हाेलान् । कति सती डाेरी रहे हाेलान् । त्यहाकाे बायुमा कति सतीका चीत्कार विलय भए हाेलान । अश्रुधारा बहे हाेलान् । सम्झदै त मन भक्कानिएर अाउदछ । कथाका शव्दले त अाँखा रसाँउदछन् । त्याे भाेगाइ कस्ताे थियाे हाेला ?????????

।।ईडिट गर्नकालागि उत्तम टिप्पणीकाे अाशा गर्दछु।।

(भाव र तस्विर बन्धु अम्बिका गाैतम , सिलिगुडी माेदिस्तान बाट प्राप्त )

Leave a Reply