गुल्मी अमरपुर-सत्तिम्लाका गौतम वंशको चिनारी -भाग १

image_pdfimage_print

गुल्मी अमरपुर-सत्तिम्लाका गौतम वंशको चिनारी 

प्रस्तावना

वि.सं. २०६९ सालसम्म गुल्मी अमरपुर निबासी गौतमहरुको वंशावली इतिहास एक पुस्ताकाअग्रजबाट अर्को पिढीका सन्ततिला मौखिक रुपमाबताईंदै आइएको थियो। तर लिखित रुपमा लीपिबद्धनगरिएको हुनाले कालान्तरमा उक्त इतिहास बिर्सिदै, अपभ्रंस हुदै, तथ्य किम्बदन्तिमा फाटोपर्दै जाने खतरामहसुस गरेर, संयुक्त राष्ट्रसंघको लामो सेवाबाटसेवानिबृत्त भै स्वदेश  फर्केका श्री कुल चन्द्र गौतमकोपहल अगुवाइमा योगुल्मी अमरपुरसत्तिम्लाका गौतमवंशको चिनारीभन्ने पुस्तिका तयारी गर्ने निर्णय भयो।यसको प्रारम्भिक मस्यौदा लेखन अनुसन्धान श्री मित्रप्रसाद गौतमबाट भयो भने सम्पादन परिमार्जनमा अरुधेरै गौतम बन्धुहरुको सहभागिता रहेको छ।

पुरानो नेपाली पित्रृसत्तात्मक संस्कार अनुसार वंशावलीहरू प्राय: गोत्रमा आधारित पुरुष हांगोको आधारमा मात्र लेखिने गरेकोमा, बर्तमान समाबेशी जमाना अनुसार यो पुस्तिकामा गौतमवंशका महिला – आमा, दिदीबहिनी, चेलीबेटी – ला पनि सम्मिलितगर्ने उद्देश्य राखिएकोमा, अनुसन्धान गर्न समयको अभावले यस संस्करणमा आंसिक रुपमा मात्र सफल भइएको छ। तदनुसार कपिलमणि गौतम हांगोका महिला सदस्य सम्मिलित केही तालिका उदाहरण स्वरुप राखिएकोछ। भविष्यका संस्करणमा अरु हांगाका बन्धुहरुले यस प्रयासलाइ निरन्तरता र पूर्णता दिनुहुनेछ भन्ने हाम्रो आशा र अपेक्षा छ।

यो चिनारी लेखनको साथसाथै अमरपुरसत्तिम्ला निबासीगौतमहरुले झन्डै एक सताब्दी अघिदेखि कालिगौडीगौरमा कुलको स्थापनागरी कुलपुजा  (देवली) गर्दैआएको कुलायन मन्दिर परिसरको निर्माणसम्भार गर्ने उक्त कुलमन्दिरमै गौतम वंसावलीका बिस्तृत शिलालेखराख्ने काम पनि सम्पन्न गरिएको छ।

भारतकन्नौज बाट नेपालजुम्ला आगमन

भारत उत्तर प्रदेशको हाल फर्रुखावाद जिल्लामापर्नेकान्यकुब्ज (कन्नौज) अन्तर्गत हरियाणा गाउँमा जीवनवितारहेका अत्री गोत्रीय ब्राम्हणहरु भारतमा मुगल(मुसलमान) हरुले आक्रमणगरी विजय प्राप्त गरेपछित्यहाँका हिन्दुहरुमाथि जवर्जस्ती धर्म परिवर्तन गराउनेलगायतका अत्याचार गरेकोले वि.सं. १२५० सालतिरआफ्नो धर्म रक्षार्थ हालको जुम्ला (सिंजा) राज्यमाआइपुगेको ऐतिहासिक कथन छ।  

सिंजा राज्यमा आएका काशिदास (गौतम वंशावलीअनुसार ८औं पुस्तामा पर्ने) षट्शास्त्रवेत्ता तथा चतुर्वेदमापारङ्गत विद्वा भएको हुनाले सिंजापति राजाले उनलाइगुरु पुरोहितको रुपमा सम्मान दिएर राखेका थिए रे।त्यसैले भारतबाट नेपाल आउने अत्री गोत्रीय गौतमवंशका प्रथम व्यक्ति काशिदास हुन् भन्ने विश्वासगरिएको पाइन्छ काशिदास पूर्वका वंशहरुको खोजीगर्दै जाँदा अत्री गोत्रीय अग्निहोत्री ब्राम्हण ऋतुभद्र, गौतमवंशका आदि पुरुष रहेका अत्री ऋषि र सती अनसूयाकापुस्तौनी सन्तान भएको किम्बदन्ति छ।

सिंजागोतामकोटबाट गलकोट (बाग्लुङ्ग) हुदै अर्खले (गुल्मी)

सिंजा नरेशले आफ्ना पुरोहितलाई रुकुमको गोतामकोटबिर्ता स्वरुप दिएछन्। गोतामकोटमा बसेको हुनालेकालान्तरमा उनीहरुलाई गोतामे भनियो भन्ने एउटा मत भने गोतामकोट विर्तासंगै राजालेगोतामेपद्वीदिएकाहुन् भन्ने अर्को भनाई पनि पान्छ। यो किम्बदन्तिअनुसार काशिदासका वंश मध्ये २७औं पुस्ताका काबरु(कापडी)लाई गोताम भन्ने ठाउँमा विर्ता दिई गोतामे पद्वीप्रदान गरेका हुन् भनिन्छ।

िनै गोतामेमध्येका २९औं पुस्ताका श्रीधर गोतामेघुम्दैफिर्दै अर्घाखाँची आईपुगे वंश विस्तार गरेकारहेछन्। अर्घाखाचीबाट श्रीधरका वंशजहरु नेपालकोपूर्वि तथा उत्तरी भाग वाग्लुङ्गर्फ फैलदै गएछन् जोजहाँ गए उहि क्षेत्रमा पराक्रम गर्दै स्थायी रुपमै त्यहींकोबासिन्दा बन वंश विस्तार गरेछन्।

अर्घाखाँचीबाट उत्तरी क्षेत्र वाग्लुङ्गको गल्कोटमा बसाईसरी आएका गोतामे मध्ये ३६औं पुस्ता बलभद्रका भाइछोराहरु मनोहर, कालु श्रीकृष्ण रहेछन्। मनोहरकासन्तान गुल्मीको थोर्गा श्रीकृष्णका सन्तान गुल्मीकोजोहाङ बसाई सरेछन् भने कालु पाध्ये गुल्मीकै अर्खलेभन्ने स्थानमा आई बसेछन्।

हाम्रो इतिहासमा एक पुस्ताला करिब २० बर्ष मानेरगणना गरेको पान्छ। त्य अनुरुप ३७औं पुस्ताकाकालु पाध्येका सन्तान विस्तार हुँदै हाल २०६९ सालमा४७औं पुस्तासम्म पुगेको हुनाले लगभग २०० वर्ष अगाडी, याने वि.सं. १८७० सालतिर, कालु पाध्ये अर्खले आएकोअनुमान गर्न सकिन्छ।

अर्खले आई शुरुमा पौवामा बसेका कालुले त्यस क्षेत्रकोआर्थिक, सामाजिक अवस्थाको चिन्तन, मनन् अवलोकन गरिरहेका रहेछन्। यसरी अध्ययन गर्ने क्रममात्यहीं नजिकै रहेका अर्घातोषका साहुहरुले स्थानियवासिन्दाहरुलाई रु.२० को माना अन्न ब्याजमा (वीसको माना) ऋण दिने गरेको थाहा पाएछन्। यो कुराथाहा पाएपछि कालुले आफूसंग रहेको रुपैयाँबाट वीसको माना ब्याजमा ऋण दिन शुरु गरेछन्। त्यसकोफलस्वरुप अधिका वासिन्दाहरु अर्घातोषे साहुकहाँछोडी कालुसंग ऋण लिन थालेछन्। यो कुराको सुँईकोपाएर अर्घातोषे साहुहरु अर्खले पौवामा आई कालुलाईधम्किपूर्ण भाषामा यस्तो सस्तो ब्याजमा कहिलेसम्मऋण दिन सक्ने रहेछौ हामी पनि हेरौंलाभनेछन्।प्रतिउत्तरमा कालु पाध्येले आफूसंग रहेको पैसाको थैलोनिकाली भुँईमा पछारीदिएछन्। यो देखेर ती साहुहरुचुपचाप आफ्नो बाटो लागेका थिएरे भन्ने किम्बदन्ति छ।

एक कान, दो कान मैदान हुँदै कालुसंग प्रशस्त पैसारहेको हल्ला चारैतिर फैलिएछ। कालु धनि भएको चालपाएका एकजना स्थानीय चतुर रेग्मीले उनलाई आफ्नीछोरी विवाह गराई नाता सम्बन्ध जोड्ने प्रस्ताव गरेछन्।अविवाहित कालु पनि विवाहगर्दा चलन परम्परा अनुसारसाटो हाल्नु पर्ने तर आफू गल्कोट छोडी आएको हुनालेसाटो हाल्न नसक्ने भएकोले जैसी थरका रेग्मीहरुकोप्रस्ताव स्वीकार गरी विवाह गरेछन्। यहि कारणले गर्दाउपाध्याय ब्राम्हण पूर्वज रहेका गोतामेहरु कालु पाध्येपछिका सन्तान जैसी ब्राम्हण भएको विश्वास गरिन्छ।

अर्खलेबाट अमरपुर

कालु पाध्येले अर्खलेमा घरजम गरी आर्थिक, सामाजिकरुपमा सम्पन्नभै सम्मानपूर्ण जीवन विताए भने कालुकाछोरा नारद नारदका छोरा लोकमणिले यसलाईनिरन्तरता दिन सफल भएछन्। लोकमणिका छोराजयमङ्गलले उक्त मानप्रतिष्ठामा अझ वृद्धिगर्दै अर्खलेरैंदी तथा सेउवासम्म जग्गा जमिन घरवार समेत विस्तारगरेछन् उनको सम्पन्नता त्यस क्षेत्रमामात्र सीमितनरह पश्चिमतर्फ धुर्कोट, इस्मा, अर्जै, अमरपुर, छापहिले सम्म पनि पुगेको त्यहाँका वासीन्दाहरु पनिऋण लिन जयमङ्गलकहाँ पुग्थे रे।

छापहिलेका खवासहरुले लिएको ऋण तिर्न नसकदाजयमङ्गलले उनीहरूबाट नवलीको खेत जमलपोखराको बारी आर्जन गरेछन् एकजनासिद्धीम खनालले लिएको ऋण वापत सत्तिम्लाकोजग्गा राजिनामा गरीलिएका थिए भन्ने भनाई छ। उक्तराजिनामा पत्र सत्तिम्लाका जगत प्रसाद गौतमसंगपछिसम्म पनि रहेको थियो।

जसका छोरा उसका धन, जसका भैंसी उसका भनेझैं जयमङ्गलका भाइ छोराहरुको लगन, मिहिनेत एकताको कारण गोतामेहरुको अर्खले-रैंदी, सेउवामासामाजिक मान, मर्यादा सम्मान साथै आर्थिकसम्पन्नता समेत रहेको पान्छ। त्यसबखत गोतामेहरुलेअर्खलेको ढाँड भन्ने स्थानमा कुल देवताको स्थापना गरीपुजा गर्ने गरेका हरेक वर्षको अन्तरालमा कुलदेवतालाई खुशीपार्नको लागि बोकाहरुको बली दिईदेवाली पुजा समेत भव्य रुपमा मनाउने गर्दथे। यसरीप्रतिष्ठित परिवारको रुपमा रहेका गोतामेहरु के कारणलेअर्जैअमरपुर आईपुगे भन्ने सन्दर्भमा किसिमकोभनाई रहेको पान्छ।

पहिलो भनाई अनुसार जयमङ्गलका थुप्रै गाईहरु थिए त्यस समयमा गाईलाई धनको रुपमा मान्ने चलन थियो।त्यती धेरै गाईहरु चराउनको लागि अर्खले सेउवातिर चरनपनि नरहेको त्यस बेलाको गाई गोठलाने प्रचलनअनुरुप छापहिले (नवली, जमलपोखरामा) जयमङ्गलको एउटा गोठ रहेको थियो। अर्खले,सेउवाको खेतिपातिको जिम्मेवारी छोराहरुलाई दिएरबुढा जयमङ्गल गोठ बस्न जाने गर्थे रे। हालसम्म पनिगाई गोठ बस्ने चलन नेपालको सुदुरपश्चिम अन्यकतिपय क्षेत्रमा प्रचलित छँदैछ। त्यसबखत नेपालएकिकरण भै नसकेको कारण बाईसे, चौविसे राज्यहरुरहेका थिए। यी राज्यका राजा रजौटा काजीहरुलेआफ्ना राज्यका नागरिकहरुको शान्ति, सुरक्षा सुव्यवस्था भन्दा पनि शोषण गर्ने हैकम चलाउने बढिगर्दथे जुन कुरा जयमङ्गलका छोराहरुलाई त्यती चित्तबुझेको थिएन, तथापी त्यस व्यवस्थाको विरुद्ध केहिगर्नसक्ने अवस्था पनि थिएन।

वि.सं. १९०५ सालतिर एकदिन गुल्मी धैरेनीका राजाकाचाँदतोडा लगाएका सिपाही कर्मचारीहरु तिरो(कर) उठाउन अर्खले-सेउवा आएका थिएरे तर जयमङ्गलकाकाइंला छोरा रामचन्द्रले तिरो तिर्न पर्दैन वा हुँदैन भनिस्थानिय बासिन्दाहरुलाई भड्काएका थिए रे। यो कुराथाहा पाई ती कर्मचारीले को हो त्यो कर नतिर्नभड्काउने मान्छे त्यसलाई पक्राउ गरी ल्याउ भनिसिपाहीलाई आदेश गरेछन्। रामचन्द्रलाई पक्राउ गर्नगएको बेलामा उनले सिपाहीलाई झापड ठोकेरसिपाहीको चाँदतोडा लगाएको टोपी भुँईमा खसेछ।सिपाहीले उक्त टोपी शिरमा नलगाई लट्ठीमा लगाई(उठाई) राजासंग उजुरी गर्ने विचारले गएछ। यता भनेरामचन्द्रले सिपाही पिट्यो अब के अनर्थ हुन्छ भन्नेहाहाकार चलेछ। उता सिपाही राजदरबार तिर गयो, यताअब बवाल हुन्छ भन्ने सोचेर रामचन्द्र भागेर रातारातछापहिले गोठतर्फ लागेछन्। बिहान झिसमिस उज्यालोहुंदा अकस्मात छोरो रामचन्द्र आएकोदेखि बुढाजयमङ्गलले हतारिदै सोधेछन्, ‘‘हैन के उपद्रो गरीस् यसरी रातारात आईपुगिस्?” रामचन्द्रले सबै यथार्थघटना विवरण बुवालाई बताएछन्अनि जयमङ्गललेविचारगरीअब उता फर्किस भने राजाले तंलाछोड्दैनन्, बरु यतै बस्भनेछन्।

बुवाको आज्ञा शिरोपरगरि रामचन्द्र त्यसै समयदेखिअमरपुरमा स्थायी रुपमा बस्न थालेछन् त्यसैबेलागैह्राको खेत पनि आर्जन गरेछन्  यसरी अमरपुरमा बस्दासबै दाजुभाइ अर्खले, सेउवा बस्ने आफ अमरपुर एक्लोजस्तो महशुसगर जेठा दाइ लछुमनलाई यतैबसाईसरि आउन अनुरोध गरेछन्। भाइको अनुरोधस्वीकार गरि जेठा दाइ लक्ष्मण पनि वि.सं. १९०९सालतिर सत्तिम्ला आई स्थायी रुपमा बस्न थालेछन्।

दोश्रो भनाइ अनुसार, जयमङ्गलका भाइ छोराहरुछुट्टी भिन्नहुँदा अर्खले, सेउवा (मगरात) अमरपुर, अर्जैछापहिले क्षेत्र (पर्वत) कोको बस्ने, कोको जाने भन्नेछलफल हुँदा बुवा जयमङ्गलले जेठो छोरा लक्ष्मणलाईपर्वत जाने प्रस्ताब गरेछन् तर लक्ष्मणकी दुलहीले पर्वत जान्न, मरेपछि रिडी पनि ल्याउँदैनन् भनि जिद्दीगरिछन् त्यसो भएपछि काइला छोरा रामचन्द्रले पर्वतजान स्वीकार गरेछन्। छुट्टी भिन्न हुँदा भाइलाई पाथी रुपैयाँ भागवण्डा गरेर, खसी काटी खाइवरी, रमाईलोगरि, सौहार्दपूर्ण वातावरणमा दिन साइत हेराईरामचन्द्रलाई टिकालगाई दहिको ठेकी, सागको मुठोअघिलगाई बाजागाजा सहित अमरपुर तर्फ बिदाईगरिएको थियो रे भन्ने अर्को किम्बदन्ति पनि छ।

यसै गरि गोतामेहरुको दिनचर्या बितिरहेकोमा एक दिनगुल्मी धैरेनीका राजाका सिपाहीले सेउवा गोठमा आईदिउको समयमा बलजफ्ती ठेकोबाट दही झिकेरखाएछन् त्यहि निहुमा भनाभन हुँदा जयमङ्गलका जेठाछोरा लक्ष्मणले सिपाहिलाई पिटीदिएछन् सिपाहपिटेपछि अब राजाले केके गर्छन्, लौ अमरपुरतिर भाइ रामचन्द्रकोमा भागी जा भन्ने पारिवारि सल्लाहअनुरुप लक्ष्मण भागेर अमरपुर गएछन्। अमरपुरआएपछि भाइ रामचन्द्रले दाजु लक्ष्मणलाई सत्तिम्लाकोजग्गामा वासस्थानको व्यवस्था मिलाईदिएछन्।

तर लक्ष्मण सत्तिम्ला बसेपछि पनि उनकी श्रीमतीले वर्षसम्म सत्तिम्ला आउन नमानेकाले, सासु ससुरालेसम्झाई बुझाईगरी मृत्यु पश्चात् रिडी ल्याउने खर्चव्यवस्थापनको लागि रु. ५० दिएपछि मात्र उनी सत्तिम्लाआउन सहमत छन् सत्तिम्ला आइपुगेपछि पनि एउटापोखरी नखनी घरमा भित्रिन्न भनेको हुनाले सत्तिम्लानजिकै हालको रातीपोखरी भन्ने स्थानमा पोखरी खन्नलगाई पूजाआजा गरी गृह प्रवेश गरिछन् भन्ने कुरावहाँकै सन्ततिमध्येका जगत प्रसाद गौतमले जानकारीगराउनु भएको थियो।

Leave a Reply