लमजुङका अत्रि गाेत्रका साखी बन्धुहरु वारे *

image_pdfimage_print

*लमजुङका अत्रि गाेत्रका साखी बन्धुहरु वारे *

धेरै अघि देखि तनहुँ क्षेत्रमा अत्रि गाेत्रीय गाेतामेहरुकाे घना बसाेबास रहेकाे थियाे । रुकुम क्षेत्रबाट गाेताम्यहरु तनहुँमा अाएर बसाेवास गरेका हुन् । हाल पनि तनहुँमा गाैतमकाे घना बसाेबास रहेकाे छ । त्यस ताका तनहुँकाे साँखुली भन्ने स्थानमा अत्रि गाेत्रका गाेतामे या गाैतम थर लेख्ने मानिसहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

तनहुँ साखुलीका बासिन्दा गाेतामेहरु अशल जमिनकाे खाेज तलास गर्दै जादा लमजुङमा पुग्दा अशल जग्गा भेटिएकाले २ भाई गाेतामे पुर्खाहरु तनहुँबाट बसाइँ अाई लमजुङमा बस्न थालेछन् ।

लमजुङमा उनीहरुलाई साखुलीबाट अाएका गाेतामे भन्ने गरियाे । साखुली साखुली भन्दा भन्दै कालान्तरमा वचन दाेष भएर उनीहरुलाई साखी भन्न थालिएछ ।

लमजुङ क्षेत्रमा राणा सरकारले स्थानीय जनतालाई जग्गा जमिन पँजनी गर्ने भएछ । पजनी / बितरण गर्ने सन्दर्भमा श्रेस्ता तयार गर्न नाम थर उल्लेख गर्दा त्याे साँखुली भन्ने स्थानबाट अाएका गाेतामे जतिकाे थर अरु स्थानीयले भनेझैं दर्तावाल कारिन्दाले पनि साखी नै जनाई दिएछन् । जग्गा श्रेस्ता लगत कायम गर्दा ब्यक्तिगत विवरणमा नरपति गाैतम लेख्नु पर्नेमा सरकारी कारिन्दालेे नरपति नाम मात्र लेखी थर जनाउनका लागि ” साखी ” शब्दको प्रयाेग गरि नरपति साखी लेखिदिएछन् । साेहि अनुसार त्यहा भएका सवै गाेतामे/ गाैतम काे नाम पछि थर जनाउने शब्दमा साखी उल्लेख गरीदिए छन् ।

पछि ती दुई बुढाका सन्ततीले जग्गा धनी पुर्जा / नापी जस्ता सरकारी श्रेस्तामा थर गाैतम नभइ साखी दर्ता भएकाले उनीहरुले पनि गाैतम नलेखी साखी नै लेख्न थालेछन् ।

त्यसपछि तनहुँकाे साखुलीबाट अाई बस्ने अत्रि गाेत्र भएका गाैतमहरु अाफ्नाे थर साखी लेख्न थालेछन् र सन्तान दर – सन्तान साखी नै लेख्न थाले छन। साे क्रम निरन्तर हाल सम्म चलि रहेकाे छ । अब त लमजुङ तथा चितवन/ परासी अादि ठाउँमा साखी थर लेख्ने अत्रि बन्धुकाे संङ्ख्या २०० भन्दा अधिक भइ सकेकाे छ ।

नागरिकताकाे प्रमाणपत्र ,शैक्षिक प्रमाणपत्र , जग्गा दर्ता धनी पुर्जा लगायतका सवै सरकारी कागजादमा साखी थर उल्लेख गरेर बनाईएका छन् । ।

समयान्तरमा गाेत्र अत्रि लेख्ने साखीहरु गाैतम भन्दा टाढा धेरै टाढा पुगे । अहिले लमजुङमा साखी समाज नेपाल गठन गरेर अाफ्नाे हितका लागि संगठित भइ सकेका छन् ।

हाल साखीहरुकाे मुख्य बसाेवास लमजुङ,तनहुँ नवलपरासी र चितवन क्षेत्रमा रहेकाे छ । अव अाएर साखीहरु र गाैतमहरु विच दूरी धेरै बढेकाे छ ।

धेरै नयाँ थरकाे सुरुवात स्थान विशेषका कारण भएको पाइन्छ , यहाँ पनि त्यस्तै भएको छ ।

गाैतमहरु विभिन्न स्थानमा विभिन्न अा- अाफ्नै कारणले अाफ्नाे थर गाेतामे , गाैतम, उपाध्याय , शर्मा, क्षत्री , छेत्री , बाहुन , के सी ,गिरी अादि लेख्ने गर्दछन् । अब नयाँ सगाेत्री साँखी थपिएको छ ।

बाबुराम साखी भन्नु हुन्छ “अब साखीहरुले गाैतम लेख्ने सभावना छदैछैन । सरकारी कागजादमा साखी उल्लेख भएको हुनाले र शैक्षिक प्रमाणपत्रमा साखी उल्लेख भई सकेकाले अब हामी साखी हाैं ” भन्नु हुन्छ ।

मैले जानकारी पाए सम्म साखी र गाैतम विच बिबाहवारि भएकाे त छैन तर यदि ईतिहास नखाेज्ने हाे भने साखी र गाैतम विच सम्बन्ध गासिन बेर छैन । अत: यस बारेमा बिस्तृत खाेजी गरि सत्य सार्वजनिक गर्न अत्यन्त जरुरी भएको देखिन्छ ।

यसकाे बारेमा बृहत् सामाग्री खाेज गरेर अझ बढि यथार्थ जन मानस बिच ल्याउन लमजुङ / तनहुँ/ चितवन / परासी / कास्की निवासी अत्रि बन्धुहरुलाई अनुराेध गरिन्छ ।

गाैतम समाज नेपालले यस बारेमा बृहद अध्ययन गरि ठाेस कुरा सार्जनिक गर्न जरुरी समेत भएको महसुल गरिएको छ ।

( श्राेत — गाैतम समाज चितवनका जिल्ला उपाध्यक्ष बन्धु गाेमा गाैतम र साखी समाज नेपालका अध्यक्ष बन्धु बाबुराम साखी सङ भएको वार्तामा अाधारित रहेको छ ।)

जय बन्धु

Leave a Reply