खेवाङ्गे बन्धु #चन्द्रप्रकाश गाैतम 46 काे वंश वृत्तान्

image_pdfimage_print

खेवाङ्गे बन्धु #चन्द्रप्रकाश गाैतम 46 (DIG) काे वंश वृत्तान्त

याे वंश प्यारीलाल पाध्ये 36 तथा हरि शर्मा 37 का सन्ततिहरु हुन । पशुपति 38 वंशका वंशजहरु ताप्लेजुङको खेवाङ र यसको अासपास पेदाङ , मेहेले , सावलाखु अादि गरिएका स्थानमा ठूलो रजगज र शानका साथ बसाेबास गरि खेवाङ्गे गाैतमका नामले ठूलो प्रसिद्धि अार्जन गरेका थिए ।

यस वंशका सन्ततिहरु दूवाे माैलाए झै देस-देशान्तरमा छरिएर रहेका छन् । पहाड ताप्लेजुङको खेवाङ याङरुपबाट फैलिएर सुनसरी माेरङ,झापा, इलाम, पाँचथर ,काष्ठमण्डप ,अासाम सिक्किम ,नागालैण्ड,मणिपुर भूटान सम्म अत्यन्तै ठूलो संख्यामा रहेका छन् ।

याे गाैतम वंशमा हरेक 3/3 बर्षकाे अन्तरालमा देवाली पूजन गरि कुल देवता गाेकुलमाला, उमा , भागिरथी, बिरे सेवक ( मनिपुरे ) र पुर्खुकाे समेत कडा नियम पूर्वक , विधि बिधान सहित पूजन स्मरण गर्ने अटुट अविचलित परम्परा रहि अाएकाे छ ।

यस पूजन हेतु मष्ट ,लाटाे मष्ट ,वाराह मष्ट अादि नाम गरिएका विभिन्न प्रकारका गाैतम धामी परम्परा समेत रहेको छ ।

बाेका बली दिइ देवबली ( देवाली ) पूजन परम्परा पहाडै देखि रहि अाएकाे छ । हाल अहिंसात्मक पूजन गराै भन्नेकाे संख्या पनि ठूलै रहेको छ । कतै कतै हिंसात्मक बली पूजा हुदै गरेको भए ता पनि वैदिक परम्परा अनुसार अहिंसात्मक पूजन गर्ने तर्फ बिशेष जाेड दिदै अाइएकाे छ । ईश्वरलाई ईश्वरकै सन्तान बली चढाउनु वैदिक नियम भित्र नभएको भनी ज्ञाताहरु अहिंसात्मक शिक्षा दिई रहनु भएको छ। छागबलीकाे सट्टामा खीर अादि मिष्ठान्न पकवान , धुप ,पुष्प अर्पण गर्नु वैदिक नियम भित्र पर्दछ । बली रहित कुल पूजनका बारेमा गाैतम बन्धुहरु बिच व्यापक छलफल तथा बहस गर्नु अाबश्यक रहेको देखिन्छ ।

यस परिवारका हरेक धुरीमा धान्य पूर्णिमा र चण्डी पूर्णिमा गरि बर्षकाे दुई पटक अा-अाफ्ना गाेठमा गाेठधुप गर्ने गरिन्छ । हाल अाएर सामुहिक गाेठधुप पनि गरिन्छ । सामुहिक गाेष्ठधुप गरिएमा हरेक धुरी बाट गाईकाे अाेलन , घ्यू, धुप , बात्ती ,भेटी ,पुष्प , चामल अादि पूजन सामाग्री ताेकिएकाे स्थलमा लैजाने गरिन्छ ।

प्रस्तुत छ खेवाङ्गे बन्धु #चन्द्रप्रकाश गाैतम 46 काे वंश बृतान्त : वंशावली 2069 पेज नम्बर 173/148

47 चेली अार्या

46 #चन्द्रप्रकाश गाैतम ( DIG ) पत्नी मुना गाैतम

(दाजुभाइ चैतन्य,हरिप्रसाद ,देवीप्रसाद ,हेमराज गाैतम 46,)

45 खड्गप्रसाद गाैतम

(दाजुभाइ छविलाल ,लाेकनाथ,जीवलाल महेन्द्र गाैतम 45)

44 मनाेरथ गाैतम

( दाजुभाइ रंगलाल,कृष्णलाल,भाेला,लीलाधर गाैतम 44 )

43 श्रीलाल

42 रामभद्र

41 छविलाल

40 शिवनिधि

39 बालकृष्ण

38 पशुपति

37 हरिशर्मा

36 प्यारीलाल ( पुरुषाेत्तम , नारायणदास )

Leave a Reply