नितिरमण गौतम को जन्म घर

image_pdfimage_print

… ** हाम्राे जन्म घर **

फेदाप,अाठराई ,काेयाखाेला पाक्तिन , खाम्लालुङकाे , नुनीया खाेला किनार भिरकाे माथि , वर- पिपलकाे छेउ , टाहार बारीमा रहेकाे पुस्ता ४२ का तत्कालीन प्रसिद्ध साहिला महाजन परमधामवासी ( हेमन्त३८ # वैजनाथ ३९ #श्रीकृष्ण ४० #रविलाल ४१) यमनाथ गाैतम ४२ ले वि सं १९९० काे प्रलय पछि १९९३ वि सं मा निर्माण सम्पन्न भएको , झिंगटीकाे ३ तल्ले भव्य गृह स-सम्मान उभिएको छ ।

प्रसिद्ध अंग्रेजी व्याकरणाचार्य श्री चूडामणि गाैतम ४३ ,श्री कृष्णकुमारी गाैतम (भट्टराई ) परमधामवासी प्रसिद्ध पत्रकार (प्रधान सम्पादक , गाेरखा पत्र दैनिक ) रामचन्द्र गाैतम ४३/ परमधामवासी दुर्गादेवी गाैतम (बराल)/ परमधामवासी झुमादेवी गाैतम (भण्डारी ) / श्री शान्तादेवी गाैतम ( दाहाल) ४३ / र श्री नीतिरमण गाैतम (४४) काे धरती अागमन यसै पवित्र गृहमा भएको हाे ।

हाल अाफ्नाे स्वामित्वमा नरहेको भएता पनि म याे भब्य गृहकाे बारंबार स्मरण गर्न चाहन्छु ।

यस निर्जीव भवनले धेरै सुख र दुख हर्ष र विस्मतका घटनाहरु मुक दर्शक भएर हेरेकाे छ ।

हजुर बुवा यमनाथ गाैतमकाे रवाफ र जाेशका बखत बीस १९९३ मा यश भवनकाे निर्माण गरिएको हाे । भुकम्पले पुरानाे घर मर्काएकाे ३ बर्ष पछि अाफैं झिगटि वनाएर ढुङ्गाकाे गाराे लगाइ अाकर्षक कुँदिएका अाँखी झ्याल , वलिया अग्ला ढाेका , दह्रा दलिन खम्वा ,बला लगाएर बनाइएको याे गृहकाे भुई तलामा पसल काेठा , भान्सा चुल्हाे , अगेना अाट रहेकाे छ । दाेश्राे तल्लामा अाराम कक्षहरु , धनसार भकारी पाहुना कक्ष र भण्डार रहेकाे छ । बुईगलमा राखन धरन गर्न तथा सामाग्री भण्डारण गर्ने गरिन्छ । तला माथिल्लो तलामा जान फराकिला सजिला भ-याङ लगाईएकाे थियाे ।

गाैथली चरीले गुँड वनाई अाफ्नाे जीवन निर्वाह गर्ने रुप्पी भगेराकाे चिरविर अनि परेवा जाेडीकाे धुर धुर सुनेकाे यस गृहले सुखका शहनाई अनि दु:खका राेदनहरु भाेगेकाे छ ।

सात सालमा काङ्ग्रेसकाे बिद्रोह काे समयमा लिम्वुले गरेकाे सर्वस्व डकैती , डकैती पछिकाे अार्थिक दुरावस्था यसले निकटबाट महसुस गरेको छ । हजुर बुवा यमनाथलाई लागेको असाध्य क्षय राेग तेसकाे पीडा अनि त्यसैका कारण भएकाे दु:खदायी अवशानकाे घटना यश गृहले स-नयन देखेको छ । , साना नानीहरूकाे लालन पालनकाे चुनाैतिपूर्ण जिम्मेवारी सहित हजुर अामा भिमरुपा गाैतमले निर्वाह गर्नु भएको अभिभावकीय भुमिका यी सबैकाे मुक साक्षी वनेकाे छ याे गृह ।

महाजन साहिलाकाे मान , प्रतिष्ठा , यश त्यस ताका खुव । गाैतम परिवारलाई महाजनकाे रुपमा सम्मान रहेको थियोे । आसामीहरुलाई लगान लगायने चलन रहेको त्याे समयमा तमसुक रसिद भर्पाइ लेख्न उहाँ अति पाेख्त रहनु भएको थियोे । तेती वेला खयरकाे काठ पिधेर पानीमा घाेली पकाएर लेख्ने मसि वनाईन्थ्याे र वाँसकाे कलम बनाई मसि चाेवेर पहाडे काँचाे कागजमा लेख्ने प्रचलन थियाे । हजुर वुवाले सुन्दर अक्षरमा लेखेका तमसुक भर्पाई थैला का थैला रहेका थिए । चलन अनुसार काईते ढाँचाका राम्रा अक्षर लेखिएका तमसुक मैले पनि हेर्न पाएकाे थिए ।

हजुर वुवा यमनाथ गाैतम खयरकाे चियामा नुन लगाएर पिउने गर्नु हुन्थ्यो रे । अगेनामा कित्लीमा हरदम खयरकाे चिया उम्लि रहेकाे हुन्थ्यो । अंग्रेजी चियाकाे चलन त चलेकै थिएन तेस वेला ।

हजुर वुवाकाे अवशान २०१० पछि लिम्बूले दु:ख टण्टा झमेला मुद्धा गरेर जग्गा जमिन सम्पत्ति हडप्ने अनेकन प्रपन्च र दाउ गरे । नजिकै का खुनका अाफन्तले पनि सम्पत्तिका लागि अत्यन्तै हैरान गरे । यति सम्मकि हजुर अामालाई ऋण नतिरे जान नपाउने फरमान गरि बन्धक समेत बनाएका थिए । साह्रै दुःख दिएर सताएकाे दृष्य यश गृहले अनुभूत गरेको छ । यी सबै पिडा र वेदनाकाे साक्षी यहि निर्जीव भवन बनेको छ ।यसले अाफ्ना अाफन्त समेतकाे असहयोग नजिकैबाट नियालेर हेरेको छ । अा-अाफना ईलममा ब्यस्त भएको हुनाले हाे या किन हाे बन्धु वान्धवबाट खासै मद्दत नभएको यथार्थ पनि यस गृहले प्रत्यक्क्ष महसुस गरेको छ ।

नाबालक साला-सालीहरु एक्ली बिधवा सासूकाे पिडा महसुस गरि ससुरालीलाई परेकाे पिर मर्का पीडा बुझेर ताप्लेजुङको अमिनी बजार बाेझे निवासी काहिला भट्टराई , नातामा जेष्ठ फुपा ज्यू श्रीप्रसाद भट्टराईले अाफ्नाे अदालती विवेक , बुद्धि लगाएर तथा हार गुहार गरेर लिम्वुहरुवाट केही जग्गाहरु रैकर किपट अाफ्नाे ससुरालीकाे स्वामित्वमा रहने गरि वनाइ दिनु भयाे । श्रीप्रसाद भिनाजु मानाैं भगवान भएर तेहा प्रकट हुनु भएको थियोे । उहाँ प्रति शतत् नमन !

दु:ख धेरै देखेकाे यश गृहले २०१५ सालमा शहनाई नरसिङ्हाकाे अावाज सुन्न पायाे । काेयाखाेलाबाट साइत गरेर बेहुलाे बनी पिता चूडामणि गाैतम सानाे जन्तीकाे टाेली लिएर बाेझे ठुलाे भिनाज्यू श्रीप्रसाद भट्टराई निवासमा बास बस्देै तमाेरकाे गडतिरै गडतिर ताप्लेजुङको हाङ्देवा सिंवा हुँदै खेजेनिमका प्रसिद्ध थरी लिलानाथ बरालकाे अागनीमा जानुका बरालकाे लागि याेग्य वरकाे रुपमा पुग्नु भयाे । लामा घरे खालका सिद्धिकर्ण बरालकाे नातिने ज्वाइँ हुनु पनि गर्वकै कुरा थियाे तेस ताका ।

पिताजीकाे बिवाहकाे समयमा वहाँले रसिकताले भरिएका कवित तत्काल सिर्जना गरि तत्काल गायन गरेकाे कुरा पुराना मानिसहरु दुई चार हरफ गाउदै अझै बखान गर्नु हुन्छ । वहाकाे स्वर र गायकी चित्ताकर्षक तथा प्रशंसनीय रहेकाे कुरा धेरैले गर्नु भएको छ । वहाँका बाल सखाहरु श्री ,,,,, खरेल , श्री मेदनि कडरिया ,श्री ,,,,, र श्री रामप्रसाद सिटाैला , श्री ,,, खनाल सङकाे भेटमा प्राय: कुरा निस्किइ रहन्छन् ।

पढाइको मामलामा अत्यन्तै तिव्र , कुशाग्र विध्यार्थी पिताजी चूडामणि र काका रामचन्द्र गाैतमले गरेका चतु-याई लिडरसिप ,लेखन सहपाठी अध्यापन , नेतृत्व गायन ,मुरली वादन सवै यथार्थ निकटबाट सिंहावलाेकन गरेकाे छ याे निर्जीव गृहले ।

काका रामकाे ताप्लेजुङ भेदावारीकी घिमिरेकी छाेरी सङ्ग भएकाे विवाह त्यसले देखेको छ ।, तेस्तै माहिली फूपू दुर्गा देवीकाे ताप्लेजुङकै देउलिङ्गेका बराल थरका फुपा सङ्ग विवाह भएकाे यसलाई थाहा भएको छ । काका रामचन्द्रकाे अति लामाे परदेशवास र गाउँका फरिया गन्थनका कारण काकीले स्वनिर्णय गरि अर्कैकाे घर लिप्नु भएको पनि यसलाई जानकारी भएको छ । माहिली फूपू दुर्गादेवी बराललाई सुके टिवि लागि लामाे समय विरामी हुनु भइ , माल्दिदीकाे अतिव कष्टकर अन्तिम अबस्था पनि यसले देखेकाे छ ।

पुरानागाँउका प्रभावशाली सुवेदार ,,, भण्डारीका कनिष्ठ पुत्र नगेन्द्र ठटिएर बेहुलाे बनी गाैतमकाे अाँगनमा अागाे ताप्दै गरेकै समयमा माता जानुकालाई प्रशव वेदना भएछ र झुमा फुपुकाे बिवाहकाे तामझाम भएकै समयमा रमझम हेर्न म पनि धराधाममा टुप्लुक्कै अाईपुगे छु । तर यसै दिन अर्काे एउटा साइत पनि परेकाे रहेछ पत्नी जानुका भर्खरै कुनामा पसे पनि पति चूडामणिलाई पढाइ , जागिर या उज्वल भविष्यको रेखांकनका लागि सुदुर ताप्लेजुङ हाङपाङ तर्फ जानै पर्ने भए छ । साइत पनि अचम्मका हुन्छन् , पिताजीले त्यस दिन नन्हें वालकृष्णकाे दर्शन गर्नु भयाे भएन ??? उहाँलाई नै ज्ञात हाेला ! अरुलाई के थाहा त्याे कुरा पनि तेसै अमुक गृहलाई ज्ञात छ ।

बे गरेकी दिदी याे अर्काे एउटा प्रसंगकाे पनि साक्षी बनेकाे छ याे गृह । पाेक्लावुङका शिक्षक पुण्यप्रसाद दाहाल सङ कान्छी दिदीकाे विवाह भयाे । मलाइ फुपु भन्न सिकाउनु भएन छ माताले किनकि म एक्ले ढेणु परेछु क्यारे ! शान्ता दिदीकाे बिवाह मैले देखै हेरे सायद ३ बर्षकाे हुदेा हुँ । तेस पछि धेरै बर्ष सम्म वहाँलाई नाम नभनि बे ( बिहे ) गरेकि दिदी भनेकाे पनि यस्का कानमा परेकाे हुनु पर्दछ ।

बालक अबस्थामा पिता चूडामणि र काका रामचन्द्रले पैसा राेपेमा पैसा फल्छ भनेर घरकाे मास्तिर सानाे बारीमा सिक्का माटाेमा राेपेकाे कुरा पनि यसले देखेकाे छ । अनि पातला ढुङ्गा लाई पैसा मानेर बाल खेल खेलेकाे पनि देखेकाे छ ।

त्यस्तै टेलिफाेन खेलकाे रमाइलोकाे पनि साक्षी बनेकाे छ याे । कुरा के हाे भने दुई वटा खाली सलाईका बट्टा र लामाे धागाे लिइ धागाकाे दुबै टुप्पामा सलाइकाे एक एक बट्टा बाधेर एक जना घरमा अनि अर्काे सखी माथि मास्लाे तेर्साे वाटाेमा गई एक तिरवाट बाेल्ने अनि अर्काे तिर बाट सुन्ने खेलकाे राेचक बाल खेल पनि यस्ले देखेकाे छ ।

हजुर अामाले साग सव्जीमा खुर्सानी हाल्नु भयाे भनेर खुर्सानी काे बारीमा गएर पिताज्यू चूडामणि गाैतमले खुर्सानीकाे बाेट नै उखेलेर फालि दिएकाे बालकृत्य पनि त देखेकाे छ यस गृहले ।

१९९५ काे अासपासमा प्राण घातक बिफरले अाफ्ना दुवै जना साना नानीहरुकाे एकै दिनमा दुखद निधनकाे पीडा शहन गर्न नसकेर जेठी हजुर अामा रन्धता देवीमा थाेरै मानसिक तनाव अाएकाले ब्यवहारमा ध्यान दिनु भएन । बुहारी जानुकाकाे सेवा सुश्रुषा कै बिच २०३३ सालमा ठ्याक्कै कान्छाे छाेराे राम दशैं मान्न अष्टमीकाे सायं कालमा जसै गृहमा अाई पुग्नु भयाे तसै रन्धता हजुर अामाकाे प्राणान्त भएकाे पनि यस्ले देखेकाे छ ।

हजुर अामा भिमरुपा र माता जानुकाले खेत वारि घाँस दाउरा मेला पात अैचाे पैचाे पर्म वाली पर पाहुना अतिथि सत्कार चाड वाड हाट बजार हलि गाेठाला खर खेताला डाेकाे नाम्लाे बरियाे ढिकि जाताे काेल पेचा खुँदाे सक्खर बेठी वाजा, गुरु पुराेहित गाै पुजा लक्ष्मी पुजा अाैशिवाराेकाे दुनामा वालेकाे दीप ,गाेवर्धन पुजा ,बली पुजा ,भकारी पुजा , काग र स्वान पुजा,अाेखर पुजा भाइ पुजा जमरा र राता टिका , मुल खम्वामा टिका , ढाेकामा टिका तुलसी मठ पुजा , स्वस्थानी सन्ताेषी माता ,सरस्वती देवी दुर्गा पन्च पाण्डव द्राैपदी साहु महाजन देवी देउता काल रात्रि सुख रात्रि माेह रात्रि शिव रात्रि पुजा पाठ हाेम हाेमादि धामी झाक्री ढाेल ढ्याङ्ग्राे गजाे डमरु शंख घण्ट चम्मर ,मृग चर्म ,शालिग्राम श्री खण्ड गंगाजल , स्याउली खट्टे खाजा गुन्द्रुककाे धुप सगुने वुढी बजु भिमसेन , पितृ तर्पण श्राद्ध सिधा दान, गाै दान अन्न दान , दक्षिणा देउसे भैले भाकल देउराली सिमे भुमे नाग नगिनी ग्रहण दान , तिथि पर्व भुमे पाथी नदि नाला भगवती पाथिभरा गाेष्ठधुप भुत प्रेत शाकिनि डाकिनि , जाेगीकाेा फेरी, सङ्गिनी कवित रत्याैली , देउराली देवीथान कुल पुजा भजन किर्तन सन्सारी माई जाेखाना फाक फुक झुम्राे पाेल्ने अन्न पुजा एकादशी तिज पन्चमी दतिवन चिचिला पुजन , निराहार ब्रत , फलाहार ब्रत , साँझ वत्ति , प्रात पुजा ,न्वागी तुलसी विवाह लुताेे फाल्ने नाङ्लाे ठटाउने तरुल भ्याकुरखाने फुराैला खाने खिचडी खाने दहि चिउरा खाने सेल राेटी खानेे खिर खाने ढकने खाने खरबुजा र लामकिरा भन्ने लगायत कुराउनी पठाउने चेलीलाई ढाकर ताेक्मे भरियाका साथ विदा गरेकाे सबै मंगल कार्य अनि माताजीलाई हरेउ सर्पदंश भएर मृत्यु सङ्गकाे कठिन पाैठे जाेरी पनि यसले देखेकाे छ । नरसींगा शहनाई ट्याम्काे दमाहा ढाेलक बासुरी मुरली ,मादल झ्याम्टा ,, खैजडी करतल ध्वनी , हजुर वुवाकाे एकतारेकाे ट्याङ ट्याङ ,चाैपाया बिक्रय गर्दा दुम्माे राखेकाे लगायत दु:खका गाँस अनि कष्टमय पहाडी जीवन शैली पनि देखेकै हुनु पर्दछ ।

2

विभिन्न रमाइला नरमाइला सुखद दुखद दिन भागेकाे देख्ने याे गृहले २०३0 सालमा सिंह दरबारकाे अग्नि काण्ड हजु, अामाकाे मुखवाट सुन्याे । भयाे के भने त्यस वेला पहाडमा घडि रेडियाे र टेपरिकट ( tape recorder) फुन वाजा धेरै सम्पन्नका घरमा मात्र हुन्थे गाउमा हरिनारायण गाैतम पुछार घरे , युवराम गाैतम ढाणबारी हिटिमुनी निराैला यस्तै ४/५ अाेटा मात्र रेडियाे थिए हाेलान । बन्दुक र रेडियाे राख्न जिल्ला अड्डाबाट लाईसिङ लिनु पर्दथ्याे । काेटाकाे रेडियाे सुन्न हजुर अामा र म प्राय बेलुकाकाे खाइ पिइ सके पछि हिटिमुनी निराैलाकाेमा जाने गर्दथ्याैं । अझ बुधवार फर्मायसी गीत बज्ने हुनाले छुटाउदैन थियौ । गते महिना याद छैन २०३० सालकाे कुनै बुधवार हामी रेडियाे सुनी रहदा अचानक सिंहदरबारमा भिषण अागलागी भएर खाक भएको खवर सुन्याैं । याे खवर हजुर अामाले घर फर्कदा सबैलाई जगाउदै सुनाउनु भएको स्मृति पटलमा ताजैछ । अब के हाेला ? घरमा अाएर धेरै बेर गनगन गर्नु भयाे कारण रामकाकाकाे जागिरकाे कुरा थियाे सायद!

२०३३ तिर हाे क्यार शाश्त्री परीक्षामा प्रथम श्रेणीमा प्रथम हुनु भएका काका रामचन्द्र गाैतम बिरेन्द्र विध्या पदकले राजा विरेन्द्रबाट बिभूषित हुनु भएछ । त्याे सुनकाे तक्मा रहेछ । रामले सुनकाे ताेक्मा पाएकाे शुभ खबर चिठ्ठी मार्फत १ डेढ महिना पछि पुग्याे पहाडमा , अामाकाे मनमा छाएकाे खुशीकाे लहरकाे प्रत्यक्ष साक्षी भएको छ याे गृह । काकाले सुनकाे ताेक्मा लिएर पहाड जाँदा साथमा रेडियाे पनि लिएर जानू भएको रहेछ । अरु काेहि नभएको बखत पारेर सुटुक्क एक्लै रेडियाे खाेल्दा तीन कुराकाे याद छ १) ईन्दिरा गान्धीले भारतमा २० सुत्रीय कार्यक्रम लागू गरेकाे कुरा २) मै छाेरी सुन्दरी गीत अनि अर्काे तारादेवीकाे सागुरी वारि नि हाउ त्याे डाडा पारि गडतिरकाे है हजुर वालुवा …….वाेलकाे गीत ।

२०३४ सालमा सरकारले जग्गा नाप जाँच गर्न अमिन खटायाे , दुरविन लिएर सरकारी जागिरे गाउमा पुगे , सबैकाे सल्लाहमा हाम्रो घर नै उपयुक्त ठानी हजुर बुवाले कपडा दाेकान गरेकाे भित्रि काेठामा अमिनलाई डेरा पनि दियाे यसले । अमिनकाे लथालिङ्गे खान पिन अनि गाउका अल्लरे ठिटि सङकाे प्रेम लहरी पनि खुसुक्क थाहा पाएकाे छ यस गृहले ।

काेयाखाेलाकाे बगरमा रहेकाे अमले खेतमा अधिया धान रुङ्न जाँदा बाटा मुनीका यादव निराैैलाहरुले भुत देखाएर तर्साएकाे , अमले खेतकाे १७/१८ मुरी धान र पराल अामा हरुले थाप्लाेमा बाेकेर पसिना पसिना भएर पाईला पाइला गन्दै उकालाे चडेकाे अनि पन्चे खेतकाे धान पराल गरेकाे पनि त थाहा छ यसलाई । म पनि खाेला खेत अमलेबाट दुई तीन मुठ्टा पराल र ३/४ पाथी धान ल्याउथें । गुठीकाे खेतवाट पनि धान बाेक्नु पर्थ्याे । खेल्पुरकाे बिध्यालय र राम मन्दिरलाई हजुर बुवाले एक खलाे खेत गुठीमा दिनु भएको थियाे ।

पिताजीले श्वेत बस्त्रमा ठाटिएर अमिनिलाई अह्राइ सिकाइ गरेकाे । माताजीले ठुलाे खडकुलाेमा भान्सा तयार गरेकाे, हिटी बाट डाेकाेमा भरि गाग्री बाेकेर ल्याई गाई भैसी बाख्रा चरा चुरुङ्गी लगायत सवै पर- पाहुनालाइ अघाउजी खुवाएकाे पनि त देखेकै छ ।

िपताजीकाे रसिक हस्याैली स्वभाब र अाकर्षक ब्यक्तित्व ,रहेकाे थियाे । बेलुकी खान पान सके पछि घरकाे पश्चिम हुँदै वरिपरि घुमेर कर्ण प्रिय गाना थाएकाे पनि यसले सुनेकाे छ । खास गरि याे हाे गीत तिमिलाई याे हाे प्रित तिमीलाई र कल्पनाकाे गगन मुस्कुरायने चन्द्र बनन…… खुव श्वर हालेर गाउनु हुन्थ्याे ।

सावुनकाे चलन थिएन कमेराे सेताे माटाे या सिउडी , रिठ्ठाले कपाल नुहाउनु हुन्थ्याे अामाहरु । कपडा धुन सफा फूल खरानीमा कपडा ठुलाे खडकुलाेमा उसिनेर मुङ्गाेले डङडङ पिटेर कपडा कुलाेमा गएर धाेएकाे देखेकाे छ यसले । दशैकाे साेह्र श्राद्धकाे वेला त डाडा नै सेताम्य भएकाे रमाइलो नियालेकाे छ यसले ।

बिहानै उठेर दैलाे चुल्हाे अगेना राताे माटाेले लिपेर बिहानकाे सुरुवात हुन्थ्याे । ,राताे माटाे लिन भुटेका मकै साडीका फेरमा कसेर विहान ४/५ बजे तिर गाउका साथिहरु सङ डाेकाे थुन्से बाेकेर करिव ४ घण्टाकाे करिम करिम बाटाे हुँदै साेधन पिप्ले पुग्नु पर्दथ्याे । तेहाकाे राताे माटाे घर लिप्नका लागि प्रसिद्ध धियाे । माटाकाे अाट गग्रेटाे चुल्हाे अगेना मझेरी अनिवार्य लपप्ने चलनकाे मुक साक्षी छ याे गृह ।

दशैमा घर रंगाउने पुरानाे चलन अनुसनर कमेराे सेताे खानीकाे माटाले घर पाेत्ने तलन थियाे । माथि झ्यालमा पानीले बगायने हुदा कहिले काहीँ चुना ले पाेतेकाे अनि झिगटिले छाएकाे छानामा दैवि प्रकाेपवाट बचियाेस भनेर ठुलाे त्रिशूल बनाउने गरिएकाे थियाे । झ्याल ढाेकामा कता कता चाहिँ रेडियाे , टसलाईटका RD 1.5 volt का पुरनना बेटरि जम्मा गरेर फाेरि तेस्काे कालाे दलेकाे पनि देखेकाेछ यसले ।

पुजा पाठ गर्न माैदगल्य गाेत्रका उदय नारायण तिमसिनालाई वाेलाईन्थ्याे वहाकाे माेक्ष गति पछि उद्धव गुरुले पनि विभिन्न समयमा देवकार्य,पितृ कार्य अादि गर्नु भएको थियोे ।

3

याैटा काठकाे ठुलाे फलेकमा छिन्किएकाे धुलाे माटाे हातले मिलाएर बाँसकाे छेस्काले लेखेर वर्णमालाका अक्षर लेख्न अारंभ गरेकाे । बाँसका खबटामा बाँसकै छेस्काले कखगघ लेखेकाे । छिन्किएकाे मसिनाे धुले माटाले धुश्रे फुश्रे भएको , ढिक्के मसि पानीमा घाेलेर फुल्टिङमा हाली कख लेखेकाे फुल्टिनकाे मसिले हात निलाम्य भएकाे केके देखेनर यसले ।

पाक्तिनकाे तल्लाे स्कुलमा तुलसी गाैतम , मास्लाे स्कुलमा मंगला गाैरी निराैला अादि गुरुवाट मेराे बर्णमाला सके पछि नुनिया खाेलाकाे दलदले पहिराे काटेर राम संस्कृत प्रावि मा २/३ बर्ष पढियाे तेसवेलाका अध्यापकहरुमा बासुदेव गाैतम , साेम काफ्ले , अानन्द तिमसना , केशव गाैतम, दयासागर गाैतम , सिन्धुले भट्टराई गुरु अादिकाे मात्र स्मरण छ ।

अमिनकाे काम सकेर पिताजीले एउटा अति कठाेर निर्णय गर्नु भयाे ११/१२ बर्षकाे सिगाने केटालाई ताप्लेजुङकाे ठिहि ठाउँ बाेझे पठाउने । भान्दाइ रमेश भट्टराईलाई बाेलाईयाे र कपडाकाे थैलाे बाेकेर नीतिरमण कुराउनी , चिनी , चिउरा , ध्यू काे थैलाे बाेकेर रुदै रुदै रुदै रुदै रुदै रुदै रुदै रुदै अामाकाे काखबाट अलग्गियाे ।

मिन पचासकाे छुट्टि र दशै तिहारकाे छुट्टिमा ताप्लेजुङ बाट पुरै एक दिनकाे बाटाे दाेखु भेदावारी तमाेर खडकुणे रमिते फूलवारी निघुरादिन ईवा हाेडा ह्वाकु सक्रान्ति बजार कहिले लिहि ढुङ्गा माने डाडा साम्थाङ दाेरप हुँदै साँझमा लखतरान भएर अाइ पुगेकाे दृष्य यसले हेरेकाे छ ।

क्रमश:: 4

ताप्लेजुङबाट अाइ पुगेकै दिन सप्पै लगाएका कपडाहरु खाेलेर कुनामा राख्न भन्नू हुन्थ्याे र भाेलि पल्ट बिहानै माताजी भकभक ताताे पानी उमालेर ती कपडा चाेव्नु हुन्थ्यो । बाँसकाे काइयाेले केश काेरि दिनु हुन्थ्याे काेयाखाेलाकाे वाँसकाे काईयाे निकै चल्तीमा रहेकाे थियाे खै ती कपडामा र केशमा लिखा चम्कना ढाणी काला सेता के के परजीवी हुन्थे रे ! !

अगेनामा सकभर अागाे ननिभ्ने गरि ,रााखिन्थ्याे सलाई , लाईटरकाे खासै चलन थिएन ।।। कदाचित अागाे निभेमा करिव ३०० मिटर टाडा बाटा मुनि अाेमनाथ निराैलाकाेमा , षडानन्द निराैला , माइलि अामा ,हल्दार या धामी वाकाेमा जानू पर्दथ्याे । सुर्ती बिडि चुराेट तम्वाखु हुक्का सुल्फा खानेहरु झुलाे चकमकबाट अागाे सल्काएर अाफ्नाे धित मार्दथे । खाेसेलामा चिउरी या कटुसका पातमा सुर्ती या लामपाते बेरेर खानेकाे संख्या उल्लेख्य रहने गर्दथ्याे । दर्शिन ढुङ्गामा पहाडे कागज या केराकाे गुभाे सुकाएर खरानी मज्जाले दलेर बनाएकाे झुलाे राखेर फलामकाे चकमकले ट्याक ट्याक पारेर अागाेकाे झिल्काे निकालि अागाेकाे प्रवन्ध गरेकाे परिदृष्य यश गृहले राम्रोसँग नियालेकाे छ ।

5/। यस गृहका निर्जीव नयनले देखेका असंख्य कथाहरु छन् । अागनीमा लुटु पुटु कति हाे कति हासाेका फाेहरा छन् । अनगिन्ती उल्लेख्य घटनाक्रम भएको भए ता पनि लेखकाे अायतनलाई दृष्टि गाेचर गरि केही मूल प्रसंगलाई छेउबाट काेट्याइ कलम चाेविएकाे छ ।

बाटा मुनि हल्दार दाईले मलायाबाट ल्याएको टेपरिकटमा पिताजीले काेकिल कण्ठमा गाना भर्नु भएको रहेछ , ठुलेकाे याद अायाे गाना सुन्न जाने भन्दै हजुर अामा कुरा गरिरहनु हुन्थ्यो ।

चाैपायाकाे प्रसंग अर्कैछ । बिहानै डाेकाेमा पानी ल्याइ गाईलाई कुडाे पकाउनु, गाेवर फाल्नु , साेत्तर हाल्नु घाँस पराल दिनु , दुधेराे/ढुङ्ग्राे भरी अाेलन दुहुनु ,किटकाे कराहीमा खटखट तताउनु नरिवलकाे खवटामा बासकाे डण्डिलगाइ वनाएकाे डाडुले अाेलन चलाउनु , दारकाे ठेकिकाे सास मारी दहि जमाउनु, ध्वार्र घ्वर्र नेतीमा समाई मदानी घुमाएर माेही पार्नु ,मदानीका पाेराबाट नाैनी बटुल्नु, धुप लगाउनु , घ्यू खारेर काठकाे हर्पेमा राख्नु यी नित्य कर्ममा पर्दथे । दूध तताए पछि कुँडे खुर्केर कुराउनी खान मिठाे हुन्थ्याे । याे कुराउनीमा म्याउकाे पनि हक लाग्दथ्याे ।

घरमा २/ ३ वटा मुनि मुनि दिने सेती बाख्री थिइन् । तिनकाे दूध धेर भएर गान्निन्थ्याे । माताले बाख्री दुहुनु भएर मलाई दिनु भयाे ।मैले तताएर खाए । नुनिलो नुनिलो स्वादिलाे लाग्याे अनित के २/३ बर्ष सम्म बाख्रीकाे दूध मजाले खाइयाे पाे ।

एउटा मुनिलाई म माया गरेर घाँस दिन्थे पछि त्याे ठुलाे खसी भयाे । स्कुल गएकाे माैका पारेर गाउँकै कृष्ण दाहाललाई त्याे खसी बिक्रय गर्नु भएछ । थाहा पाए पछि गरेकाे काेकाेहाेलाे देखेर माताजी पनि बिस्मतमा पर्नु भएछ । ती दाहाल काकालाई मैले पछि सम्म तथानाम गरें अरे ,,,,,।

घरमा २ घार माैरी थिए । मलसाप्राेले पुच्छर छिराएर माैरी हसुर्थ्याे । बसबस माैरी अाज बुधवार भन्दै नयाँ माैरीकाे झुण्डलाई नयाँ घारमा राखिन्थ्याे । अाैशि छेक मह काड्न थेवा दाइ अाउथे सुती कपडाकाे झुम्राेकाे लुडाे सल्काएर धुवाँले माैरी हटाउदै भरिला भरिला चाका हसियाले रेटेर निकाल्थे, थेवादाइ शक्ति हुन्छ भनेर मह सङै बच्चा पनि क- याक कुरुक खान्थे । म छाती पाेलुन्जेल मह खान्थे ।

, 6 ///पाेक्लाबुङका दाहाल भिनाजु घडी बाधेर , रेडियो काँधमा भिरेर अाउनुहुन्थ्याे। भिनाजुकाे अलि मान भाउ खाेज्ने बानी थियाे । मैले रेडियो चलाउछु भनेर मिटर र खाेल्ने टाेप्राे झिकेर गाेजीमा हाले, हावा खान टाहार तिर जानू हुन्थ्याे । एक दिन खाना खान भिना र म सङ्गै परेछाैं । कछाड फेरेर लाेहाेटाकाे पानीले हात धाेएर भिनाजु चुलाकाे छेउ मझेरीमा चुँदाराेले खाेपेकाे काठकाे गाेलाे पिरामा पलेटी कसेर बस्नु भयाे । हजुरअामाले सानाे भड्डुमा मन्द अाँचले पकाएकाे भदैया धानकाे नरम भातका स-साना ५/६ चाेईली ठुलाे झर्के थालमा पस्कनु भयाे । झर्के बटुकामा नै अाेलन , दही , घ्यू, माेही , रायाे साग , भुटुवा सव्जी ,मासकाे दाल , काक्राकाे खल्पी , तामाकाे अचार , धुलाे अचार , खाेरसानी , काक्रो र कागतीका चाना अनि एक अंखाेरा पानी साथमा २ वटा अम्वकका हरिया पात वरिपरि सजाएर दिनु भयाे । भिनाजुले अाैसानी हालेर सप्-याक सप्-याक खान थाल्नु भयाे ।

म मझेरीकाे पुछारमा बसेर टुलुटुलु हेरि रहेकाे थिँए । मलाई पनि भएको सबै चिज बिज अायाे तर अलग अलग नभइ थालैमा केवल माेही मात्र गिलासमा थियाे । मैले रडाकाे मच्चाउन थाले भिनाजुलाई तेती धेरै बटुकामा मलाई बटुका खै ???????????

एक पटक म स्कुलबाट अाउदा कान्छा भिनाजु अाटमा गाह्राे पट्टी फर्केर पलेटी मारेर बस्नु भएको रहेछ । मातालाई भित्र गएर सुनाए । हँ ! भन्दै झस्केर हत्तपत्त बाहिर गई नन्दे भाइ( ज्वाइ)लाई उठ्नुस त भाइ भनेर राडी सुल्टाे ,मुख अगाडि फर्काएर विछ्याउनु भयाे । म टुलुटुलु हेरि रहे…..।

क्रमश:7/ पहाडमा दिनहु चुल्हाे ,अगेनाे,मजेरी, ढाेका ,अाट ,सधै ,रााताेमाटाेले लिप्ने चलन थियाे । राताे माटाे।लिन भुटेका मकै सारीका फेरमा पाेकाे पारेर सहेलीका साथ विहान ४ बजे थुन्से बाेकेर करिम करिम बाटाे हुँदै एक विहानकाे वाटाे साेधन , पिप्लेमा जानू पर् पर्दथ्याे । घर अाइ पुग्दा फर्कदा एक जुवा जति घाम रहदा हाेलान् ।

८ / पाक्तिनमा प्रायः सवै फलफूल साग सव्जी घरमै हुन्थ्यो । अाँप, लहरे अाँप, सुन्तला , ज्यामिर, नाइटि ज्यामिर, बिमिराे, दाख दाारिम, अमिलाे दारिम ,जुनार जल्लिबिर हाेक्से कागती ,ईल्ची , मेल, भकमिलाे ,खन्यु ,वाङ्गिकाठ,ऐसेलु ,भाेगटे ,मेल,बडहर,कटहर,काशी अम्वक प्रयागी अम्वक,नास्पाती,वर पिपल,काक्रो , माैसम अनुसार पाइन्थ्यो । सव्जीमा रायाे साग , ताेरी साग फापर साग चमसुर मेथी तुने बाेडी हाडे सिमि ,घ्यू सिमी ,चुच्चे , तिते करेला , फर्सी , लाैका , चिचिण्डाे, घिराैला ,कुभिण्डाे,अालु , पिडालु , मुला,सप्तरी वाेडी,ईस्कुस, सब उब्जनी हुन्थ्याे । सालभरलाई पुग्ने गुन्द्रुक सिन्की बनाइन्थ्याे । सुठुनी घर तरुल ईस्कुस जरा प्रसस्त हुन्थ्यो ।

रामभेडा लसुन प्याज खाने चलन तेती थिएन । दुङदुङेकाे सानाे वारि थियाे मलाई दुङदुङेकाे साग खुव मिठाे लाग्छ । अहिले पनि जुटाएर खाने गरेकाे छु ।

माताजी अचारकाे साैखिन र पारखी भएकोले काक्राकाे , कुभिण्डाे , ईस्कुसकाे खल्पी , कागती निम्कि , कागती चाना , अाँप , बयर , लप्सी ,तामा, सिन्की , मुला , खुर्सानीका अचारका वयाम लहरै तेल मसला भरेर घाममा सुकाएका हुन्थे । फर्सीकाे बियाँ , काक्रोकाे बियाँ चुच्चे काे बियाँ ,, तिल ,फिलुङ्गे सूर्य मुखी, अालस भुटेर ढिकिमा कुटेर कागतीकाे चुक नुन तेल मसला, खाेर्सानी माेलेर स्वादिष्ट धुले अचार बनाउनु हुन्थ्यो । मुलाकाे थेवे , काक्रा काेरेर बनाएकाे अचार , काेईरालाकाे फूलकाे अचार ,,,,काे अचार करेलाकाे पक्कु अालुकाे अचार पनि बडा स्वादिलाे वनाउनु हुन्थ्याे ।

मासकाे दाल , मस्याम , केराउ पुग्ने गरि उव्जाउने गरेकाे थियाे ।

३ घण्टा उकालो पार गर्दा सक्रान्तीका दिन हाट बजार लाग्थ्यो । बजारवाट प्रायः ल्याइने सामानमा नुन ( माना/ पाथी ) मट्टीतेल ( माना) कपडा ( गजमा), चिनी मिश्री ( शेरमा) ,नरिवल सुपारी , टीका सिन्दूर, माला पाेते धागाे चुरा शित्तलु मिठाइ , ताेरी दाने मिठाइँ र कहिले काहीँ सावुन सरफ जुत्ता चप्पल हुन्थे । बयर सतिवयर अाँट , फडिर काफल कटुस लप्सी ल्याउनु हुन्थ्यो । हाटबाट कति सामान सरी या दुनी भाउमा चामल सङ्ग साटेर (barter system) पनि ल्याइन्थ्याे ।

9// कुराकाे बिट मार्न अझै धेरै छ । तेस बेला वाख्राकाे पाठाकाे माेल काेरीमा हुन्थ्याे ; रु १२० भन्नु पर्दा छ काेरी र उमेर भन्दा बीसमा भनिन्थ्यो जस्तै ४५ बर्ष भन्नु पर्दा दुई बीस पाँच भनिन्थ्यो । बुढा पाका तेसरि नै भन्नू हन्थ्याे ।

कार्तिक र चैत्रमा जाेगीले चार सुर बाधेर धुईई धुईई ,,,,,काे सिंङ्ग बजाउने चलन थियाे । छ थर तिरका बुढा जाेथी मन्त्र फलाक्दै घरकाे वरिपरि चार सुर बाध्थे , भुत प्रेत शाकिनी डाकिनी पिशाच भगाउथे र घर भित्र समेत फेरि लगाइ दिन्थे । भाेलि पल्ट बिहान नाङ्लाेमा धान माथि टपरीमा चामल , दुनामा नुन ,बेसार, तिल , ताेरी तेल , चिनी, मरमसला , चिया रंग , अालु , खाेरसानी , कालाे कपडा , काँटी दिएर जाेगीलाई टीका लगाइ दान गरिन्थ्यो ।

ग्रहणकाे बेला सूर्य हाेस या चन्द्र मध्य रातै भए पनि स्पर्श मध्य र माेक्ष तीन पटक शंख घण्टा नाङ्लाे वजाई छाेड्दे चमार छाेड्दे चमार भन्दै स्नान गर्नु पर्दथ्याे ।ग्रहहणकाे चार पाँच धडी अघि देखिनै खान पिन बन्द गरिन्थ्यो । ग्रहणकाे समय पारेर दान दिने र लिनेकाे निकै चर्चा हुन्थ्याे , भनिन्थ्यो फलानाे बाहुनले ग्रहण दान लिएको पर्सि पल्टै खुन छादेर मरे । ग्रहण दान लिनु हुन्न भन्थे , कसै कसैले मात्र लिन्थे । ग्रहणकाे बेला सुन्तला अाँपमा काटी ठाेक्याे भने किरा लाग्दैन भनेर हतार हतार काँटी ठाेक्ने गरिन्थ्यो ।

हजुर अामा तिर्थाटनमा गएकाे बखत काँशी बाट एउटा र प्रयागबाट अर्कै जातकाे एउटा अम्वक बाेकेर ल्याउनु भएको रहेछ । दल राखेर ती अम्बक राेप्दा सम अार्द्रता भएको स्थान भएकोले लटरम्मै फले । डाँडाकि साईली अामाेईकाे काँशी र प्रयागी जातकाे अम्वक लाखाैं लाखले खाए । फेदाप क्षेत्रका बासिन्दा , बटुवा देखि लिएर काेशेली पातमा धेरै काेश टाढा सम्मकाले समेत रुचाएर खाए ती अम्वकहरु ।

मेराे अाँखामा फुलाे प-याे । डाक्टर थपएनन्। लिङ्देनका लाहुरे डाक्टर ताप्लेजुङ गएका रहेछन् । तेस बेला सुत्केरीकाे दूध , ,,,,,,काे चाेप या मरिच चवाएकाे राप फुलाेकाे जडि दवाई थियाे । नासिवुङ छेउ अाचार्य थरका काकाले गड्याम गड्याम मरिच चवाएर पिराे सास सानाे ढुङ्ग्रीबाट अाँखामा फुफु ७ दिन फुक्दा फुलाे छु मन्तर भएछ ।१०///////

सात सालमा लिम्बूले डकैति गरेर लगेकाे तामाकाे गाग्रीजस्ताे ठुलाे ड्रम पचाउन नसकेर फिर्ता दिएका थिए । त्याे कुप्राे बुवा रविलालका पालाकाे थियाे । म त्यस्मा लुकेर मातालाई हैरान पार्दथे । गाउघरमा ठूलाे पुजा उत्सव हुँदा पानी संग्रह गर्न जाेर लाठेले बाेकेर लैजान्थे ।

दाउरा काट्न च्यानडाडा पर काेयाखाेलाकाे किनारमा मिजार दाइ अाउथे । सालभर पुग्ने चिलाउने टाँकी कुटमिराे अादिकाे दाउरा चिर्ने चलन थियाे । रुख ढाले पछि हत्पत माटाे दल्ने गरेकाे थियाे त्याे चाहि ढाणबारी दाइका डरले पाे रहेछ । उहाँ अलि झाेक्की भएकोले ढाणवारी दाइ देखि नतर्सिने तेस भेकमा काेहि थिएनन्। हरेक बर्ष दशैं अघि ढाणवारी दाइ युवरनम गाैतमकै उर्दिमा वाटाे खन्न २/३ दिन जानु पर्दथ्थाे । र उहाँले त्यस क्षेत्रमा उल्लेख विकासका काम गर्नु भएको थियोे ।

१०//उध्यमकाे कुरा गर्दा पुराना गाउँमा छवि गाैतमकाे घरेलु कपडा बुन्ने तानकाे उध्याेग थियोे । पुरानागाँउका तुलसी गाैतम फाेटाे खिच्दथे । माथि दृष्यमा रहेकाे घरकाे तस्बिर तुलसी गाैतमले नै खिचेकाे हाे। २०४० साल तिर मित्र भुमीनाथ ढुङ्गानाकाे विबाहमा जन्ती मराहाङ तिर खै कता गएका थियौं । रात भर नाच्दै गाउदै सिलाेक सुन्दै वितायाै । भाेलि पल्ट बिहान बारीकाे पाटामा जन्ते बाख्राकाे झाेलमा ( खसी भए पनि जन्ते बाख्राे भन्ने चलन छ ) खसीका चाना खाेज्दै टपरी भरि धानकाे भात खाएर पैदल फर्कियाैं । जन्ती जाँदा गायत्री गाैतम काकाले क्यामरा र खै कस्ले हाे एक नाल भरुवा बन्दुक लगेकाे थियाे । दुलही लिएर अाउदा तीनजुरे अाइपुगे पछि काकाले फाेटाे (पैसामा) खिच्न थाल्नु भयो । सबै जन्ती पालैपालो तस्बिर खिच्न थाले । मलाई पनि रहर लाग्याे बन्दुक समाइ ट्याक्क फाेटाे खिचाइ मागे । काकाले रेडि भन्नू भयाे , म पाेज दीएर उभिए ,एक छिनमा भयाे भने पछि फाेटाे पाउने अाशामा लखतरान घर तर्फ फर्कियाैं ।

३/४ दिन पछि खेल्पुर काकाकाे जाेर घरमा ( हाम्रो मूल घर) गएँ । काका फाेटाे धुने डार्क रुमबाट निस्कदै हुनु हुन्थ्यो । दर्शन गरेर जन्तीबाट अाउदा खिचेकाे फाेटाे माँगे , काकाले झस्किदै भन्नू भयाे “केटा फाेटाे त उडेछ “। गायत्री काका अलि लाेभी स्वभावका हुनुहुन्थ्यो । फाेटाे खिच्नु एउटा पेशा थियोे , मैले पैसा दिन्न भनेर रेडि मात्र भन्नू भएछ । धन्य हाे काकाश्री…….।

एउटा ईमा भन्ने निराैला थरकाे महारानी भै टाेपलेकाे जामा लगाउने हेरैला र देखाैला भनी डुक्रिने १/४ पागल जस्ताे मान्छे हाम्राेमा निरन्तर अाई रहन्थे । एक रात ” म अात्मा उडेकाे देखाउछु ” भन्दै राती भिर माथिकाे चाैतारामा लगेर नाच्दै फलाक्दै नाना नाैटङ्गी देखाए ।

म देउसीमा गीतकाे बाेलमा एक्लै भट्याँउदथे । देउसीमा दुई पैसा, दस पैसा ,चार अाना , अाठ अाना गरेर कुल भेटी रु ४-५ सम्म वल्ल तल्ल पुग्थ्यो ।

स्कुलका सहपाठी तथा बाल सखाहरुमा याेगेन्द्र अधिकारी , रमेश निराैला , काशी तामाङ, नयाँ नाथ लिम्बू , पदम लिम्बू , त्रिलाेक लिम्बू , जगन्नाथ निराैैला ,साेम निराैला , भुमि निराैला , इन्द्र ढुङ्गाना, शुशिला गाैतम , शेखर गाैतम , शम्भु गाैतम , सुमन गाैतम , सुनिल गाैतम ,अम्विका गाैतम दयासागर अाचार्य , धिरमणि काफ्ले अादि थियाैं ।

खेल्पुर स्कुलमा डण्डी बियाे खेल्दा भतिज अम्बिका गाैतमले हानेकाे वियाेले लागेर देव्रे अाखी भुईमा ख्वाप्पै राेपिएर १०/१२ दिन थला परेंकाे थिए । त्यस वेलाकाे चाेट अझै सम्म छ । धन्य अाँखा चाहिँ फुटेन ।

११// पुराना कुराहरुमा मंगलागाैरी निराैलाकाे घरमा उहाका घरमा सप्ताह पुराण लगाउँदा सातै दिन उहाँको घरमा बसेर पुराण श्रवण र सहयाेग गरेकाे स्मरण छ, वहाँका पिता जी हतासे बाले मलाइ सानाे गणेश भनेकाे झल्झलि याद छ । तमाेर गडतिरकाे बाटाे नुन बाेक्न धरान जाँदा हाक्पारा या लामी बगरकाे छेउमा बाँस बसेकाे ठाँउमा डाकाले सवै धुतधात पारेछन् । उहाँले म तिमेरुलाई चिन्छु भन्न्दा डाकाले खुकुरीले झ्याप्पै हानेछ खुकुरीकाे प्रहार राेक्दा बाकाे हात झ्याम्म काटिएर दाहिने हत्केलाे काम नलाग्ने भएको थियाे ।

पुछार घरे हरिनारायण दाजुले लगाएको हरिवंश पुराणकाे साङ्गताका दिन समी र ,,,,,,,, काठ काठ घर्षण गराएर हवन अग्नि प्रज्वलन गरेकाे संझना छ । त्यसै रात्री पिता जी हजुर अामा र म पुराणमा भएको माैका पारेर घरमा डाकाले गरेकाे घर फाेर्ने प्रयास माता जी ले हल्ला गरे पछि असफल भएको थियाे ।

।। ।।।।।।।।।१२//////.तेस्तै नारायण पण्डित ऋषिराम ढुङ्गाना हरिनारायणकाे समुहले युवराम गाैतमकाे समुहलाई चुनावमा हराएको । डाेलेश्वर गाैतम र चिरञ्जीवी भण्डारीकाे प्रधान पन्चमा युद्ध । टंक भट्टराईलाई देवीथान मुनि उन्कै भाइ भिम भट्टराई र युवराम गाैतम समुहले मरणासन्न पारेर फालेकाे । ऋषिराम ढुङ्गानाकाे अामाकाे मलामी गएकाे मलामी चाेख्याउदा रु १/ टीका लगाएर दिएकाे । टिबि राेगी रमेश निराैलाकाे बुबाले कागकाे मासु खाएकाे । नन्दलाल निराैला धामीबाले घाेडा चढेर गाउँ डुलेकाे । धामीका छाेरा ………

निराैला (ढिणे पण्डित ) ले घाँस काट्न बाँस नुहाउन लगाएकाे । याेगेन्द्र अधिकारीले अासामे हिन्दी गाना गाएकाे । खेल्पुरमा माईला माजन काका मेनका गाैतमकाेमा दाजु हेमन्त ले फुन बाजा सुनाएकाे । खाेपी गाउँ चूडामणि काफ्लेकाेबाट फलामकाे ईस्त्री ल्याएर कपडामा धार लगाएकाे । हात्तीबार कुटेर रेसा बनाई दाम्लाे नाम्लाे बनाएकाे । । प्रहरी पुष्पलाल निराैलाले ले जुत्ता लाएर भात खाएकाेमा सनसनी । लिङदीनका मेलामा खै कसले हाे ?? भाले खाएकाले मेलाकाे नामनै भाले मेला भएको । घरवारीमा पानी ल्याउदा माजाधरे दिनानाथ निराैला सङ झगडा परेकाे । तेह्रथुमकाे नागदहमा हजुर अामा सङ ढुङ्गा नाकाे चारतले बुढा मावली जाँदा कुमालेकाे चक्र हेरेकाे । गहते साहिलाले सापटी लगेकाे मेराे शय चानचुन रकम फिर्ता नगरेकाे । घडि भित्र के रहेछ भनी नगेन्द्र भिनाजुकाे बनाउन राखेकाे पुरानाे घडि तुलसा भण्डारी सङ मिलेर फुटाएकाे । चन्दन गाैतमदाइले पेन फ्रेण्डकाे कथा सुनाएकाे । प्रकाश काफ्लेले कलेजकाे पढाइकाे वारेमा सुनाएकाे अनुभव । मदन मेलामा धान नाँच हेरेकाे । गाेवरका गुईठा पाेलेर थुक माथि राखि पड्काएकाे । पदम , तिरि नयानाथ लिम्बूकाे सानाे रवरकाे गाेल किक हान्दा फुटेर पैसा तिरेकाे । कृष्ण गाैतम दाईले सुमधुर बासुरी बजाएकाे र हिन्दी बाईस्काेप ” एक दुजेके लिए” काे कहानी सुनाएकाे झल्झली याद अाउदछ ।

१३//// बिर्सनै नसकिने क्षणहरुमा हातमा dpt सुई लगाउन टाेली घरमा अाएकाे थाहा पाएर म टाहारबारीमा गएर बाेडी घारीमा लुकेकाे । स्कुल नजान अाँपकाे बाेटमा चढेर लुुकेकाे माताले थाहा पाएर डल्लै डल्लाकाे बारीमा लखेटेर ढाेडले हिर्काउदै सुकुल पठाएको । अानन्द सरले नाँचकाे अभ्यास गराउँदा म नजान्ने ठहर गरेकाेञधबध धकञ । खुर्पा हराउदा च्यानडाँडामा हजुर अामा सङ्ग अार्जे हेराउन गएकाे । बिहे गरेकी दिदीलाई घर पु-याउन जाँदा भरिया तामाङ साईलाले कुराउनी र सेल सुटुक्क कप्ल्याक्क पारेकाे । हतासाे मिलाइ गुन्द्रीकाे तान लगाएकाे । मकैकाे थाङ्ग्राे बनाएकाे । दाइ गर्दा परालमा उफ्रिएकाे । बाउसे गरेकाे । अाली अचिँला गरेकाे ।

कक्षा ४ मा ABCD सिकेकाे , अनि अंग्रेजी शिक्षक साेम काफ्ले सरले Gore dai is a fat man . He eats an egg everyday…… भन्ने पाठ मुखाग्र गर्न लगाएको ।

अमलाकाे फेदमा चम्का लगाइ चाेख्यान हालेकाे भात पकाएर बाल सखा मिलि बनभात खाएकाे ।

बाबियाेकाे लठाराे जुटाएर घर छेउमा पिङ हाली पिङ मच्चाएको । बिरामी हुँदा सुतीकाे झुम्राे सल्काएर सुङ्दा जाती भएको । पेट दुख्दा उद्धव गुरुले पानी फुकेर पिउन दिँदा चट् भएको । यस्ता प्रसंग असंख्य छन् । पुराना पुस्तकहरु सवाई ,स्वस्थानी, सत्यहरिश्चन्द्र कथा ,अादि पढेकाे । पिताजीले वहाँकाे विध्यालय उमेरमा हुलाक मार्फत मगाएकाे साेभियत भूमी भन्ने मासिक बुक साईज पत्रिका पढेकाे । हजुर बुबाले बजाउने गरेकाे एकतारे बाजा टङ टङ बजाएकाे । अाङ्लागाउमा सुमन दाइ सङ हर्-ल्याङ्गपाटे पिङ खेलेकाे ।

त्यस ताका रात्रीमा प्रकाशका लागि मट्टीतेलकाे कुप्पी , धिव्री , लालटेन या पेट्राेमेक्स मात्र बालिनेथयाे । कुप्पीकाे छेउमा निहुरिएर पढ्दा उँघेर ३/४ अाेटा शिरमा रहेकाे टाेपी बालेकाे छु ।

धान कुट्न ढिकी र अाेखल प्रयाेग हुन्थ्याे । हाम्रोमा ठुलो ढिकि थियाे । भक्र्याङ ठ्याक भक्र्याङ ठ्याक पार्दै ढिकीमा धान चिउरा चामलकाे पिठाे कुटेकाे संझना अाउछ । चिउरा कुटेकाे बखत छिटाे छिटाे देउतीलाई चढाउन लगाई भुसै सङ्गकाे तातो गुलियो लाप्रा चिउरा खाएकाे अहिले जस्तो लाग्दछ ।

जाँताेमा मकै काेदाे दाल फापर गहु जाै अादि पिध्ने गरिन्थ्यो । दाल चामल केलाउन नाङ्गो चाल्नाे राख्न थुन्से डालाे र विस्कुन सुकाउन मान्द्राे प्रयाेग गरिन्थ्याे । धान मकै अादि भकारीमा संग्रह गरिन्थ्याे ।

माटाकाे हाडीमा बासका कप्टेराले मकै भटमास च्युरा गेडागुडी भुटिन्थ्याे । अगेनामा अाेदान माथि र चुल्होमा चम्का माथि हाडी कराही भड्डु तावा राखराखिन्थ्याे

बाँसका चाेयाबाट अन्य सामाग्रीमा चित्रा , डाेकाे ,मान्द्रो , डालो नाङ्गो चाल्नाे ,सिन्का, माेहला काेक्राे ,भुने , ढाकर ,घुम, फुर्लुङ,खुङ्गी, पेरुङ्गाेे जस्ता चिजहरु कर्मीले बनाऊँदथे ।

काठमा पिरा ठेकी हर्पे ढुङ्ग्राे, माली अादि सामान चुदाराेले बनाउदथे ।

१५//// महिलाले अाफ्नाेे द्रव्यकाे ,रख रखाव गर्न थैलीकाे प्रयाेग गर्दथे, चिटिक्क परेका सुर्काउनी तानर खाेल्ने तानेरै मुख बुझिने थैली दमेनाहरुले बनाउदथे । थैली कम्मरमा पटुकीमा राखिन्थ्याे । अाजकल पटुकीमा बाधेकाे सुर्के थैली खै भनेर गानामा बुरुक्क बुरुक्क उफ्रनेले सायद थैली देखेकै छैनन हाेला । थैलीका विभिन्न प्रकार हुने गर्दथे ।

सन्दुकमा , ढाेकामा साङ्लाे लगाएर भाेटे ताल्चा लगाउने चलन थियाे । अब त भाेटे ताल्चा सायद लाेप भई सक्याे हाेला ।

केराकाे पातमा पिडालुकाे पातमा राखेर तावामा धिमा अाँचमा पकाएका काेदाकाे राेटी , फापर, चामलकाे पिठाेकाे राेटी निक्कै स्वादिष्ट लाग्थ्याे ।

अन्य खानेकुरा हरुमा गहुका राेटी ,काेदाकाे खाेले , काेदाकाे डल्लाे वाला खाेले , मकैकाे फत्काएकाे ढिणाे ,मकै एवं धानकाे चामलकाे मिसाहा भात , भुटेका मकै भटमास , केराउ ,जुनेलाे , सातु ,भिजाएकाे चामल,खिचडी , फुराैला ,पकवानहरुमा खीर ढकने राेटी ,कुराउनी , कनिकाकाे पुवा , मालपुवा अादि पर्दथे ।

मासकाे पिठाे र कुभिण्डाेकाे मिलावट गरेर सुकाएर मस्याैरा बनाईन्थ्याे । रायाेकाे साग , ,मुलाका चाना सुकाएर हिउदमा खादा मिठाे सब्जी हुन्थ्याे । कुभिण्डाेकाे चाना पनि पातलाे गरेर सुकाइन्थ्याे ।

नयाँ चामल भएको बेला चामल चिनी सिलाम घ्यू मिलाएर खाईन्थ्याे । मलामीलाई खाजा भिजाएका चामल र चिनी हुन्थेयाे । १०० भन्दा बढि मृतककाे मलामी जान पाए सिधै बैकुण्ठ बाँस हुन्छ भन्ने अाहान थियाे । मलामी जादा खाली खुट्टामा जाने चलन थियाे । मलामी जानेले बन्चरो खुर्पा बाेकेर खाेला किनारमा दाउरा मुढाकाे जाेहाे गर्नु पर्दथ्याे । दाह सस्कार पश्चात् मृतकका कुनै एक पुत्रले अस्तु बगाउन घाट बाट कसैकाे साथ लागेर सिधै गंगाजी जाने प्रचलन थियाे ।

जिल्ला काेयाखाेला ,

पाकतिन मेराे गाउँ ।

अत्रि गाेत्र , गाैतम थर हाे

रमण मेराे नाँउ ।।

अाठराई भगवती ,

म्याङलुङ्ग देवी मान्नु

झापा जिल्ला , चारअालीमा

बसाेवास जान्नु ।।

जय बन्धु !

Leave a Reply