पित्रि परिचय *पं. श्रिविलाश गौतम

image_pdfimage_print

पं.श्रिविलाश गौतम !२०७७-३-२३

  • छोटकरी मा पित्रि परिचय *
    पं. श्रिविलाश गौतम , सम्बत् १९५३-६- मा
    श्री अग्निधर गौतम र यमुना गौतम का (६छोरा १छोरी मध्येका )जेठा छोराका रूपमा साँघु डाँडा ताप्लेजुङ मा
    जन्मनु भै लगभग ९ वर्ष सम्म गोठमा गोठाले जीवन बिताएको बुझिन्छ !
    त्यस पछि पढ्ने इच्छा जागेर बाबा सँग इच्छा व्यक्त गर्दा सम्भव नदेखिएकाले मौका मिलाइ एक जना काका लाग्ने छिमेकी गोठको आफुभन्दा क्यै कम उमेरको साथि लिई गोठबाटै भागेर दुःखले भोजपुर दिंला पुगेर आवाल ब्रह्मचारि श्री षडानन्द अधिकारी सँग पढेको हो भन्ने पाइयो !
    पढ्ने क्रममै काठमाडौ र बाराणसि पुगेको पनि सुन्नमा आएको छ ।
    पढ्दापढ्दै एकदिन अचानक आमा बिमारी भएको सपना देखेर संकुचित बन्दै घर आएको र साँच्चै नै सिकिस्त अवस्था कि आमा पाउँदा हतारहतार भागवत सुनाउन थालेको र मुस्किलले रातदिन पढेर मात्र सुनाई सक्न सफल भएको र सुनिसक्ने बित्तिकै १९७५ साल फागुनमा आमा बित्नुभएको भनी सुन्नमा आएको छ !
    पुराण बाचन राम्रो लागेर धेरै तिर बाट तानातान सुरु भएको र विशेषतः ताप्लेजुङ का ठुलाबडा नामुद तत्कालिन् कहलिएका महाजनहरू जो – गेहनाथ बराल, अंगिरथभट्टराइ, मोतिलाल दहाल, हर्कजुं सुब्बा, इन्द्र नारायण डिट्ठा, हरू बाहेक अरूले पालो नै नपाएको पनि भनाइ चर्चित थियो !
    ज्वाइँ बनाउने दौडमा सबैलाई निर्मला गुरागाँइ ले उछिनेर आफ्नै घरको सप्ताह का सांगेकादिन व्यासलाई नै चमत्कारिक पाराले छोरी अयुध्यादेविको कन्या दान गरेको सवाल ले पनि राम्रै चर्चा पाएछ त्यस्बेला !
    १९९७ साल असोज मा साँघु डाँडामा भन्नुभएको सप्ताह पुराण ले ता ऐतिहासिक भव्यता नै पाएको रहेछ !
    कुदीकुदी भागवत पुराण भन्नुका अतिरिक्त हांदेवामै
    २००५ सालतिर र २००८ साल तिर सावादिन्मा लगायत संकृत पाठशाला हरू खोलेर र घरैमा पनि कौमदि र भागवत दिनभरि का अतिरिक्त रातभरि पनि पढाउन भ्याएको वा पढाउन सकेको ले पनि प्रसंसा उत्तिकै पाए को रहेछ त्यस्बेला !
    साथै सावादिनको सो अल्गो डाँडामा बनाइएको विद्यालयमा जान आउन गाउँका विद्यार्थी लाई साह्रै गाह्रो पर्ने देखेर सो विकट भीर पहरो फुटाएर आफ्नै अगुवाइमा गाँउले का सहयोगमा निकै लामो सजिलो बाटो पनि निर्माण गिरएको रहेछ !
    आफ्ना परबासि विद्यार्थिकै विशेष् आहले काउडिपथार आसाम मा पनि पुगेर आफ्नै लगानीमा गुठी सहित शिवालय र संस्कृत विद्यालय खोलेर चेला बासुदेब सुवेदी द्वारा संचालन गरेको पनि प्रमाण खडै छन् !
    ६ छोरा ४ छोरी गरि १० जना सन्तानको पालनपोषण मा व्यस्त भैरहेकै बेला आफ्ना पिताका लागि केही गर्न बाँकी रहेको र अझै ढिलो गरीरहन नमिल्ने महसुस गरि २०१३ साल मा पिता र श्रीमति लाई सबै तीर्थयात्रा गराएको र फर्किंदै गर्दा बराहक्षेत्र चतरामठ दर्शन गरे पश्चात् त्यहिं चिनेजानेका इष्ट मित्रको बसोबास भेटिए पछि अचानक पिताअगन्धरले बाँकी जीवन यहीं कल्प बास गरी बिताउने अब पहाड नजाने भनी अडान लिए पछि २०१४ देखि त्यहीं बसोबासको व्यवस्था मिलाउनु परेको र अलिअलि गर्दै पहाडको निखारी त्यहीं स्थाइत्व कायम गर्नुपरेको बुझिन्छ !
    २०१५-३-१६मा पित्रिवियोग भएको केही बर्स पछि पहाड का विद्यालय जो आफुले स्थापना गरिगराइ जिम्मेवारी दिइएका थिए । ती अिलअलि गर्दै सायद सञ्चाकका निश्कृयताले होला बन्द भएको मा खिन्न हुँदै आसामका स्वनिर्मित विद्यलय र शिवालय को स्थिति बुझ्न जाँदा राम्रैसँग चल्दैआएको तर कठिनता सुरु भएको भन्दै केही दिन बसेर हौसला दिन आग्रह गरिंदा केही समय उतै बस्नु भएको र त्यसै बेला को त्यो बुढेसकालको परदेश को बसाइमा भएका असुबिधाले होला रोगका आक्रमण मा परि बिरामी हुँदै घर आउनु भएको र जति गरेपनि सो बिमारबाट पारपाउन नसकिए पछि २०२६-१२-१२मा देहत्यग गरेर स्वधाम जानुभै पित्रिमा परिणत हुनु भएको मा सह श्रद्धा स्मरण एवं नमन गर्दछु ! ॐ तत्सत् !