अत्रिका सगाेत्रका सम्वन्धमा ;
बृहत गाैतम वंशावली अनुसार अग्निहाेत्री पूर्वज काशिदाश 8 का छाेरा भास्कर 9 र भाष्करका छाेराहरु 10 अाै पुस्ताका छाेराहरुले तत्कालीन समयमा बस्ने गरेको स्थानका कारण
1) खत्याैडमा बस्ने छाेरा – #खतिवडा भए
2) डाेटीमा बस्ने छाेरा — #डाेटेल भए
3) अर्का छाेरालाई #जाेशी भनियो
4) तेस्तै कारणवश अर्का छाेराकाे #ठाडा राई अधिकारी अादि भनी थर कायम भएको पाइन्छ ।
तेस्तै काशिदाश 8 का छाेरा प्रभाकर 9
का छाेराहरुबाट एक छाेरा
5) #मिश्र र अर्का छाेरा काे
6) #अाेझा थर कायम भएको देखिन्छ ।
काशीदाश 8 का छाेरा बिलल्ल 9 का छाेराहरुकाे थर बसेकाे स्थान विषेश र पदवी अादिका कारण
7) #शाहठकुरी ,
8) #समाल ( हमाल )
9) #पहाडी कायम रहेको पाइन्छ ।
त्यसै गरि काशिदाश 8 का अर्का छाेरा जयकर 9 का सन्तानहरुकाे थर विभिन्न कारणले
10) #श्रीमल्ल
11) #वस्ती
12) #कडरिया अादि लेख्ने गरेको देखिन्छ । कर्णाली पारी बसि पछ कर्ण्ााली वारि अाउदा , वारि बस्ने पुरानाले कर्णाली पारीवाट अाएका भन्दा भन्दै कडरिया भएको पनि भनिन्छ ।
अर्को तर्फ 8 काशीदाश , 9 लल्लक , 10 गाेतमदाशका छाेरा 11 अमुक , चापागाँऊ तर्फ बस्ने भएकोले उनीहरूलाई
13) #चापागाईं भन्न थालिएकाे रहेछ ।
समष्टिगत रुपमा माथि उल्लेखित सवै थर भएका सज्जनहरु अत्रि वंशज पुर्खा काशीदाश 8 का सन्तान भएकोले अत्रि गाेत्रका सगाेत्र मानिएको छ ।
त्यस्तै गाैतमका सम्वन्धमा ; गाेताम काेट रुकुममा बसाेवास गर्ने अग्निहाेत्र
काशीदाशका वंशजलाई तत्कालीन सिंजा क्षेत्रकाे
जनवाेली अनुसार गाेतामे , गाेताम्य अादि भन्न
थालिएछ । र यसै गाेतामे शव्दलाई परिमार्जन
र परिष्कृत गर्दै जीवनपुर धाधिङका बद्रिनाथ
वंशका धराेहर विद्वच्छिराेमणि पण्डित कुलचन्द्र
गाैतम ( बि सं 1934 — 2015 )ले
14) शालीन शब्द #गाैतम लेख्ने चलन चलाएको पाइन्छ ।
अत्रिका सगाेत्रका थरहरु अरु पनि रहेका छन् ।
( यस लेखनलाई पढेर जानकार बन्धुहरुवाट सुधारात्मक टिप्पणीकाे अाशा राखेकाे छु )
जय बन्धु !!