हेमन्तका 38 का 8 जना पुत्रहरुका विषयमा एक चर्चा

image_pdfimage_print

सु. हेमन्तका 38 का 8 जना पुत्रहरुका विषयमा एक चर्चा;

काशिदासका वंशजमा 29 अाैं पुस्ताका अग्रज श्रीधरकाे सुरुकाे बसाेबास जुम्ला क्षेत्रमा रहेकाे पाईन्छ । जुम्ला बाट श्रीधर अर्घाखाँचीमा अाएका हुन । श्रीधरले तत्कालीन गुल्मीका शाशक रामसिं शाह वर्माबाट बि सं 1669 मा अर्घाखाँचीकाे खिदिम भन्ने स्थानमा उहाँको बिद्वताकाे सम्मानमा राजाबाट कुशविर्ता ( धेरै जग्गा ) पाएका ररहेछन् । साे पछि समय क्रममा वंश लता फैलदै फैलदै गयाे।

30 अाैं पुस्तामा विश्वामित्र

31 लाेकनाथ

32 शुकदेव

33 शिवाकर

34 सुकरु

35 सारङ्ग

36 सुन्दर र

37 अाैं पुस्तामा हरिदास गाेताम्य नाम गरिएका पूर्वजहरु रहनु भएकाे छ।

38 अाै पुस्ताका पूर्वज हेमन्तका अर्घाखाँचीमा रहदा दुई छाेरा रहेछन् । सरकारी सुव्वा पदवी पाएका हेमन्तले 2 छाेराहरु बालै पाध्ये र विशु पाध्ये र परिवारलाई अर्घाखाँचीकाे खिदिममै राखेर उहाँ जागिरको सिलसिलामा वि सं 1775 मा तत्कालीन सेन राज्य काभ्रे तर्फ जानु भएछ ।

बालै पाध्ये र विसु पाध्ये तर्फका सन्तानहरु अर्घाखाँची बाट गुल्मी पाल्पा कपिलवस्तु रुपन्देही बाँके बर्दिया काष्ठमण्डप जनकपुर अादि स्थानबाट ठूलो संख्यामा फैलिएर रहेका छन्।

सेन राज्य काभ्रेपलान्चोक तर्फमा रहँदा बस्दा हेमन्तले दाेश्राे विवाह गरि कान्छी तर्फबाट 6 जना छाेराहरु गंगाधर ,शिरपति, ऋषिराम , तुलाराम,बैजनाथ र अग्निधर भएछन् । तेसवेला उहाँहरुकाे जन्म र बसाेवास काभ्रेपलान्चोक चाैरी विर्ता क्षेत्रमा भएको रहेछ ।

पछि समयान्तरमा ,,

#अग्नीधरकाे वालककालमा नै निधन भएकोले सन्तान भएनन् ।

#गंगाधरका सन्तान ईलाम साखेजुङ अाई तेहाबाट फैलिइ गएकाछन्।

#तुलाराम र #ऋषिरामका सन्तानहरु भन्ज्याङ खर्क संखुवासभा चैनपुर हुँदै सर्वत्र फैलिएकाछन् ।

#शिरपतिका सन्तानहरु दाेलखा (काभ्रे) काे बेताली मराहाङ र काेयाखाेला तर्फबाट पाचथर , ईलाम, सुनसरी झापा ,माेरङ , काष्ठमण्डप सिक्किम ,भुटान, अासाम बर्मा हुदै सर्वत्र फैलिएका छन् ।

#बैजनाथका सन्तानहरु पनि दाेलखाकाे वेतालीबाट तेह्रथुमको काेयाखाेला तथा तेहाबाट ताप्लेजुङको चाँगे , पाँचथर रानी , ईलाम सिरिसे सुनसरी झापा माेरङ तथा सिक्किम अासाम बर्मा सम्म फैलिएर रहेका छन् ।

कालक्रमलाई विवेचना गर्दा 38 पुस्ताका हेमन्त

बि सं 1775 मा अर्घाखाँची बाट पूर्व रामेछाप तर्फ अाएकाे मान्दा अहिले 300 बर्ष पूरा भएको छ ।

बर्तमानमा हेमन्तका वंशजमा 49 , 50 पुस्ता चलायमान रहेको छ । 300 बर्षमा लगभग 12 पुस्ता सामान्य नै जस्तो लाग्दछ किनभने अघिकाे चलन अनुसार 8/10/12 बर्ष भित्रमा विबाह हुने गर्दथ्याे भने सन्तान पनि चाडैं नै हुने गर्दथे ।

यस वारेमा पुरातन कुरा सुक्ष्म रुपमा खाेज गरेर सार्वजनिक गर्न अाबश्यक रहेकाले वंशावली विषयमा चासाे राख्ने सवै बन्धुहरुले गहन अध्ययन गर्नु पर्ने भएको छ ।।

जय बन्धु ।

(श्राेत — विभिन्न गाैतम वंशावलीहरु )

One thought on “हेमन्तका 38 का 8 जना पुत्रहरुका विषयमा एक चर्चा”

  1. Hamro birta chainpur koyakhola bhaneko suneko Hu. Mahipati ka chora achutananda achtananda ka chora mitra Lal ani ramlal ka bangsa hami Assam ma chum hami bangsawali ma Nam darta kasari garnu?

Leave a Reply