साविक मेहले भइ लालपाने हुँदै हाल कदमगाछी निवासी दुर्गाप्रसाद गाैतम 45 काे छाेटाे परिचय

image_pdfimage_print

साविक मेहले भइ लालपाने हुँदै हाल कदमगाछी निवासी दुर्गाप्रसाद गाैतम 45 काे छाेटाे परिचय ;

गाैतम वंशावली अध्ययन गर्दै जाँदा पुस्ता 34 का सुकरुका सारङ्ग र गंगाधर गरि 2 पुत्रहरु रहेका थिए । सुकरुलाई यहाँ वर्णन नगराैं । एक पुत्र गंगाधर पुस्ता 35 का 3 जना पुत्रहरु भए जस्मा पुरुषाेत्तम , नारायणदास र प्यारिलाल 36 अाैं पुस्ताका अग्रज रहेका छन्।

सेन राज्यकाे अधिनस्थ रहेकाे संखुवासभाको वानामा पूर्वज पुरुषाेत्तमकाे राईहरुवाट निर्मम रुपमा हत्या गरेका थिए । तत्कालीन राज कर्मचारी पुर्खु उखुकाे रस र तरुल वढि रुचाउने परिश्रमी , वेदान्ती र ज्याेतिष शाश्त्री समेत रहनु भएको थियोे । पुर्खु ,गाेकुलमाला ,उमा ,भागसमेत र सेवक मनिपुरेकाे कारुणिक कथा अलग्गै लेखहरुमा उल्लेख गरिएको छ ।

पुर्खुका भाइ प्यारिलाल 36 का छाेरा हरि शर्मा 37 र हरि शर्माका छाेरा पशुपति शर्मा 38 हुँदै याे वंशावली अगाडि बढेको पाइएको छ ।

काभ्रे तर्फबाट पशुपति 38 वंशका वंशजहरु ताप्लेजुङको खेवाङ र यसको अासपास पेदाङ , मेहेले , सावलाखु अादि गरिएका स्थानमा ठूलो रजगज र शानका साथ बसाेबास गरि खेवाङ्गे गाैतमका नामले ठूलो प्रसिद्धि अार्जन गरेका छन् ।

यस वंशका सन्ततिहरु दूवाे माैलाए झै देस-देशान्तरमा छरिएर रहेका छन् । पहाड ताप्लेजुङको खेवाङ याङरुपबाट फैलिएर सुनसरी माेरङ,झापा, इलाम, पाँचथर ,काष्ठमण्डप ,अासाम सिक्किम ,नागालैण्ड,मणिपुर, भूटान सम्म अत्यन्तै ठूलो संख्यामा रहेका छन् ।

याे गाैतम वंशमा हरेक 3/3 बर्षकाे अन्तरालमा देवाली पूजन गरि कुल देवता गाेकुलमाला, उमा , भागिरथी, बिरे सेवक ( मनिपुरे ) र पुर्खुकाे समेत कडा नियम पूर्वक , विधि बिधान सहित पूजन स्मरण गर्ने अटुट अविचलित परम्परा रहि अाएकाे छ ।

यस वंशमा कुल पूजन हेतु मष्ट ,लाटाे मष्ट ,वाराह मष्ट अादि नाम गरिएका विभिन्न प्रकारका गाैतम धामी परम्परा समेत रहेको छ ।

बाेका बली दिइ देवबली ( देवाली ) पूजन परम्परा पहाडै देखि रहि अाएकाे छ । हाल अहिंसात्मक पूजन गराै भन्नेकाे संख्या पनि ठूलै रहेको छ । कतै कतै हिंसात्मक बली पूजा हुदै गरेको भए ता पनि वैदिक परम्परा अनुसार अहिंसात्मक पूजन गर्ने तर्फ बिशेष जाेड दिदै अाइएकाे छ । ईश्वरलाई ईश्वरकै सन्तान बली चढाउनु वैदिक नियम भित्र नभएको भनी ज्ञाताहरु अहिंसात्मक शिक्षा दिई रहनु भएको छ। छागबलीकाे सट्टामा खीर अादि मिष्ठान्न पकवान , धुप ,पुष्प अर्पण गर्नु वैदिक नियम भित्र पर्दछ । बली रहित कुल पूजनका बारेमा गाैतम बन्धुहरु बिच व्यापक छलफल तथा बहस गर्नु अाबश्यक रहेको देखिन्छ ।

खेवाङ्गे परिवारका हरेक धुरीमा धान्य पूर्णिमा र चण्डी पूर्णिमा गरि बर्षकाे दुई पटक अा-अाफ्ना गाेठमा गाेठधुप गर्ने गरिन्छ । हाल अाएर सामुहिक गाेठधुप पनि गरिन्छ । सामुहिक गाेष्ठधुप गरिएमा हरेक धुरी बाट गाईकाे अाेलन , घ्यू, धुप , बात्ती ,भेटी ,पुष्प , चामल अादि पूजन सामाग्री ताेकिएकाे स्थलमा लैजाने गरिन्छ ।

खेवाङ्गे वंश पशुपति वंशमा कुल पूजनकाे बिशेष महत्त्व रहेको छ । कुल पूजन हेतु मष्ट ,लाटाे मष्ट ,वाराह मष्ट अादि नाम गरिएका विभिन्न प्रकारका देवहरु पूजन गर्ने विभिन्न गाैतम धामी परम्परा समेत रहेको छ । कुल पूजनका बारेमा गाैतम बन्धुहरु बिच व्यापक छलफल तथा बहस गर्नु अाबश्यक रहेको देखिन्छ ।

साविक खेवाङ्ग फेरेमा जन्म भइ हाल सुरुङ्गा निवासी बन्धु महेन्द्र प्रसाद गाैतम 45 ले ठूलो कष्ट , यत्न , मेहनत गरेर शार्दूलविक्रिडित तथा अनुष्टुप छन्दमा पशुपति वंशकाे पशुपति वंशावली उल्लेख गरेर 92 पृष्ठकाे

“पशुपति वंश परिचय” नामक पुस्तक निजी खर्च ब्यवस्थापनमा बि सं 2068 सालमा प्रकाशन गर्नु भएको छ ।

बन्धु महेन्द्र प्रसाद गाैतम 45 अार्य समाजी परम्पराबाट दिक्षित भएर अहिंसात्मक सत्य मार्गमा रहनु भइ वैदिक अध्ययन तथा नित्य साधनारत रहनु भएको छ । उहाँको पुस्तकबाट साविक खेवाङका बन्धुहरुकाे एकतामा ठूलो बल पुगेकाे छ ।

ताप्लेजुङको खेवाङ गाउँको काे प्रसिद्धि निकै पर सम्म पुगेकाेछ । स्थानीय लिम्बू बाेलीमा धाैले घर भनि ( ठूलाे घर ) संज्ञा पाएकाे धाैले घर हाल सम्म चर्चाकाे शिखरमा रहेको छ । यहाँ बस्ने गाैतमहरु बसाइँ सरेर झापा शिवगन्ज अाएर बस्दा पनि धाैलेका गाैतम बसेके स्थान भनि भनिएकाले उनीहरू बस्ने चाेक नै धाैले चाैकका नाममा प्रसिद्ध रहेको छ।

खेवाङबाट झापा अाइ ज्यामिरगडी बसाेवास गर्ने काशीनाथ गाैतम, हरिप्रसाद गाैतम, तुलाराम गाैतम लगायतका बन्धुहरु यस वंशका निकै नामि धामीहरु रहनु भएको थियोे । अहिले ,,,, अादि नाम गरिएका धामीहरु लगायत हाल नन्दिकेशर गाैतम 46 बुधवारे , छविलाल गैतम 45 लखनपुर सकृय कसल धामी रहनु भएको छ । एकताकाका बाह्र मष्टका खरा धामी बन्धु खड्गप्रसाद गाैतम 45 धाइजन हाल बृद्धअबश्था तथा राेगले थला पर्नु भएको छ ।

ताप्लेजुङको खेवाङ , मेहेले ,सावलाखु क्षेत्रबाट स्थान परिवर्तन गरेर तेस भेगका बन्धुहरु पाँचथर , ईलाम, मेची नगर, शिवसताक्षी,शिवगन्ज ,माईधार , बुधवारे , ज्यामिरगडी ,

बिर्तामोड ,सुरुङ्गा , दमक,माेरङ्ग , सुनसरी ,काष्ठमण्डप , दार्जिलिङ , सिक्किम, नागालेण्ड , मणिपुर , अासाम , बंगाल,भूटान ,बर्मा अादि बिभिन्न क्षेत्रमा रजगजका साथ बसाेवास गरेको पाइन्छ ।

समग्रमा पशुपति वंशका गाैतमहरु निकै ठूलो संख्यामा वंश बृद्धि भइ अाएकाे पाइन्छ । यस वंशका गाैतमहरु राष्ट्र सेवा , सामाजिक सेवा , प्रहरी सेवा, ब्यापार ,कृषि, शिक्षण सेवा, वैदेशिक राेजगार लगायतका कार्यमा समेत अग्रणी रहेका छन्।

यस वंशका सवै सन्ततिहरुलाई कुल देवता एवं महर्षि अत्रि तथा माता अनुसूयाबाट सदैव अाशिर्वाद प्राप्ति भइ रहाेस भन्ने कामना गर्दछाैं ।

जय बन्धु

Leave a Reply