परिश्रमी बैजनाथकाे राेचक सत्य कथा

image_pdfimage_print

परिश्रमी बैजनाथकाे राेचक सत्य कथा ,

हाम्रा पुर्वजहरु काशिदासकै पालादेखि नै तत्कालीन राजाका निकटतम भएर अथवा राज पुराेहित ज्याेतिष भएर , या विद्वान अथवा वीर भएर विभिन्न बिर्ताहरु ग्रहण गर्दै अाएकाे लिखित इतिहास छ । कर्णाली प्रदेशको सिंजा क्षेत्रबाट घस्याइलाे , बालीनाली याेज्ञ ,पन्याउलाे अादि गुण भएको अशल जमिनकाे खाेजी गर्दै कास्की, अर्घाखाँची अादि क्षेत्रहरु हुँदै पछिल्लो पिडिका सन्ततिहरु क्रमशः रामेछाप , काभ्रेपलान्चोक तर्फ अाएकाे इतिहास छ ।

गाेतामे / गाेताम्य/गाैतमहरुले धेरै ठाउँमा पाएका धेरै विर्ताहरुकाे प्रमाण अध्यावधिक पाइएका छन् । ती मध्ये गाेतामकाेट विर्ता ,खिदिममा कुश विर्ता , खाँची विर्ता,कास्की चाैर विर्ता, चाैरी खर्क विर्ता , दिङ्ला विर्ता अादि प्रमुख रहेका छन् ।

सुब्बा हेमन्तले दुई पुत्रहरु र परिवारलाईअर्घाखाँचीकाे खिदिममा छाडी सरकारी नाेकरीकाे सिलसिलामा काभ्रेपलान्चोक तर्फ अाउनु भएछ । तेहा उहाँले पुन: बिबाह गरि छ छाेराहरु भए छन् । ती छ भाइहरुमा गंगाधर, शिरपति ,तुलाराम,ऋषिराम ,बैजनाथ , अग्नीधर रहेछन् ।

बालै पाध्ये र विसु पाध्येका सन्ततीहरु अर्घाखाँची ,पाल्पा बटाैली,काष्ठमण्डप तर्फनै झांगिएर रहेका छन् । गंगाधरका सन्ततिहरु दाेलखाबाट ईलाम साखेजुङ्ग तर्फ रहि तेहाबाट अासाम ,भूटान सम्म छरिएर फैलिएका छन् । तुलाराम र ऋषिराम का सन्ततिहरु संखुवासभाको भन्ज्याङ खर्क ,चैनपुर अादि क्षेत्रबाट जहितहि फैलिएका छन् । शिरपतिका सन्ततिहरु फेदाप काेयाखाेला तथा मराहाङबाट सर्वत्र माैलाएका छन् भने अग्नीधर वाल्यअवस्थामा नै देहावसान भएकोले सन्तान नै भएनन् । वैजनाथका सन्तानहरु दाेलखाबाट फेदाप काेयाखाेला अाइ तेहाबाट यत्रतत्र सर्वत्र फैलिएर रहेका पाइन्छन् ।

ती मध्ये यहाँ परिश्रमी पूर्वज बैजनाथकाे ज्ञात भए जति जानकारी प्रस्तुत गरिएको छ । वैजनाथ खेती किसानी गर्ने अाध्यात्मिक चिन्तन गर्ने धार्मिक स्वभावकाे साधारण तर चतुर गृहस्थ पूर्वज रहनु भएकाे थियो ।

खेती किसानी गृहस्थ व्यवहार बालबच्चालाई स्याहारसुसार गर्दा केहि ऋणकाे वाेझ समेत बाेक्नु परेर केहि चिन्तित रहनु भएकाे रहेछ ।

याे तेसै समयकाे कुराहाे । तत्कालीन नेपालकाे राणा सरकारले तिव्वती सम्राटलाई शर्तनामा अनुसार हरेक बर्ष सिर्ताे ( काेशेली / सरकारले बुझाउने कर) बुझाउनु पर्दाे रहेछ । सिर्ताे बुझाउन नेपालबाट कुल्ली, सरदार ,हाकिम, अादिकाे ठूलाे लस्कर ढाकर बाेकेर ल्हासा जादैछ, भन्ने सन्देश कतैबाट वैजनाथकाे कानमा परेछ ।

ल्हासा जाने कुरा गाइगुई सुनेपछि अाफु पनि तिव्वत जाने मनसुवा गर्नु भएछ । सरकारी अड्डामा गई अाफु पनि तिव्वत जान पाँऊ भनी सरकारी हाकिमलाई धेरै विन्ती निवेदन चढाउनु भएछ । विन्ति सुनेर हाकिमले “तिमी लुरे बाहुन भारी बाेक्न सक्दैनौं कसरी जान्छाै”? भनी प्रश्न गरेछन् । बैजनाथले म उपाध्याय बाहुन हुँ , भरिया हाेइन लस्करकाे भान्सेकाे रुपमा लैजानुस भनी विन्ती गर्नु भएछ । तब हाकिमलाई चित्तबुझ्दो जवाफ अाएकाले बैजनाथ गाेताम्यलाई तिव्वत जाने हुकुम भइ भान्सेकाे रुपमा ल्हासा जाने अनुमति पाउनु भएछ ।

त्यस वेला नेपाल सरकारले भाेटकाे तिव्वती सरकारलाई सालिन्दा सिर्ताे बुझाउनु पर्ने नियम रहेछ । सिर्ताे / काेसेलीकाे रुपमा खासगरी अन्नपात लैजाने परम्परा रहेछ । साे काेशेली बुझाए पछि ल्हासा गएका सवै लस्कर नेपाल फर्किएछन् । चतुर ब्राह्मण बैजनाथले भने तत्काल नेपाल नफर्कि तेतै बस्ने मनसुवा गरि तेहाँका भाेटे हाकिम सङ अनुरोध गर्दा केही समय तेतै रहने अनुमति पाउनु भएछ ।

सवै कुरा मिलाए पछि वैजनाथले त्यहाँ मजदुरी हेतु ल्हासामा नै रहन पाउनु भएछ । तेहाँ उहाँ 12 बर्ष सम्म रहनु भएछ । तेहाँ 12 बर्षसम्म रहदा उहाँले उहाँले दिनभर विभिन्न कठाेर परिश्रम ( सुन खानी मजदुर ? ) गर्ने तथा साँझ-विहान समय मिलाएर स्थानीय तिव्वतीकाे घर-घरमा गई दाहिने हातकाे बुढी अाैंलाकाे माथिल्लो भागमा हुने खाेविल्टाे भरि सुनकाे भिक्षाटन गर्न थाल्नु भएछ ।

12 बर्ष सम्म निरन्तर तिव्वतमा रहनु हुँदा बैजनाथले बडो मेहनत र चतुर्‍याइँ साथ राम्रो संग्रह गर्नु भएछ । अार्जित सम्पूर्ण सामाग्री , महत्त्वपूर्ण सर-सामान , सुन , चाँदी,जिन्सी लत्ताकपडा अादि 12 जना भरियालाई बाेकाएर वैजनाथ अाफ्नाे परिवार रहेकाे स्थान दाेलखा वेताली ( हाल काभ्रे जिल्ला ) फर्कनु भएछ । हिमाल हुँदै पहाड काट्नु पर्ने त्यस बेलाकाे गाेरेटाे बाटाे पछ्याउँदै बेताली अाइ पुग्न त्याे 13 जनाकाे हुद्दालाई महिनाै लागेकाे थियोे ।

थकित गलित दाेलखा वेताली अाफ्नाे घर परिवार भएको स्थान अाई पुग्दा अवेर साँझ परिसकेको रहेछ । पहाडमा सूर्य अस्ताए पछि अन्न ग्रहण गर्नु हुदैन भन्ने पुरानो चलन रहेकाे हुनाले घरका सवै जना खानपिन सकेर ढाेकामा विरे अाग्लाे लगाई सुतिसकेका रहेछन् ।

घरमा अाइ पुगेर , “ढाेका खाेल बत्सला ! तिम्रो पति अाएकाे छु” भनी वारम्बार बैजनाथले भने पनि 12 बर्ष हराएको पतिकाे अावाज पहिचान गर्न नसकेकाले वत्सलादेवीले ढाेका खाेल्नु भएनछ ।

घरकाे ढाेका नखाेली भित्रैबाट “काे हुन गयाै ? हामी अाइमाई केटाकेटी मात्रै घरमा भएकोले ढाेका खाेल्दैनाैं । अन्तै गएर बास माग” भन्ने अावाज सुने पछि अलि पर बारीकाे कान्ला मुनी गएर रात गुजार्नु भएछ ।

भाेलि पल्ट विहान बैजनाथ भरिया सहित घर अाउनु भएछ तर बत्सला देवीले अाफ्नै पतिलाई पहिचान गर्न सक्नु भएनछ । नयाँ मानिसकाे हुद्दा देखे पछि गाँउघर वरपरका छिमेकी भेला भए छन् । नानाथरी प्रश्न हरु साेधिएछन् ।उत्तर दिने क्रममा बैजनाथ हाँस्दा खेरि दाँत देखे पछि मात्रै बत्सलादेवीले अाफ्ना ख्वामितलाई पहिचान गरि स-सम्मान पाउ धाेएर शिरमा पानी अचाई गृह प्रवेश गराउनु भएको रहेछ ।

ल्हासामा रहदा वैजनाथले सुनचाँदी लत्ताकपडा लगायत एक कुनै विषेश बस्तु ( एक मुखे रुद्राक्ष ?? या कुनै अनमाेल धातु ? मणि माणिक्य ) समेत प्राप्ति गरि ल्याउनु भएको रहेछ । तिव्वतबाट ल्याएका सम्पत्तिबाट अाफ्नाे पुरानो ऋणादि सबै चुकाउनु भइ बडाे सुखका साथ जीवनकाे उत्तरार्ध ब्यतित गर्नु भएछ । ऋणको बाेझले अाजीत भएर उहाँ मुङ्लान पस्नु परेको थियोे । पछि लागेको जति सवै ऋण अाफ्नै कमाइबाट तिरे पछि शरिरबाट काँडाे झिके झै अानन्दित रहनु भएको थियोे ।

उऋण भए पछि उहाँलाई सन्तुष्टि त भयो नै । साथै साथमा अाफु सङ नगद सुनचाँदी पनि भए पछि गाउँ घरमा सरसापटि लेन देन चल्न थाल्याे । यसाे गर्दा गर्दै वैजनाथ त्यस क्षेत्रका धनी मानिसको रुपमा चिनिदै जानू भएछ । समय काल पछि उहाँलाई त्यस क्षेत्रका माजन (महाजन) काे रुपमा ख्याति समेत प्राप्त भएछ ।

तेसवेला जीवन यापनकालागि सामान्य खेतीपाती गर्ने गाई भैंसीको सेवा गर्ने जस्ता कामहरु हुने गर्दथे । जस्वाट पेट पाला सम्म मात्रै हुने गर्दथ्याे । नगदकाे काराेवार नगन्य मात्रामा मात्रै हुने गर्दथ्याे । सरकारलाई तिर्नु पर्ने कर ( पाेत ) भने नगदमै तिर्नु पर्ने हुँदा नगदकाे ठूलो अभाव रहेकाे हुन्थ्यो । त्यहि नगद उहाँ सङ भए पछि उहाँको ख्याति वरपरका गाउँमा समेत फैलन पुगेको थियोे ।

वैजनाथका दुई पुत्रहरु जेठा जयकृष्ण र कान्छा श्रीकृष्ण रहनु भएको थियोे । सुरुमा अलि दुःख- दु:खै भए पनि पछि पिताको अार्जनबाट जयकृष्ण र श्रीकृष्ण ठूलो समेत नगद काराेवारी हुनु भएछ ।

बैजनाथले ल्हासा बाट ल्याएकाे त्यो विषेश बस्तुका कारण वैजवंशमा अतिव भाग्याेदय भएको इतिहास रहेको छ । वैजनाथकाे निधन पछि त्याे अनमाेल बस्तु उहाँका कनिष्ठ पुत्र श्रीकृष्णका साथमा रहेकाे थियोे ।

पछि समय क्रममा अव्वल जग्गाको खाेजमा जयकृष्ण काेयाखाेला तर्फ अाउनु भएछ । काेयाखाेला त्यस वेला काेयाखाेला क्षेत्रमा अाठ पहरिया राईकाे जिम्दारी रहेकाे थियोे । जग्गाका जिम्दार भए पनि किराँतीहरुलाई सरकारलाई पाेत तिर्ने नगदकाे ठूलो अभाव भए पछि राईहरुलाई ठूलो छट्पटी भएछ ।

याे सवै अन्तरमर्म बुझेर जयकृष्णले भाइ श्रीकृष्ण लाई काेयाखाेला नै झिकाउने साेच बनाउनु भएछ । जयकृष्णकाे सल्लाह अनुसार भाइ श्रीकृष्णलाई बेतालीवाट काेयाखाेला बडाे सम्मानका साथ महाजनकाे रुपमा बाेलाइएकाे रहेछ । राईहरुले महाजनलाई फेदाप खेलपुरमा धान खेत , वारि, गाेठ ,अाहाल , खर्क , ढिकी,जाँताे ,काेल ,कुलाे पैनी , धारा समेतको ब्यवस्थापन गरि श्रीकृष्णलाई काेयाखाेला भित्र्याएको रहेछ ।

श्रीकृष्णका इच्छाराम ( चाँगे ) , छविलाल ( चाँगे पछि रानीगाँउ पाँचथर ), श्यामलाल ( चाँगे ), रविलाल ( काेयाखाेला ) ,रङ्गलाल ( काेयाखाेला ) र नन्दलाल ( चाँगे ) गरि जम्मा छ भाइ छाेराहरु रहेका थिए ।

जयकृष्णका पनि ,लच्छुमन,बलभद्र,प्रतिमन,श्रीकृष्ण ,

कर्णाखर,ममहानन्द गरि जम्मा ६ जना छाेराहरु रहेका थिए । भाइ श्रीकृष्ण खेल्पुरमा बस्ने भए पछि दाजु जयकृष्ण भने डाडागाँउ तर्फ जानू भएको रहेछ ।

श्रीकृष्ण काेयाखाेलाबाट जेठा छाेरा इच्छाराम भएको ठाउँ चाँङेमा गई बस्ने बिचार गर्नु भएछ । तेहा राईहरुबाट जग्गा किन्ने शर्तमा तमसुकमा ल्याप्चे गराइ धेरै नगद दिई निकै राम्रा राम्रा जग्गाहरु जाेड्नु भएछ । निकै बर्षकाे उव्जनी उठाइ सक्दा पनि राईले स्वामित्व हस्तान्तरण नगरेका कारण राईहरुलाई “स्वामित्व देअाे किन यसाे गर्छाै” भनी भन्नू भएछ । उल्टै धनकुटा गाैडामा गई राइले मुद्दा मामिला समेत लगाइ श्रीकृष्णलाई ठूलो सास्ती समेत पाे दिएछन् ।

“जग्गाको तमसुक जतन गरि राखेस है छाेरा ! हाम्रो प्रमाण यहि नै हाे” भनी जग्गाका सवै तमसुकहरु जेठा छाेरा इच्छारामलाई दिनु भएछ ।

श्रीकृष्ण लाई मुद्दा परेकाले उहाँ धनकुटा गई रहनु हुन्थ्यो । एक पटक उहाँ धनकुटा गएकाे माैका पारेर राईहरुले इच्छारामलाई लाेभमा पारेछन् । कुरा के भने यी सबै तमसुक बुबाका नाममा छन् । भाेलि यी जग्गामा भाइ अंश लाग्छ हामी तिम्रो नाममा नयाँ तमसुक बनाइ दिन्छाैं । तमसुक कहाँ छन् भनी भन्दा इच्छारामले लाेभमा परेर अाफुसङ भएका जति सवै तमसुक लिखत राइका हातमा सुम्पनु भएछ ।

पछि अदालतबाट विभिन्न झमेला ब्यहाेर्दै बुढाे शरिर लिएर श्रीकृष्ण चाँगे अाउनु भएछ । केहि दिन पछि अब यसाे नगर शर्त कागज अनुसार जग्गा देअाे भनी राइलाइ जग्गा माग गर्नु भएछ । गाउलेको सभामा हामीले जग्गा दिनु पर्ने प्रमाण भए ल्याउ भनि उल्टै राइले उचाे श्वरमा बाेलेछन् । झाेक्किएर “ए ठुले ती तमसुक ल्या त” भन्नू भएछ ।

इच्छारामले अाफु राईकाे गाेलचक्कर जालमा परि ठगिएको बुझेर मलिन भइ तमसुक अाफुसङ नभएको भनी सारा वृत्तान्त पिताजीलाई सुनाए पछि श्रीकृष्ण हतास भइ पारिवारिक खटपट सहित पुनः काेयाखाेला फर्कनु भई कनिष्ठ पुत्र रंगलाल सङ रहनु थाल्नु भएछ ।

श्रीकृष्णले जीवनकाे पछिल्लो उत्तरार्ध चाहिँ उहाँकै चाहनामा रंग लालकाे रेखदेखमा वाराणसीमा गई काँशीवासमा विताउनु भएकाे थियो ।

माथि उल्लेख गरिएको वैजनाथले अार्जन गरेको विशेष महत्वकाे बस्तु बैजनाथबाट श्रीकृष्ण हुँदै रंगलालका पाेल्टामा रहेको थियोे । रंगलालबाट त्याे बस्तु रंगलालका १० पुत्र मध्ये कनिष्ठ पुत्र रघुनाथ गाैतमका पासमा रहेको थियोे ।

रंगलाल पुत्र रघुनाथका साथमा रहि रहेकाे उक्त भाग्यशाली बस्तु बि सं २००७ सालमा भएको काङ्ग्रेस विद्राेहकाे माैका पारेर डकैत , लठैत राई- लिम्वुहरुले लुटेर लगिदिए । फेदाप काेयाखाेला क्षेत्रमा भएको क्रुर डकैतीमा त्यो बस्तु लगायत ठुलो धनमाल लुटपाट गरेर किराँतहरुले बिर्सनैै नसकिने अत्यन्तै ठूलो कष्ट दिएका थिए ।

अाठराई क्षेत्रमा भएको तेस 00७ सालकाे लुटपाटमा राई लिम्बू डाकाहरुले हामी काेयाखाेले गाैतम माजनका हरेक घरबाट राेजी राेजी लाखाैं लाखकाे सम्पत्ति, नगद ,जिन्सी ,भकारीका धान, चामल, मकै,काेदाे फापर,काँसाे ,तामा ,पित्तल ,सुनचाँदी,गरगहना , गाग्री ,थाल ,बटुका, घ्याम्पा,अारी,भड्डु,कराही,कसाैडी ,लाेहाेटा , हत्तर , तावा,चुलेसी ,खुर्पा ,खुकुरी ,कर्द , खुर्मी,चुप्पी,खुर्पी,काेदाली , अाेदान ,तरवार,हँसिया ,झम्पल, काेदालाे ,कुटे , डाडु पुन्यु ,माना , पाथी ,तुलाे , ढक , खडकुला , अङ्खाेरा , टाट्नाका खसी बाेका ,ठेकीकाे दहि र हर्पेकाे घिउ, ढुङ्ग्राेकाे अाेलन ,गरियाेकाे तेल , बयामकाे अचार समेत भए जति सवै थाेक साेर पटार पारेर लुटपाट र बिध्वंश गरि त्राहिमाम् फैलाइ ठूलो कष्ट तथा पिडा , मानसिक यातना दिएका थिए ।

साे लुटपाट पछि हामीलाई अार्थिक रुपमा तङ्ग्रिन निकै लामो समय लागेको भनिन्छ । याैटा बडेमानकाे तामाकाे घ्याम्पा चाहिँ लिम्वुले पचाउन नसकि हाम्रो हजुर बुवा यमनाथ गाैतमलाई २/३ महिना पछि फिर्ता गरेकाे भनी हजुर अामा ( साईली माजन्नी ) भन्ने गर्नु हुन्थ्याे । तेस घ्याम्पामा म सहजै भित्र पसेर कहिलेकाही लुक्ने गरेको याद अहिलेसम्म अाउछ ।

अहिले बैजनाथकाे वंशलता अतिव अालाेकित भइ देश देशान्तरमा सहजताका साथ फैलिएर रहेको छ । उच्च शिक्षा , प्राविधिक शिक्षा , शिक्षण-प्राध्यापन , पत्रकारिता ,पण्डित्याई ,उध्याेग , खेतीपाती , ब्यापार ,राजनीति , कृषि , लेखन , विदेश भ्रमण , उच्च सरकारी सेवा , अभिनय कला, समाजसेवा जस्ता हरेक क्षेत्रमा अव्वल दर्जामा रहि दूवाे माैलाए झैं माैलिई रहेका छन् ।

अहिले बैजनाथका सन्ततिहरु काेयाखाेला , सङ्क्रान्ती बजार,पाँचथर रानी गाउँ ,फिदिम ताप्लेजुङको चाँगे,, धनकुटा , ईलाम शान्ति पुर सिरिसे ,इलाम, मलिम,झापा- खुदुनाबारी, रातेखाल, अर्जुनधारा, मेचीनगर धुलाबारी ,पाँचगाछी, बिर्तामोड ,देउनीया ,चैतुवारी,सैनिक वजार ,बिराटपाेखर, विर्तावजार, सालवारी , कन्चनवारी, , चन्द्रगडी , दमक ,ढुकुरपानी , शिवगन्ज,चारपाने ,पाडाजुगी,गाैरादह,

माेरङ – उर्लाबारी ,राजघाट, टाँडी,कसेनी,मधुमल्ला ,कल्याणपुर,ईटहरा , रंगेली ,पथरी,बेलवारी, विराटचाेक, बासवारी ,विराटनगर , इटहरी ,हलगडा, धरान , काष्ठमण्डप ,भक्तपुर ,ललितपुर लगायत भारतका विभिन्न शहरहरु र भूटान ,बर्मा,क्यानडा, अमेरिका अादि अन्तर्देशीय शहरमा समेत छरिएर रहेका छन् ।

बैजनाथकाे परम सुकिर्तिमय जीवनी हामी सवैलाई प्रेरणादायी रहेकाे छ । उहाँकै कठाेर परिश्रम र दृढ इच्छाशक्तिका कारण हामी अाज पुष्पित तथा पल्लवित भएका छाै ।

उहाँको याेगदान र जीवन्त ऐतिहासिक कथा उहाँका वंशजहरु सवैले जान्न जरुरत छ । अझै गहन खाेज गरेर उहाँको बारेमा कलम चलाउन यश वंशका बन्धुहरुमा अाग्रह गर्दछु ।

( कुनै कथन त्रुटिपूर्ण भएकाे सूचना पाइएमा सच्याइने छ। लेखाइकाे मूल भाव रघुनाथ गाैतम कृत वैजवंश पुस्तिका र गाैतम वंशावलीबाट प्रेरित रहेको छ ।) जय बन्धु ।

।।जय बन्धु।

Source: Neeti Raman Gautam’s Facebook wall

5 thoughts on “परिश्रमी बैजनाथकाे राेचक सत्य कथा”

  1. To whom it may concern,

    I would like to request to reconnect my family tree with gautam bhasabali.

    According to my knowledge my great great great grandfather name is Shyam Lal Gautam, grandfather is shiv Lal Gautam and father name is mani ratna gautam.

    Back in the old days they used to carry different names as well as per my knowledge.

    My father mani ratna Gautam is the third son of the family (saila).

    According to that my father must have 3 brothers or maybe more. And I have confirmed I have one phuphu. But her name is not in my knowledge.

    I, myself am janak Raj gautam. I have one brother, toya Narayan Gautam. My brothers wife name is maiya gautam both currently in Australia.
    He has five children: sharda , kavi, padam, lalu and karishma.

    Two sisters: Maya devi sharma In United States and one sister Laxmi Kandel in Nepal.

    I have a total of five kids: vinny, priya, amrik, khyati and saral.

    My mother’s name is tika devi gautam.

    The missing link of the generation root to tree and tree to branch.
    According to bharat gautam my generation is generation number 46.

    Looks like my father came from galkot district baglung.

    But don’t know how he came to wami mahdan gulmi.

    I have a generation book for the year 2058:
    But cannot find any name of my family.

    I would really appreciate it you are able to help me link my generation with the book.

    This record is carried by dinesh gautam who is collecting all the data for gautam generation in Wami gulmi.

    All the books always miss Wami gautam generation.

    I think a total of 8 books are published but nothing is there. I would like to request raj Kumar gautam who is currently new book for Gautam bhansabali.

    According to sharma screen Chitwan he said my generation is linked with jethi pariya bayrare bagar in galkot.

    Thank you for help on advance.

    Janak Raj Gautam

Leave a Reply