ताप्लेजुङ खेवाङ

image_pdfimage_print

खेवाङ्गे बन्धुहरुकाे छाेटाे परिचय

याे वंश प्यारीलाल पाध्ये 36 तथा हरि शर्मा 37 का सन्ततिहरु हुन । पशुपति 38 वंशका वंशजहरु ताप्लेजुङको खेवाङ र यसको अासपास पेदाङ , मेहेले , सावलाखु अादि गरिएका स्थानमा ठूलो रजगज र शानका साथ बसाेबास गरि खेवाङ्गे गाैतमका नामले ठूलो प्रसिद्धि अार्जन गरेका थिए ।

यस वंशका सन्ततिहरु दूवाे माैलाए झै देस-देशान्तरमा छरिएर रहेका छन् । पहाड ताप्लेजुङको खेवाङ याङरुपबाट फैलिएर सुनसरी माेरङ,झापा, इलाम, पाँचथर ,काष्ठमण्डप ,अासाम सिक्किम ,नागालैण्ड,मणिपुर भूटान सम्म अत्यन्तै ठूलो संख्यामा रहेका छन् ।

याे गाैतम वंशमा हरेक 3/3 बर्षकाे अन्तरालमा देवाली पूजन गरि कुल देवता गाेकुलमाला, उमा , भागिरथी, बिरे सेवक ( मनिपुरे ) र पुर्खुकाे समेत कडा नियम पूर्वक , विधि बिधान सहित पूजन स्मरण गर्ने अटुट अविचलित परम्परा रहि अाएकाे छ ।

यस पूजन हेतु मष्ट ,लाटाे मष्ट ,वाराह मष्ट अादि नाम गरिएका विभिन्न प्रकारका गाैतम धामी परम्परा समेत रहेको छ ।

बाेका बली दिइ देवबली ( देवाली ) पूजन परम्परा पहाडै देखि रहि अाएकाे छ । हाल अहिंसात्मक पूजन गराै भन्नेकाे संख्या पनि ठूलै रहेको छ । कतै कतै हिंसात्मक बली पूजा हुदै गरेको भए ता पनि वैदिक परम्परा अनुसार अहिंसात्मक पूजन गर्ने तर्फ बिशेष जाेड दिदै अाइएकाे छ । ईश्वरलाई ईश्वरकै सन्तान बली चढाउनु वैदिक नियम भित्र नभएको भनी ज्ञाताहरु अहिंसात्मक शिक्षा दिई रहनु भएको छ। छागबलीकाे सट्टामा खीर अादि मिष्ठान्न पकवान , धुप ,पुष्प अर्पण गर्नु वैदिक नियम भित्र पर्दछ । बली रहित कुल पूजनका बारेमा गाैतम बन्धुहरु बिच व्यापक छलफल तथा बहस गर्नु अाबश्यक रहेको देखिन्छ ।

खेवाङ्गे परिवारका हरेक धुरीमा धान्य पूर्णिमा र चण्डी पूर्णिमा गरि बर्षकाे दुई पटक अा-अाफ्ना गाेठमा गाेठधुप गर्ने गरिन्छ । हाल अाएर सामुहिक गाेठधुप पनि गरिन्छ । सामुहिक गाेष्ठधुप गरिएमा हरेक धुरी बाट गाईकाे अाेलन , घ्यू, धुप , बात्ती ,भेटी ,पुष्प , चामल अादि पूजन सामाग्री ताेकिएकाे स्थलमा लैजाने गरिन्छ ।

खेवाङ्गे वंश पशुपति वंश हाे ।

याे वंश प्यारीलाल पाध्ये 36 तथा हरि शर्मा 37 का सन्ततिहरु हुन । पशुपति 38 वंशका वंशजहरु ताप्लेजुङको खेवाङ र यसको अासपास पेदाङ , मेहेले , सावलाखु अादि गरिएका स्थानमा ठूलो रजगज र शानका साथ बसाेबास गरि खेवाङ्गे गाैतमका नामले ठूलो प्रसिद्धि अार्जन गरेका थिए ।

यस वंशका सन्ततिहरु दूवाे माैलाए झै देस-देशान्तरमा छरिएर रहेका छन् । पहाड ताप्लेजुङको खेवाङ याङरुपबाट फैलिएर सुनसरी माेरङ,झापा, इलाम, पाँचथर ,काष्ठमण्डप ,अासाम सिक्किम ,नागालैण्ड,मणिपुर भूटान सम्म अत्यन्तै ठूलो संख्यामा रहेका छन् ।

याे गाैतम वंशमा हरेक 3/3 बर्षकाे अन्तरालमा देवाली पूजन गरि कुल देवता गाेकुलमाला, उमा , भागिरथी, बिरे सेवक ( मनिपुरे ) र पुर्खुकाे समेत कडा नियम पूर्वक , विधि बिधान सहित पूजन स्मरण गर्ने अटुट अविचलित परम्परा रहि अाएकाे छ ।

कुल पूजन हेतु मष्ट ,लाटाे मष्ट ,वाराह मष्ट अादि नाम गरिएका विभिन्न प्रकारका देवहरु पूजन गर्ने विभिन्न गाैतम धामी परम्परा समेत रहेको छ ।

बाेका बली दिइ देवबली ( देवाली ) पूजन परम्परा पहाडै देखि रहि अाएकाे छ । हाल अहिंसात्मक पूजन गराै भन्नेकाे संख्या पनि ठूलै रहेको छ । कतै कतै हिंसात्मक बली पूजा हुदै गरेको भए ता पनि वैदिक परम्परा अनुसार अहिंसात्मक पूजन गर्ने तर्फ बिशेष जाेड दिदै अाइएकाे छ । ईश्वरलाई ईश्वरकै सन्तान बली चढाउनु वैदिक नियम भित्र नभएको भनी ज्ञाताहरु अहिंसात्मक शिक्षा दिई रहनु भएको छ। छागबलीकाे सट्टामा खीर अादि मिष्ठान्न पकवान , धुप ,पुष्प अर्पण गर्नु वैदिक नियम भित्र पर्दछ । बली रहित कुल पूजनका बारेमा गाैतम बन्धुहरु बिच व्यापक छलफल तथा बहस गर्नु अाबश्यक रहेको देखिन्छ ।

यस परिवारका हरेक धुरीमा धान्य पूर्णिमा र चण्डी पूर्णिमा गरि बर्षकाे दुई पटक अा-अाफ्ना गाेठमा गाेठधुप गर्ने गरिन्छ । हाल अाएर सामुहिक गाेठधुप पनि गरिन्छ । सामुहिक गाेष्ठधुप गरिएमा हरेक धुरी बाट गाईकाे अाेलन , घ्यू, धुप , बात्ती ,भेटी ,पुष्प , चामल अादि पूजन सामाग्री ताेकिएकाे स्थलमा लैजाने गरिन्छ ।

साविक खेवाङ्ग फेरेमा जन्म भइ हाल सुरुङ्गा निवासी बन्धु महेन्द्र प्रसाद गाैतम 45 ले ठूलो कष्ट , यत्न , मेहनत गरेर शार्दूलविक्रिडित तथा अनुष्टुप छन्दमा पशुपति वंशकाे पशुपति वंशावली उल्लेख गरेर 92 पृष्ठकाे

“पशुपति वंश परिचय” नामक पुस्तक निजी खर्च ब्यवस्थापनमा बि सं 2068 सालमा प्रकाशन गर्नु भएको छ । बन्धु महेन्द्र प्रसाद गाैतम 45 अार्य समाजी परम्पराबाट दिक्षित भएर अहिंसात्मक सत्य मार्गमा रहनु भइ वैदिक अध्ययन तथा नित्य साधनारत रहनु भएको छ । उहाँको पुस्तकबाट साविक खेवाङका बन्धुहरुकाे एकतामा बल पुगेकाे छ ।

ताप्लेजुङको खेवाङ गाउँको काे प्रसिद्धि निकै पर सम्म पुगेकाेछ । स्थानीय लिम्बू बाेलीमा धाैले घर भनि ( ठूलाे घर ) संज्ञा पाएकाे धाैले घर हाल सम्म चर्चामा नै रहेको छ । यहाँ बस्ने गाैतमहरु बसाइँ सरेर झापा शिवगन्ज अाइ बस्दा पनि धाैलेका गाैतम भनि भनिएकाले उनीहरू बस्ने चाेक धाैले चाैकका नाममा प्रसिद्ध रहेको छ।

खड्गप्रसाद गाैतम हाल धाइजन , ,,,,, लगायतका,,,,,,,, बन्धुहरु यस वंशमा निकै नामि धामीहरु रहेका थिए । ,,,,, अादि नाम गरिएका धामीहरु लगायत हाल नन्दिकेशर गाैतम 46 बुधवारे , छविलाल गैतम 45 लखनपुर, ,,,,,,,,,अादि कुल देवता पूजक धामीहरु रहनु भएकाे छ ।

ताप्लेजुङको खेवाङ , मेहेले ,सावलाखु क्षेत्रबाट तराईमा झरेर तेस भेगका बन्धुहरु ईलाम, मेची नगर, शिवसताक्षी,शिवगन्ज ,माईधार , बुधवारे ,

बिर्तामोड ,सुरुङ्गा , दमक,माेरङ्ग , सुनसरी ,काष्ठमण्डप , दार्जिलिङ , सिक्किम, नागालेण्ड , मणिपुर , अासाम , बंगाल अादि क्षेत्रमा रजगजका साथ बसाेवास गरेको पाइन्छ ।

समग्रमा पशुपति वंशका गाैतमहरु निकै ठूलो संख्यामा वंश बृद्धि भइ अाएकाे पाइन्छ । यस वंशका सवै सन्ततिहरुलाई महर्षि अत्रि तथा माता अनुसूयाबाट सदैव अाशिर्वाद प्राप्ति भइ रहाेस भन्ने कामना गर्दछाैं ।

Leave a Reply