पूर्वज छितुराम र प्राचीन खुँडा

image_pdfimage_print

*पूर्वज छितुराम र प्राचीन खुँडा*

गाैतमहरुकाे प्राचीन इतिहासमा घाेत्लिने हाे भने गाेताम्य , गाेतामेहरु निकै चतुर ,वाकपटु , टाठावाठा , विद्वान ,राजकाजका नजिक , भाइभारादारका नजिक भएका धेरै प्रसंगहरु पाइन्छन् ।

पुर्खा काशिदास ८ कै पालामा वहाँले कर्णालीकाे सिंजा क्षेत्रमा तत्कालीन रजाैटाकाे सल्लाहकार भइ रुकुमकाे “गाेतामकाेट” भन्ने स्थान प्रथम विर्ता पाएकाे उल्लेख पाइन्छ ।

समयान्तरमा अा-अाफ्ना बल बुद्धि र विवेकले पुर्खाहरु गाेतामकाेटवाट वाग्लुङ,गुल्मी , सल्यान ,जाजरकोट ,डाेटी ,महाकाली , वर्दिया लमजुङ ,रामेछाप ,दाेलखा , धादिङ , काष्ठमण्डप , कास्की , नुवाकोट , सिन्धुपाल्चोक , अाेखलढुङ्गा , भाेजपुर ,चैनपुर ,संखुवासभा ,मकवानपुर ,अर्घाखाँची ,दाङ,प्युठान , तेह्रथुम ,धनकुटा,ताप्लेजुङ ,पाचथर ,ईलाम हुँदै अासाम मणिपुर, नागालैण्ड, बर्मा ,सुख्खिम , कालेबुङ , दाेर्जेलिङ , भाेटाङ्ग तथा नेपालकाे तराईमा समेत देश देशान्तरमा फैलिएको पाइन्छ ।

तत्कालीन राजाकाे काम फत्ते गर्न अथवा अादेश तामेल गर्न हाम्रा पूर्वजहरु निकै तल्लीन भएर लागेकाे पाइन्छ साेहि कार्य काे फल अनुरुप गाेतामे / गाेताम्यहरुले धेरै स्थानमा विर्ता पाएकाे इतिहाले बताएको छ ।

त्यसरी पाएका प्रमुख विर्ताहरुमा गाेतामकाेट, चाैरेली, दिङ्ला , बाग्लुङ ,धादिङ अादि प्रमुख छन् ।

राज ज्याेतिष , राज सहायक , राज पुराेहित ,राजगुरु अादि भएर गाेतामेहरुले राजाकाे सेवा गरेर मान मर्यादा ईज्जत् प्रा बिर्ता प्राप्ति गरेका धेरै धेरै इतिहासका रमाइला कुरारु सुन्न पाइन्छ ।

यस्तै विवरणकाे सन्दर्भमा पाँचथरकाे नाङ्गिनमा हाल सम्म सुरक्षित राखिएकाे खँुडा ( तरवार ) हेर्ने सु अवशर प्राप्ति भयाे ।

जाजरकाेटे भास्कर वंशका छितुराम ३८ तेस वेला राजा पृथ्वीनारायण का नजिक हुनुहुदाे रहेछ । राज सल्लाहकार या राज पुराेहित यस्तै केही भएकोले उहाले नेपाल एकिकरणकाे युद्धको समयमा जाजरकाेट डाेटी कता-कता पल्टनकाे अगाडि अगाडि शुभ संकेत झल्काउने नाङ्गो तरवार लिएर युद्धको सूचना दिने सूचक भएर पल्टनलाई नेतृत्व गर्नु हुदाे रहेछ ।

उहाँ स्वस्ती वाचन , मंगलाचरण गर्दै पल्टनकाे लागि उत्साह तथा अाशिर्वाद प्रदान गर्दै वाजागाजा कलश अादि काे लस्कर साथ राजाकाे दिग्विजयकाे कामना गर्नु हुदाे रहेछ ।

हाम्रा पूर्वज छितुराम सेनाकाे साथमा अगाडि जाँदा विजय प्राप्ति गर्दै पछि नुवाकोट , काठमाडौ भक्तपुर , किर्तिपुर कज्याइ सके पछि पूर्वि भूभाग कव्जा गर्न सेन राजाकाे गढ विजयपुर तिर अाएछन् । सेन वंशमाथि विजय गरेपछि किराँत ,अाठपहरिया लिम्बू राज्य हान्न धनकुटा तर्फ लागेछन् ।

धनकुटामा युद्ध चल्दै गर्दा उता वि सं १८३१ मा पृथ्वीनारायण शाहकाे निधन भएको खवर फैलिए पछि केही समय युद्ध राेकिएकाे रहेछ । युद्ध स्थगन भए पछि छितुराम खुडा साथैमा रखेर केही समय धनकुटामा र पछि अाठराई काेयाखाेलाकाे नामिन्ता भन्ने स्थानमा समेत बसेका थिए भनी भनिन्छ ।

तेहावाट अशल स्थानकाे खाेजी गर्दै उनका वंशजहरु पाँचथर ईलाम तर्फ गएका भनी जानिफकारहरु वताउछन् ।

छितुरामले बाेकेकाे उक्त लाैह खुडाकाे ताैल त सामान्य छ तर बनावट र कारिगरी निकै अाकर्षक रहेकाे देख्न पाईन्छ । समाउने विंड फलामकै छ भने टुप्पोमा कलात्मकता तथा फराकिलो पन छ । उक्त खुँडामा तत्कालीन शाही निशाना कुदिएकाे स्पष्ट देख्न सकिन्छ । खुडाकाे टुप्पो दुवै तर्फ ससाना ४ , ४ वटा ठाेकिएका पहेँलो रंगमा निशाना छन् । यी निशानाले ८ युद्ध मा विजय हासिल गरि नवाैं युद्धमा तैनात रहेकाे कुरा तर्फ ईशारा गर्दछ ।

गाैतम वंशावली अनुसार भाष्कर ३७ केशर ३८ र छितुराम ३९ पुस्ताका थिए भनिएको छ । अहिले छितुरामकाे ४६/४७ अाै पुस्ता चलायमान छ ।

पैत्रिक सम्पत्तिको भागवण्डा हुँदै जाँदा हाल उक्त ऐतिहासिक लाैह खुँडा पाँच थर नाङ्गिन निवासी बन्धु श्री लेखनाथ गाैतम ४५ काे अधिनमा रहेको छ । त्यस बेला नेपालमा हतियार वनाउने कारिगर कम भएको हुदा पृथ्वीनारायण शाहले भारतबर्षबाट समेत हतियारकर्मी मुसलमान नेपाल भित्र्याइएका थिए । खुडाकाे सुन्दर बनावट हेर्दा निकै कुशल हातले वनाएकाे प्रतीत हुन्छ ।

समयकाे हिसाब गर्दा उक्त खुडाकाे अायु लगभग २५०/२६५ बर्ष हुनु पर्दछ । सायद तेस्मा निर्माताले अाफ्नाे पहिचान समेत र निर्माण साल समेत उल्लेख गरेका हाेलान नियालेर अन्वेष गर्न जरुरत छ ।

जे हाेस याे प्राचीन खुँडा जतन साथ संग्रह गरेर पुर्खाकाे धराेहर निशानि राख्ने बन्धुहरुलाई नमन । याे दुर्लभ खुडा हेर्न उचाल्न नियाल्न र नमन गर्न पाईयाे पान्थरे गाैतम बन्धुलाई शतत् साधुवाद !

नेपालकाे केन्द्रीय काेषागारमा यी जस्तै अरु हतियार हेरेर यस्काे वारेमा अरु सूचना खाेज्न का लागि छितुराम वंशका बन्धु ध्रुव गाैतम ( एम्स शएकेडेमी शनिश्चरे झापा), बन्धु रामनाथ गाैतम काष्ठमण्डप लगायत सवै अन्वेषण रुचाउने बन्धुहरुलाई सादर अनुरोध गर्दछु ।

Copied from Neeti Raman Gautam’s Facebook wall Post

Leave a Reply